Posts

छोरा बुहारीले जंगलमा छाडिदिएका बृद्ध भेटिए

Image
  १ श्रावण,झापा बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्ष उमेर बताउने जामुनलाल झाँगडलाई जंगलमा छाडेको चार दिनपछि  उद्धार गरिएको छ। जंगलमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएको उनले बताएका हुन्।  उनलाई वन कर्मचारीले उद्धार गरेका हुन्। वन हेरालु टोलीले जामुनलालको उद्धार गरेपछि स्थानीय बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ।  बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए। जामुनलालको शरीरमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्थामा नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए।  बेलबारी नगरपालिका–७ डाङ्गी टोलमा बस्दै आएका जामुनलालका छोराबुहारीको भने खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताएकी छन् भने बनका हेरालुहरुबाट उनको उद्दार गरिएको हो।

बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको कुबेतमा मृत्यू

Image
  १ श्रावण,झापा झापा  बिर्तामोड-९ कोलाटोलीकी  जलिना  तामाङ्गको बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ ।  २६ वर्षीया  तामाङ्गको कुवेतको मंगाफ क्षेत्रमा गत २८ असार बिहीबारको दिन  बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिए पछि मृत्यू भएको  जनाईएको हो । माईत घर संखुवासभा रहेको उनी अल–जाजिरा कम्पनीमा कार्यरत रहेको र चार महिनाअघि कुवेत गएकी थिइन् भने उनको एक छोरी र श्रीमान् रोशन तामाङ्ग रहेकोमा श्रीमान समेत बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको छिमेकी मिना लिम्बु राईले जानकारी दिइन् । घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भैसकेको र उनको शवलाई नेपाल ल्याउने प्रयास भैरहेको श्रोतको भनाई रहेको छ  ।

डि कौडिन्य पत्रकारिता पुरस्कार रेम्मी र लामालाई प्रदान गरिने

Image
  १ श्रावण,झापा डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा सम्मानित हुनुहुने  भएको छ । देवकुमार आचार्य  (डि कौडिन्य)  ज नपक्षीय पत्रकारको    स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता , प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामालाई संयुक्त रूपमा सम्मानित  गर्ने निर्णय गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।  ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बृद्धि गरेको अध्यक्ष  पाठकले बताए । स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डि कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्षयता २१ हजार रुपैयाँ रहेकोमा  यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य भएको  र पुरस्कार डि कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिन...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Image
  अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बियालाई १–० ले पराजित गरेर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२ औ मिनेटमा अर्जेन्टिनाको तर्फबाट लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको हो । यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको हो। अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।

ओयरजावलको निर्णायक गोलले स्पेन च्याम्पियन

Image
३१ असार,काठमाण्डौं स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेसंगै  स्पेन इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन बनेको छ ।  बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे । पूरा प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर यो उपाधि चुमेको हो । खेलको ४७ औं मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएको थियो । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए । सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो । यससँगै इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन। उपाधि जितेसँगै विश्व फुटबलमा स्पेनले आफ्नो प्रभुत्वलाई फेरि कायम राख्न सफल भएको ...

केपी शर्मा ओली पैतालिसौं प्रधानमन्त्री नियुक्त

Image
  ३० असार,काठमाण्डौं केपी शर्मा ओली नेपाल अधिराज्यको ४५औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओली यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका हुन् भने यो नियुक्त हुँदा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् । ओलीको प्रधानमन्त्रीत्वमा बन्ने यो सरकार प्रमुख नेपालका ४५औँ प्रधानमन्त्री हुने छन्। भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार अहिलेसम्म नेपालमा ३८ व्यक्ति प्रधानमन्त्री बनेका छन् । नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री भने बनेका छैनन्। नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल विस्तारसम्बन्धी प्रावधान रहेको छ ।  ओलीको प्रधानमन्त्री नियुत्त विसं २०७२-७३, विसं २०७४-२०७८, विसं २०७८ र हाल बिस. २०८१ रहेको हो।

प्रचण्डले गुमाए विश्वासको मत,सरकार ढल्यो

Image
    २८ असार,झापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिन लागेका थिए  तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४मत परेको हो । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सात बुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका दाहालले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका हुन् । यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल...