Posts

दिल खोलेर नाँचे,दर खाँदै बिर्तामोडका महिला

Image
  १५ भदौ,बिर्तामोड महिला संघ बिर्तामोड-९ ले आयोजना गरेको तीज विशेष कार्यक्रममा महिला दिदि बहिनीहरु दिल खोलेर नाँचेका छन्। आज महिला संघ बिर्तामोड-९ को आयोजनामा उद्रकान्त स्मृति प्रतिष्ठान बितामोड-९ को हाताभित्र तीज विशेष कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा दर खाने कार्यक्रमसँगै अन्य  रोचक प्रतियोगितात्मक बिबिध कार्यक्रम समेत संचालन गरिएको आयोजक बिर्तामोड-९ महिला संघले जानकारी गराएको हो। महिला संघ बिर्तामोड-९ सभापति कौशिला सिटौलाको समापतित्व तथा नेका प्रदेश १ सदस्य रञ्जिता कार्कीको प्रमुख आतिथ्यता तथा बिशिष्ट अतिथिहरु महासमिति सदस्य सिता पौड्याल,भूमा घिमिरे, प्रदेश सदस्य खड्ग बस्नेत जिल्ला सदस्य जल कुमार गुरुङ्ग, पार्बता गिरी, तारा कार्की, नारायण प्रसाद पौड्याल, उद्रकान्त स्मृति प्रतिष्ठानका जग्गा दाता धनलाल राजबंशी,कुल्की राजबंशी,अध्यक्ष खगेन्द्र मैनाली, उपसचिव निरुपा राजबशी लगायतको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु जलकुमार गुरुङ्ग,खगेन्द्र मैनाली लगायतले तीज नेपाली हिन्दु महिला हरुको महान पर्ब भएकोले महिला संघ बिर्तामोड-९ ले यसक...

बिराटपोखरी विश्व हिन्दु महासंघको मन्दिरबाट नगद चोरी

Image
  चोरी भएको दानपेटिका देखाउँदै अध्यक्ष संग्रौला १४ भदौ,झापा केहिदिन देखि मठ मन्दिर शिवालयका दानपेटिका चोरी गरि नगद लैजाने घटनामा बृद्धि भैरहेको छ। चोरले आफ्नो निशानामा यस्ता धार्मिक स्थलहरुलाई अहिले प्राथमिकतामा राख्ने गरेको पाईन्छ। जत्ति नै सजग हुँदा पनि चोरको  नेत्र चोरी तर्फ नै हुने गर्दछ अतः उनीहरु घरका सामाग्री नगदका साथै सार्बजानिक मठ मन्दिरका दान पेटिका वा अन्य भौतिक सामाग्री चोरी गर्न तर्फ हाल उन्मूख भै रहेको पाईन्छ । नगद चोरी भएको दान पेटिका गत बर्ष बिर्तामोड-३ स्थित दुर्गा मन्दिरको दानपेटिकाबाट नगद चोरी भयो। सोही बर्ष बिर्तामोड-३ कै सतानु सिंह  राजबंशी स्मृति प्रतिष्ठानका भौतिक सामाग्री चोरी भयो । केही महिना अगाडी बिर्तामोड-१० शिवालय चोकको शिवालयबाट दुई पटक पटक पटक गरेर भौतिक सामाग्री लगायत नगद चोरी भएको घटना छ। बिराटपोखरीकै अदैत्त संस्थाको भवनबाट यसै बर्ष गुरुपूर्णिमाको दिन नगद चोरी भएको छ। यि यस्ता घटनाले हाल चोरी कार्यमा संलग्न ब्यात्तिहरु मठ मन्दिर शिवालयका दान पेटिका चोरी गर्न तर्फ आकर्षित भैरहेको पुष्टि गर्दछ। यि बाहेक अन्यत्रका मठ मन्दिरमा ...

फोनिज झापाले बिर्तामोडमा मनायो स्थापनाको रजत बर्ष

Image
  ९ भदौ,बिर्तामोड नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस अर्थात रजत बर्ष मनाएको छ । बिर्तामोडमा आइतवार  झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँज बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न पत्रकारका संगठनका प्रमुखहरुले ब्यवहारिक समवेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको हो ।  कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले प्रस्तुत गरेको संगठनको कार्यपत्रको टिप्पणी नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, पत्रकार सुव्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प ...

बिष्णु माझीको गीतसंगै तीजमा उमंग आयो

Image
    ९ भदौ, झापा चर्चित  गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीत सँगै फेरि एक पटक तीज मनाउने चेलीबेटीमा खुशीयाली छाएको हो। हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी हुन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् । गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।  गत बर्ष भन्दा अघिल्लो बर्ष उनले गाएको तीजको चर्चित गीत चरि जेलैमाले माझीलाई चर्चित बनाएको हो भने अहिले सार्बजानिक भएको यो गीत पनि ट्रेन्डिङ्गमा पर्न सफल हुने देखिन्छ ।

झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ

Image
८ भदौ,झापा झपाको अर्जुनधारामा एक  १६ बर्षकी  युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा-७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो ।  पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए । उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए । उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको हो ।

हरितालिका तीज मनाउने तयारी गर्दै शिवालय चोक बिर्तामोड-१०

Image
  ८ भदौ,झापा आगामी भदौ २१ गते पर्ने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोड-१० शिवालय मन्दिर शिवालय चौकमा तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । बिबिध कार्यक्रमहरुको आयोजना गरि हरितालिका तीज पर्व मनाउन लागिएको आयोजक शिवालय मन्दिर संरक्षण समिति बितीमोड-१० शिवालय चोकले जानकारी गराएको हो। उक्त स्थानमा रहेको शिवालय मन्दिरमा त्यस दिन कार्यक्रम आयोजना गरिने समितिले जानकारी गराएको छ। उक्त कार्यक्रम सफल बनाउन स्थानिय गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति  यही भदौ पाँच गते बसेको शिवालय मन्दिर संरक्षण समितिको बैठकले गठन गरिएको  शिवालय मन्दिर संरक्षण समितिका सचिव खुवराज भट्टराईले जानकारी दिए। जसमा कोषाधक्षमा गोमा श्रेष्ठ,सचिवमा चन्दा पौडेल,सहसचिवमा निर्मला न्यौपाने र अन्य सदस्य रहेको जनाईएको छ। वडा कार्यालयका सम्पुर्ण पदाधिकारीहरू स्थानीय समाजसेवी बुद्धिजीवीहरु सुरक्षाकर्मीहरु महिला दिदि बहिनीहरु उपस्थित रहने ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती स्थानिय कलाकारहरु,वाल क्लबका...

बिर्तामोडका ब्यबसायी प्रसाई अर्केको घरमा मृत फेला

Image
  ७ भदौ,बिर्तामोड झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका नाताले दाजु पर्ने महेन्द्र प्रसाईँ मृत भेटिएका छन् ।  झापा बिर्तामोड-१ स्थित सिने प्लाजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा उनी मृत भेटिएका हुन्। उनले  आत्महत्या गरेको प्रहरीले जनाएको हो । अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ । प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए सुरुमा जमिनको कारोबार गरेका प्रसाई हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा ...