Posts

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

Image
  फागुन ९,बिर्तामोड  मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड–१०, बिराटपोखरको अध्यक्षमा आगामी २ वर्षे कार्यकालका लागि हरिप्रसाद सिटौला चयन भएका छन्। आज सम्पन्न छैठौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशनबाट सिटौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको जनाइएको छ। समितिको उपाध्यक्षमा प्रकाश सिटौला,सचिवमा रामप्रसाद खनाल,सहसचिवमा सुरेश थापा आले मगर, कोषाध्यक्षमा सुनिता निरौला चयन भएका छन्। सदस्यहरूमा टेकेन्द्र थापा,रघुनाथ पाठक,यामनाथ सेढाई,अर्जुन तामाङ,गोमा संग्रौला र सन्तोष उप्रेती चयन गरिएको बताईएको छ। यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथि बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का अध्यक्ष कृष्णा कुमारी प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष सुनिता निरौलाले आयव्यय सार्वजनिक गरेकी थिइन् भने सचिव सुरेश थापा आले मगरले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि गुरुङले बिर्तामोड–१० का २७ वटा टोल विकास संस्थामध्ये बिराटपोख...

नेपाल तामाङ धेदुङ भद्रपुरद्वारा २८६२ औँ सोनाम ल्होसार समारोह सम्पन्न

Image
  २४ माघ,झापा २८६२ औँ सोनाम ल्होसार (ताल्बो वर्ष) “नेपाल राष्ट्रको सान,हाम्रो भाषा संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ भद्रपुरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिको आयोजनामा तथा श्री पदम  छोयलिङ गुम्बा, श्री टासी छोयलिङ गुम्बा र श्री दे छोयलिङ गुम्बा १,२ र ३ ईकाइको सह–आयोजनामा भद्रपुर–१० स्थित १७ बिघेमा रहेको श्री दे छोयलिङ गुम्बा प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिका अध्यक्ष बसन्त कुमार मोक्तानको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि पोखरेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा जेष्ठ नागरिक सम्मान गरिएको थियो भने कार्यक्रममा सहभागिता जनाउने कलाकारहरूलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। बिहानको सत्रमा उपस्थित श्रद्धालुहरूले गुम्बा परिसरमा पूजा–अर्चना गरेका थिए। सो अवसरमा धूप,फूल र प्रसाद अर्पण गरिएको थ...

झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

Image
 २३ माघ,झापा झापामा सञ्चालन हुँदै आएको प्रतिष्ठित तथा ऐतिहासिक फुटबल प्रतियोगिता झपा गोल्डकपको सातौं संस्करण  स्वर्गीय बिनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्डकपको  सातौँ संस्करण आगामी माघ २४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा सञ्चालन हुनेछ। फुटबलप्रेमी दर्शक तथा खेलाडीको उत्साहलाई मध्यनजर गर्दै यस वर्षको झापा गोल्डकपलाई अझ व्यवस्थित,मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ। यस संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहेको जानकारी पनि आयोजकले दिएको छ। 🔹 त्यसैगरी,झापा गोल्डकपको मुख्य सह–प्रायोजकमा अन्तर्राष्ट्रिय झापाली समाज, क्रिङ्गसबेरी इन्टरटेनमेन्ट, र मेची आँखा अस्पताल रहेका छन्। यस वर्ष झापा गोल्डकपको पुरस्कार राशि समेत वृद्धि गरिएको छ। जसअनुसार— विजेता टिमले नगद १५ लाख रुपैयाँ, र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी— मस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाइकल प्राप्त...

माघ २४ देखि झापा गोल्डकप-७ सुरु हुँदै,एक्सिट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

Image
१६ माघ,झापा झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा आगामी माघ २४ गतेदेखि सञ्चालन हुने सातौँ संस्करणको ऐतिहासिक स्व.बिनोद बस्नेत स्मृति झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजकसँगको हस्ताक्षर कार्यक्रम आज सम्पन्न भएको छ। झापा बिर्तामोडस्थित अतिथि सदनमा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस संस्करणको मुख्य प्रायोजकको रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहने जानकारी गराइएको हो। एग्रो थाई फुड्सको तर्फबाट कन्ट्री मेनेजर पवन श्रेष्ठ र झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरीले सहमति पत्रमा आजै हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा हस्ताक्षर पश्चात अध्यक्ष गिरीले यो सातौँ संस्करणको झापा गोल्डकप विगतको पाँचौँ र छैठौँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पूर्व अध्यक्ष स्वर्गीय बिनोद बस्नेतको स्मृतिमा समर्पित रहेको बताउनुभयो। पुरस्कार राशी वृद्धि,विजेतालाई १५ लाख अध्यक्ष गिरीका अनुसार यस वर्ष झापा गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ। जसअनुसार विजेता टिमले रु. १५ लाख र उपविजेता...

बिष्णु भगवती स्कूलमा सरस्वती पूजा सम्पन्न,निःशुल्क भर्ना अभियानको शुभारम्भ

Image
  ९ माघ,बिर्तामोड बिर्तामोड–१०,बिराटपोखरमा अवस्थित बिष्णु भगवती स्मार्ट स्कूलमा आज विद्याकी देवी सरस्वती माताको भव्य पूजाआजा तथा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। ज्ञान,कला र विद्या प्राप्तिको कामनासहित आयोजना गरिएको सरस्वती पूजाको अवसरमा विद्यालयले कक्षा PG नर्सरीदेखि कक्षा IX सम्मका लागि निःशुल्क भर्ना अभियानको औपचारिक रूपमा शुभारम्भ गरेको हो। विद्यालयका संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेतीका अनुसार समाजका सबै वर्गका बालबालिकालाई गुणस्तरीय, व्यवहारिक र आधुनिक शिक्षा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निःशुल्क भर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन उपयोगी सीप र नैतिक मूल्यसहितको शिक्षामा विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रमअन्तर्गत विद्यालय प्राङ्गणमा स्थापना गरिएको विद्याकी देवी सरस्वती माताको मूर्तिमा विशेष पूजारी पुष्पलाल भट्टराईले वैदिक परम्परा अनुसार विधिवत पूजा सम्पन्न गराउनुभएको थियो। पूजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेती,शिक्षक–कर्मचारी,विद्यार्थी,अभिभावक तथा स्थानीयवासी...

बिर्तामोडमा सोनाम ल्होसार भव्य रूपमा सम्पन्न,नमो बौद्ध गुम्बाको थप विकास गरिने

Image
माघ,५ झापा नेपाल तामाङ्ग धेदुङ्ग नगर कार्य समिति बिर्तामोडको आयोजनामा मञ्जुश्री सम्बत २८६२ ताल्हो (घोडा वर्ष) राष्ट्रिय महान पर्व सोनाम ल्होसार बिर्तामोड–४ स्थित नमो बौद्ध गुम्बा परिसरमा विविध सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदानसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष विजय गोले तामाङ्गको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा नगर प्रमुख प्रसाईले पानसमा दीप प्रज्वलन गर्नुभएको थियो भने गुम्बाका प्रमुख पुजारी रामसिंह घिसिङ्गद्वारा विधिवत पूजापाठ र १०८ दीप प्रज्वलन गरिएको थियो। आयोजक समितिका महासचिव गणेश तामाङ्गले आर्थिक वर्ष २०८२/८३ मा गुम्बाका लागि कोशी प्रदेश सरकारबाट प्राप्त १३ लाख र बिर्तामोड नगरपालिकाबाट प्राप्त ३ लाख गरी जम्मा करिव १६ लाख रुपैयाँको योजना ल्होसार लगत्तै कार्यान्वयनमा जाने जानकारी दिनुभयो। साथै गुम्बाका लागि थप जग्गा आगामी चार महिनाभित्र खरिद गरिने र हालसम्म ११ लाख ८ हजार रुपैयाँ संकलन भइसकेको पनि उहाँले बताउनुभयो। शुभकामना मन...

बिर्तामोडमा माघे सकराती तथा मिनाम ल्हेस–५०१९ भव्य रूपमा सम्पन्न

Image
३० पौष,झापा  नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ झापाको व्यवस्थापनमा “मगरात सभ्यता सहितको समृद्ध समाज” भन्ने मूल नारासहित मगर जातिको महान पर्व माघे सकराती तथा मिनाम ल्हेस–५०१९ (नयाँ वर्ष) बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मगर संघ बिर्तामोड नगर समितिका अध्यक्ष कर्ण सारु मगरको अध्यक्षता तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कोशी प्रदेश सभासद् कमला मगर कार्यक्रमकी विशिष्ट अतिथि रहनुभएको थियो। प्रमुख अतिथि इन्दिरा राना मगरले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कमला मगर,नेपाल मगर संघका पूर्व प्रदेश सचिव शिवम सोराली मगर,नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दीपेन्द्र चौधरी,नेपाल मगर संघ झापा जिल्ला अध्यक्ष विकास थापा मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा प्रमुख अतिथि राना मगरले ‘जेन–जी’ आन्दोलनले युवाहरूमा चेतना र परिवर्तनको भावना ल्याएको उल्लेख गर्दै नयाँ सोच र परिवर्तनलाई आत्मसात्...