Posts

Showing posts from May, 2024

झापाको भद्रपुरमा छात्रामाथि हतियार प्रहार,युवक पक्राउ

Image
  १८, जेठ, झापा     झापाको भद्रपुरमा एक विद्यालयमा अध्ययनरत छात्रा माथि धारिलो हतियार प्रहार भएको छ भने हतियार आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।  एसएस निकेतन भद्रपुर नगरपालिका -९ की छात्रा श्रेया राईलाई हतियार आक्रमण भएको हो सो कार्यमा संलग्न भद्रपुर नगरपालिका-६ भानु चौक बस्ने १८ वर्षीया अभिषेक कर्ण उक्राउ परेका हुन् ।   १७ वर्षीया राईलाई स्कुल बसबाट ओर्लिने बित्तिकै आज विहान ११ वजेको समयमा १८ वर्षीय कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।  दाउ प्रहार गरी भाग्दै गरेको अवस्थामा घोडामारा प्रहरीले  नियन्त्रणमा लिई कर्णलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ भने घाइते श्रेयाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको प्रहरीको भनाई छ । टाउको सहित दुबै हातमा चोट लागेको राईलाई हतियार प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन सोको अनुसन्धान भईरहेको झापा प्रहरीका प्रवक्ता कृष्ण कुमार चन्दले बताउनुभयो ।

बिर्तामोड-४ बिष्णु कुमारी हत्याका अभियुक्तहरु प्रहरीद्वारा सार्बजानिक

Image
   १७ जेठ,बिर्तामोड बिर्तामोड-४ की बिष्णु कुमारी बिष्टको हत्याका अभियुक्तहरु पाँचजना प्रहरीले आज सार्बजानिक गरेको हो। अभियुक्तहरु झापा शिवनगर टोलका २२ वर्षीय गंगा प्रसाद राजवंशी,२३ वर्षीय महेश राजवंशी,२१ वर्षीया वर्षा मुनदास राजवंशी,३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापाको अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी रहेको नेपाल प्रहरीले सार्बजानिक गरेको हो।(तस्बिर सहित)

बिर्तामोड निबासी बिष्ट हत्याको अभियोगमा दुईजना पक्राउ

Image
  , १६ जेठ ।  गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो ।    ६८ वर्षीया विष्णुमाया विष्टको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । बिष्टको हत्या भएको २० दिन पछाडी प्रहरीले आज बिर्तामोडका २१ बर्षीय गंगा राजवंशी र २७ बर्षीय महेश राजवंशीलाई पक्राउ गरेको जनाएको हो । उनीहरु मृतक बिष्टको छीमेकी हुन् ।  प्रहरी स्रोतका अनुसार उनीहरुले हत्या आरोप स्विकार गरि सकेको जनाइएको हो।   हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएको थियो । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो । प्र...

बिर्तामोडको शनिश्चरे रोडमा सवारीको जाम ( तस्बिरहरु)

Image
   १६ जेठ,बिर्तामोड कहिले काँही बिर्तामोडको मूक्तिचोक देखि माथि शनिश्चरे रोडमा यस्तै दृश्य देख्न पाईन्छ। आज ५:३० बजे बेलुका देखिएको सवारीको जाम तस्बिरमा ।

प्रचण्ड गर्मीमा पनि ब्यबस्था गरिएन निःशुल्क पिउने पानीको

Image
  फाईल तस्बिर १६ जेठ,झापा अघिल्लो बर्ष प्रचणड गर्मीको यस्तै समयमा ब्यापारीहरु तथा बिभिन्न संघ संस्था,स्थानिय निकाय मिलेर ठाँउ ठाउँमा अथवा आफ्नो पसल अगाडी बटुवा तथा यात्रीहरुलाई निःशुल्क पिउने शुद्ध पानी बितरण गरेको देखिएकोमा यस बर्ष भने त्यस्तो हालसम्म देखिएको छैन तथापि गतअक्षय तृतियको दिन भने पानी,सातु आदि भने सार्वजानिक रूपमा बिभिन्न व्यक्तिहरुले बाँडेको प्रशस्तै देखिएको हो। 

निन्दा खोलामा डुबेर शिक्षकको मृत्यु

Image
१६ जेठ झापा । गर्मी बढेसँगै खोलामा पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ ।  नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरूका साथ दोकान डाँडाचोक पश्चिम निन्दा खोला मा पौडी खेल्न गएका हुन्। । . पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए । पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको र छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पसी छोरालाई जसोतसो धकेलेर किनारमा पुर्‍याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ । बुबा डुबेपछि छोराहरूले स्थानीय बासिन्दा लाई खबर गरेका गरेका र त्यस बेला सम्ममा उनी अचेल भएका र  उद्धार गरेर स्थानीयले  बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याए पनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले जानकारी दिए । अस्पताल पुर्‍य...

चिठ्ठि लेखेर बेपत्ता नाबालक पथरीमा भेटिए

Image
१६ जेठ, झापा गौरादह-१ बेलडागीबाट चिठ्ठी लेखेर हराएका दुई नाबालक पथरीमा भेटिएका छन्। पशरीको एक बृद्धको घरमा दुबै जनालाई फेला पारिएको छिमेकी सोम कार्कीले जानकारी दिएका हुन्। गत १५ जेठ मा झापा गौरादह-१ बेलडाँगी चौकका १४ बर्षिय कक्षा ८ मा अध्ययनरत  खगेन्द्र खड्का र देव  खड्का हामीलाई नखोज्नु बाई डेडी भन्ने जस्ता ब्यहोराको पत्र लेखेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएको हो। उनीहरुलाई आज बिहान पथरीबाट भेट्टाएर परिवारको सम्पर्क मा ल्याईएको हो।  उनीहरुका बुवा भूपेन खड्काले कतै देखिए मोबाईल न.९८१४९०४७२३ मा वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेको बताईएको हो।

चिठ्ठि लेखेर सम्पर्कबिहिन भए दुई नाबालक

Image
   १५ जेठ,झापा झापा गौरादह-१ बेलडाँगी चौकका १४ बर्षिय कक्षा ८ मा अध्ययनरत  खगेन्द्र खड्का र देव  खड्का हामीलाई नखोज्नु बाई डेडी भन्ने जस्ता ब्यहोराको पत्र लेखेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएको जनाईएको छ। उनीहरु आज बिहान बाट सम्पर्क बिहिन भएका हुन् भने उनीहरुका बुवा भूपेन खड्काले कतै देखिए मोबाईल न.९८१४९०४७२३ मा वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेको बताईएको छ।

बुद्ध जयन्तीको अवसर पारेर उत्कृष्ट प्रशिक्षार्थी र प्रशिक्षक सम्मानित

Image
१० जेठ,बिर्तामोड २५६८औं बुद्ध जयन्तीको अवसर पारेर नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कमिटिले डम्फू बाजाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सम्मान गरेको छ। सोही कार्यक्रममा डम्फु बाजाका प्रशिक्षक राज कुमार तामाङ्ग समेतलाई सम्मान जनाईएको हो। नेपाल तामाङ्ग घेदुङ्ग बितामोड नगर कमिटिले गत जेठ चार गते देखि दश गते सम्म नगरका नौवटा वडाका चौबिस जना  प्रशिक्षार्थीहरुलाई बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सात दिने डम्फू बाजा प्रशिक्षण गराएकोमा सो कार्यक्रमको समेत आज समापन गरिएको हो। प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट  प्रशिक्षार्थी समिक्षा तामाङ्ग बिर्तामोड-३,शर्मिला तामाङ्ग लोपचन,सूर्यमान पाख्रिन, धन बहादुर वाईबा बिर्तामोड-४ फूलमाया मोक्तान निशा मोक्तान बिर्तामोड-५,गणेश घिसिङ्ग,लक्ष्मी प्रसाद मोक्तान राजकुमार बल तामाङ्ग बिर्तामोड-९ र राम बहादुर योञ्जन बिर्तामोड-१० सहित प्रशिक्षक राज कुमार तामाङ्गलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड-४ का वडा अध्यक्ष राहुल कुमार शर्माले सम्मान पत्र प्रदान गरि सम्मान जनाईएको हो। नमो बौद्ध गुम्बा बिर्तामोड-४ का अध्यक्ष हस्त ...

नेपाल तामाङ्ग धेदुङ्गको आयोजनामा बिर्तामोडमा डम्फू बाजाको प्रशिक्षण

Image
  ४ जेठ,बिर्तामोड  नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कार्यसमितिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सात दिवशीय डम्फू बाजा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गरिएको छ। प्रशिक्षणमा बिर्तामोड नगर भित्रका चौबीस जना यूवा यूवतीको सहभागिता रहने जनाईएको हो भने प्रशिक्षण बिर्तामोड-४ स्थित नमो बौद्ध गुम्बामा रहने जनाइएको हो। प्रशिक्षक राम कुमार तामाङ्गले सहभागी प्रशिक्षार्थी हरुलाई प्रशिक्षण दिलाउने कार्यक्रममा बिर्तामोड वडा न. एकबाट तीन जना,दुईबाट एक जना,तीनबाट तीनजना, चारबाट तीन जना,पाँचबाट चार जना ,छ बाट दुईजना,आठबाट एक जना.नौबाट चारजना र दशबाट तीनजना सहभागी गरि जम्मा चौबीस जनाको सहभागीता रहने जनाईएको हो। प्रशिक्षक तामाङ्गले सहभागीहरुलाई सात दिनको अवधिमा डम्फू तालमा बजाउने, साङ्ग सेरगेम गर्ने मेलो,तामाङ्ग गीत,तामाङ्ग जातीमा छोरी कुटुम्बलाई दिदा चारदाम गर्ने बिधि बिधान, डम्फु बाजा बजाउदा लाईने भेषभूषा गोइलो सम्बन्धि ज्ञान,डम्फू गीतमा नाँच्ने तरिका, लामा गुरु राङ्गसिङ्ग घिसिङ्गबाट धर्म संस्कार बिधि लगायत छोटकरीमा भाषा संस्कृति समेतको प्रशिक्षण गराईन...

विश्व हिन्दु महासंघ कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई

Image
३० बैशाख,बिर्तामोड  विश्व हिन्दु महासंघ कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई सर्बसम्मत चयन भएका छन् । कोशी प्रदेश चौध जिल्ला भेलाको अधिबेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् भने सोही अधिबेशनले सत्र सदस्यीय कोशी प्रदेश  कार्यसमिति समेत चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा माधव प्रसाद भट्टराई (इलाम),महिला उपाध्यक्ष रिता खनाल (ताप्लेजुङ्ग),सचिव राजकुमार खड्का(पाँचथर), सहसचिव भक्ति प्रसाद तिवारी"बिदुर"(झापा) र यश कुमार चापागाई(धनकुटा), कोषाध्यक्षमा इन्द्र नारायण प्रसाई (झापा), सह कोषाध्यक्षमा तुलसा पौडेल(झापा) र सदस्यहरुमा खड्ग बहादुर घिमिरे,राधा खड्का र राजकुमार घिमिरे( संखुवासभा),मदन अधिकारी ,गोमा सिटौला,सरिता ओली,संतोष ओली(झापा), जीवा तिमाल तामाङ्ग(पाँचथर),बिष्णु प्रसाद चालिसे(मोरङ्ग) सर्वसम्मत चयन भएको अधिबेशन निर्वाचन मण्डलीका सदस्य अधिबक्ता राम प्रसाद घिमिरेले जानकारी दिए। समिति चयनको लागि विश्व हिन्दु महासंघ केन्द्रिय महासचिव रामचन्द्र तिवारीको संयोजक र के. सदस्य तथा अधिवक्ता राम प्रसाद घिमिरे र के. सदस्य कुमार ओझा सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन मण्डली गठन गरिएको हो। ...

कचनकवलमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता विकास तालिम सम्पन्न

Image
  २६ बैशाख,कचनकवल झापा कचनकवल गा.पा महिला तथा बालबालिका,जेस्ठय नागरिक शाखाको  आयोजना र कचनकवल अपाङ्गता संस्थाको समन्वयमा दुई दिवशीय  संस्थागत क्षमता विकास तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कचनकवल गा.पा का उपाध्यक्ष तथा अपाङ्गता समन्वयय समितिका संयोजक नवराज भटराइको अध्यक्षतामा भएको तालिमको सहजिकरण अपाङ्गता सहजकर्ता दिलकुमार राजवंसी,कचनकवल गा.पाका आ.ले.प प्रभाकर आँचार्य,लेखा अधिकृत गोबिन्द रिजाल,शिक्षा प्रमुख मनिता बराल र महिला तथा बालबालिका शाखा प्रमुख सुनिता दाहालको सहजिकरण रहेकोथियो भने कचनकवल अपाङ्गता सँस्थाका कार्य समितिका सबै पधादिकारि र सात वटै वडाहरुमा रहेको अपाङ्गता मिलिजुलि समुह को पधादिकारिहरुको सहभागिता रहेको हो। 

बिर्तामोड-१० शिवालय मन्दिरबाट धातुका सामाग्रीहरु चोरी

Image
  २६   बैशाख,बिर्तामोड श्री त्रिपुरेश्वर शिवालय मन्दिर बिर्तामोड-१० शिवालय चोकको मन्दिरबाट धातुका सामाग्रीहरु चोरी भएको छ। गत सोमबार दिउसो मन्दिरको फलामको मुख्य कैची गेटको ताला फुटाएको अवस्थामा देखिए पछि भित्र हेर्दा ती सामाग्रीहरु चोरी भएको  जनाईएको हो। मन्दिरको गेटको ताला फुटाईएको अवस्था मन्दिरको जलहारी,पूजा थाली,सानो थाली, पित्तल घण्टी,तामाको लोटा चोरी भएको मन्दिर समिति सचिव खुवराज भट्टराईले जानकारी गराए। सोही मन्दिरबाट चार बर्ष अघि माईक र एक बर्ष अगाडी दान पेटिका चोरी गरि करिव आठ हजार रुपैया चोरी भएको समेत उनले बताए। हाल सामाग्री चोरी भए पश्चात अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकरी गराईएको र प्रहरीको टोलीले सोको निरिक्षण गरिएको समेत जनाईएको हो। यसरी पटक पटक मन्दिरको भौतिक तथा जिन्सी सामाग्री चोरी हुन थाले पछि  स्थानिय चिन्तित बनेको समेत भट्टराईले जानकारी गराए भने हाल सम्म चोरी गर्ने व्यक्ति भने पक्राउ पर्न नसकेको समेत उनले भने ।

झापा नेत्रहिन संघको दुई महिने कम्प्यूटर तालिमको उद्घाटन

Image
  २५ बैशाख,बिर्तामोड झापा नेत्रहिन संघको आयोजना र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुने दुई महिने आधारभूत कम्प्यूटर तालिमको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ। बिर्तामोड-३ बिर्ता बजार स्थित संघको कार्यलयमा प्रशिक्षण प्रदान गरिने आयोजकका तर्फबाट प्रशिक्षक मूना भट्टराईले जानकारी गराईन्। उनका अनुसार प्रशिक्षणमा एनभिडिए सफ्टवेयर मार्फत वर्ड,एक्सेल,इ-मेल,पावर पोइन्ट बारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराईनेछ। संघको कार्यलयमा स्थित पाँचवटा कम्प्यूटर मार्फत दुई सिफ्ट गरेर जम्मा दश जना संघका दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिने संघका अध्यक्ष होमनाथ राजबंशीले जानकारी गराए। प्रशिक्षार्थीको दैनिक यातायात खर्च आयोजकले ब्यहोर्ने समेत उनले जानकारी दिए। सोही कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका तर्फबाट दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई पाँच थान सेतो छडी समेत सहयोग गरिएको हो। सो छडी बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले उक्त कार्यक्रममा झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रमको औचित्य म...

झापा नेत्रहिन संघको दुई महिने कम्प्यूटर तालिमको उद्घाटन

Image
  २५ बैशाख,बिर्तामोड झापा नेत्रहिन संघको आयोजना र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुने दुई महिने आधारभूत कम्प्यूटर तालिमको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ। बिर्तामोड-३ बिर्ता बजार स्थित संघको कार्यलयमा प्रशिक्षण प्रदान गरिने आयोजकका तर्फबाट प्रशिक्षक मूना भट्टराईले जानकारी गराईन्। उनका अनुसार प्रशिक्षणमा एनभिडिए सफ्टवेयर मार्फत वर्ड,एक्सेल,इ-मेल,पावर पोइन्ट बारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराईनेछ। संघको कार्यलयमा स्थित पाँचवटा कम्प्यूटर मार्फत दुई सिफ्ट गरेर जम्मा दश जना संघका दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिने संघका अध्यक्ष होमनाथ राजबंशीले जानकारी गराए। प्रशिक्षार्थीको दैनिक यातायात खर्च आयोजकले ब्यहोर्ने समेत उनले जानकारी दिए। सोही कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका तर्फबाट दृष्टि सम्बन्धि अपांगता भएका सदस्यहरुलाई पाँच थान सेतो छडी समेत सहयोग गरिएको हो। सो छडी बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले उक्त कार्यक्रममा झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रमको औचित्य म...

तामाङ्ग र नेवारी सरकारी भाषा,बिर्तामोडमा दिप प्रज्वलन(तस्विर सहित)

Image
  २४ बैशाख,बिर्तामोड तामाङ्ग र नेवारी भाषालाई बाग्मती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाएको खुशीयालीमा बिभिन्न संघ संस्थाले बिर्तामोडको  मुक्तिचोकमा दिप प्रज्वलन गरेका छन्। नेपाल तामाङ्ग घेदुङ्ग, नेवा: देय: दबू:, नेवा: पासा मून: पूच: ले दिप प्रज्वलन गरेको हो। बागमती प्रदेशमा आजदेखि तामाङ्ग र नेपाल भाषा (नेवारी) लाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू गरिएको छ ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ्ग र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयब बोमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही अनुसार सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ्ग र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रुपमा ...