Posts

सन् २०२२ मा ओरेन्ज न्यूज एक्साभेटरमा सबैभन्दा अधिक रुचाईएका समाचारहरु

Image
१६ पौष,झापा बिर्तामोड सन् २०२२ मा ओरेन्ज न्यूज एक्ससाभेटरमा प्रकाशित समाचारहरु मध्ये उल्लेखित समाचार प्रमुख स्थान ओगट्न सफल भएका हुन्। ओरेन्ज समाचारको मूख्य होस्ट सर्जु संसार बल्ग स्पट डट कम रहेकाे छ । -

कृष्ण कुमारी प्रसाई अध्यक्ष चयन

Image
सुरेश आले "सर्जु" १५ पूष,बिर्तामोड झापा बिर्तामोड-१० बिराटपोखर महिला समूहको अध्यक्षमा आगामी दुई बर्ष कार्यकालको लागि कार्यकारिणी अध्यक्षमा कृष्ण कुमारी शर्मा प्रसाई चयन हुनु भएको छ। समूहको पाचौं साधारण सभा तथा दोश्रो अधिवेशनले उहाँलाई चयन गरेको समूहका सल्लाहाकार इन्द्र प्रसाईले जानकारी दिनु भयो। कार्यक्रममा बिशाल कृषि सहकारी बिर्तामोड-१० अध्यक्ष देबेन्द्र गौतम,बिराट बहुउदेशयीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाई, निर्बतमान बिर्तामोड-१० वडा सदस्य गीता पोखरेल घिमिरे, समूहको पूर्व सल्लाहकार रेनुका पोखरेल पाण्डे, सिद्धि बिनायक टोल बिकाश संस्था अध्यक्ष बेनु पाठक मुख्य उपस्थित थिए। त्यसै गरि अन्य नवगठित कार्यकारीणी उपाध्यक्षमा देवी माया मिश्र पाठक,सचिव गीता चापागाँई,सह सचिव भावना अधिकारी ,कोषाध्यक्ष दिपा दंगाल, सदस्यहरुमा राधिका संग्रौला,मूना ओली,चण्डिका सिटौला,कबिता गौतम,बसन्ती मुसहर,कमला थापा,लिला आर्चाय,शोभा संग्रौला,बिन्दा खरेल र तिर्था प्रसाई चयन भएका छन् भने सल्लाहाकारहरुमा इन्द्र प्रसाई,गीता घिमिरे,रेनुका पाण्डे,जया गौतम र समिर प्रसाई रहेका हुन् । उपस्थित बक्ताहरुले कार्यक्रमक...

दुर्गा आर्चाय:दश बर्ष देखिको महिला हिँसा बिरुद्धको संर्घष

Image

बिराटपोखरी घुम्न आँखा उपचारमा आउनेको आर्कषण

Image
 

झापाबाट परम्परागत भकारी बिदा लिदै

Image
  पवन राजबंशी तस्बिर:सुरेश आले"सर्जु"झापा १० पौष,झापा झापा जिल्ला बिर्तामोड-१० बिराटपोखरका पवन राजबंशीको घरमा रहेको परम्परागत शैलीको अन्न भण्डारण गर्ने भकारी । यस्ता भकारीहरु पहिले झापामा प्रशस्तै प्रयोगमा आउथे तर कृषिमा देखिएकाे आधुनिक परम्परासंगै यो खाले परम्परागत अन्न भण्डारण गर्ने भकारीहरुले पनि झापाबाट बिदा लिदै जादैछन् । पवन राजबंशीका भनाई अनुसार राजबंशी भाषामा यस्तो भकारीलाई मुदर वा बहकारी भनिन्छ । स्थानिय श्रोत साधनमा तयार गर्न सकिने र एक पटक निर्माण भैसकेपछि लगभग दुई बर्षमा छानो फेर्दै यसलाई लामो समय सम्म प्रयोग गर्न सकिने राजबंशीले बताएका छन्। 

बिराटपोखरमा चोरी हुनबाट बच्यो ग्यास सिलिण्डर

Image
    ५ मंसिर,झापा बिर्तामोड-१०  बिराटपोखरको ए क पसलबाट ग्यास सिलिण्डर चोरी हुनबाट बचेको छ । आज साँझ जीवन हार्डवेयर पसलको आँगनमा बिक्रिको लागि राखिएको ग्यास सिलिण्डर चोरी हुनबाट बचेको हो।  साँझ  करिव ९:३० बजे बाँसको सहायताले ग्यास  सिलिण्डर चोरले लैजान पहल गर्दै गरेको र सोही घरको तलामा सुत्न तरखर गर्दै रहेका जीवन हार्डवेयरका संचालक जीवन मैनालीले थाहा पाई हो-हल्ला गर्दा चोरले सिलिण्डर छोडेर भागेको उनले बताए । त्यसै समयमा वरपरका छिमेकि लाई हो-हल्ला  गरिएको उनले जनाएका छन् । लामो बॉस लिएर सिलिण्डर निकाल्दै गर्दा त्यहाँ जडान गरिएको सिसिटिभिमा सिलिण्डर बजेको आवाज आएको र तल आई गेट खोल्दा चोर भागेको मैनालीले बताए । उक्त स्थानमा बिक्रिको लागि करिब २०-२५ वटा सिलिण्डर राखिएकाे र अधिकांशलाई सिक्रिले बाधेर राखिएको भए तापनि चोरले लैजान खोजेको जानकारी दिए । सिसिटिभिमा कैद भएको दृश्य हेरेर थप यकिन गर्न सकिने साथै चोरले प्रयोग गरेको बॉस समेत छोडेर भागेको मैनालीले  जनाए । मैनालीका छिमेकी कृष्ण प्रसाद उप्रेतीले बिराटपोखरमा ग्यास सिलिण्डर पसलबाट चोरी हु...

सैनिकमोडमा पाईन्छ आकर्षक खुकुरी

Image
सुरेश आले "सर्जु" पौष २९,झापा बिर्तामोड बिर्तामोड शहर बाट करिब २.५ कि.मि. दक्षिण सैनिकमोड चोक पश्चिममा तपाईले एउटा खुकुरीको पसल देख्न सक्नु हुन्छ । यो खुकुरी पसल २०७० सालमा खोलिएको पसल हो। पसल संचालिका पबित्रा गहतराजका अनुसार पसलमा सिरुपाते,भोजपुरे,चन्डाडा, बुदुने लगायतका आर्कषक खुकुरी पाईने उहाँले जानकारी दिनुभयो। आफैं घरमा यि खुकुरीहरु आरनमा बनाईने उहाँले भन्नु भयो। प्रति खुकुरी हेरेर रु.१५०० देखि ४००० सम्म पर्ने खुकुरीको ब्यापारले घर खर्च चलाउन सहयोग मिलेको धारणा उहाँको छ। केवल खुकुरी मात्र बिक्रि गरिने उद्देश्यले संचालित यो पसल यस क्षेत्रमै पहिलो भएको पनि गहतराजले बताउनु भयो।