Posts

झापा शिवसताक्षीमा एकै परिवारको तीनजना मृत फेला

Image
  झापा,जेठ ३२ ।  झापामा आज बिहान एकै परिवारका दुई नाबालकसहित तीनजना मृत फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा उनीहरु मृत भेटिएका हुन्।  सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा ,उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।  अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् भने आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने मृतकको श्रीमान सुजन बेस्रा भने वैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेको बताइएको छ ।

झापामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिबार्य !

Image
३१ जेठ,झापा सामाजिक सुरक्षा भत्ता लिन झापा लगायत २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए। अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार विवरण दर्ता भइरहेको छ। पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा,रौतहट, रुपन्देही, मोरङ, सर्लाही,कपिलवस्तु, सुनसरी,काठमाडौं,दाङ,उदयपुर,भक्तपुर, बाँके,सप्तरी,ललितपुर,बर्दिया,सिरहा, सिन्धुली,सुर्खेत,धनुषा,मकवानपुर,कैलाली, महोत्तरी,चितवन, कञ्चनपुर,बारा,कास्की, पर्सा र तनहुँ छन्। मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाईएको हो। हाल झापा जिल्...

झपाका अग्रज पत्रकार पाठकको निधन

Image
  ३१ जेठ,झापा बिर्तामोड-४ निवासी मेघाबारी टोल विकास संस्थाका सदस्य,पूर्व शिक्षक तथा पत्रकार नेत्रप्रसाद पाठकको ७२ वर्षको उमेरमा आज बिहीबार बिहान ९:३० बजे असामयिक निधन भएको छ।  निज पाठकको छोरा विज्ञान पाठक वैदेशिक रोजगारीमा भएकाले छोरा आएपश्चातमात्र शव अन्त्येष्टिका लागि लगिने पारिवारिक  श्रोतले जानकारी गराएको छ ।पाठकको एक श्रीमति एक छोरा र एक छोरी रहेक छन् । पाठक प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष रहनुका साथै बिभिन्न संघ संस्थामा रहि सकृय हुनुहुन्थ्यो ।

मकै थन्क्याउन ब्यस्त झापाका किसान (फोटो फिचर)

Image
  ३१ जेठ,झापा यतिखेर झापाका किसानलाई मकै थन्क्याउन चटारो छ। मकै थन्क्याइए पछि सो बारीमा धान रोप्ने तयारी समेत गर्नु पर्ने हुन्छ। धान रोप्ने समय समेत नजिकिदै आउदैछ। पूष,माघ,फागून महिनामा लगाईएको मकै बारीमा पाकेको हो।

असार दशदेखिनै यस बर्ष झापामा रोपाई शुरू हुने

Image
  फाईल तस्बिर २९ जेठ,झापा मौसमले राम्रो साथ दिए झापाका किसानहरुले अषाढ दश गते देखिनै रोपाई शुरु गर्ने जनाएका छन्। यस बर्षको मनसुन समेत भित्रि सकेको छ । धानको ब्याड राख्ने काम सकेर किसान अब रोपाईको तयरीमा छन्।

चार महिना अगाडी दुर्घटनामा परेका अंशु श्रेष्ठको मृत्यू

Image
  २९ जेठ,बिर्तामोड ।   चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोड-४ का अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे १८ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।   गत माघ १२ गते अन्दाजी साँझ ५ः४५ बजेको समयमा बिर्तामोड ३ दुर्गा पाटी प्यालेस छेउ भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गइरहेको प्र. १-०१-००१च ७१५३ नम्बरको कार र विपरीत दिशातर्फ आउँदै गरेको मे ६प १६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ४ बस्ने १८ वर्षीय सचिन खतिवडा र सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड ३ बस्ने १९ वर्षीय कलिस लिम्बू सकुशल रहेका थिए भने सोही मोटरसाइकलको पछाडि सवार अंशुको खुट्टामा चोट लागेर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्‍याएर सामान्य उपचारपश्चात् डिस्चार्ज भई घर ल्याइएकोमा राति समस्या परेपछि थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको थियो । माघ १३ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर प्राप्त हुनासाथ प्रहरी टो...

बुढाथोकी कॉकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई अध्यक्षमा निर्बाचित

Image
    २८ जेठ,मेचीनगर  मेचीनगर काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित भएका छन् ।  आज बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका उम्मेदवार रोहित बुढाथोकी १९९१ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनले प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यलाई १८३ मतले हराएका हुन् । सन्तोष आचार्यले १८०८ मत पाएका छन् ।  त्यस्तै अध्यक्षका अर्का प्रत्यासी सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका हुन् ।  उपाध्यक्षमा प्रगतिशील समाजवादी प्यानलका गोबिन्द गिरी २२६६ मतसहित निर्वाचित हुँदा उनका प्रत्यासी लोकतान्त्रिक साझा प्यानलका राजु दाहालले १२१९ मत पाएका छन् । जुन १०४३ मतान्तर हो । सोही पदका अर्का उम्मेदवार कृष्ण सुवेदीले ६३० मत ल्याएका हुन् ।   सचिव पदमा लोकतान्त्रिकका बिशाल तामाङ १७४५ मत ल्याई निर्वाचित भएका छन् । उनले ८२ मतान्तरले प्रगतिशील प्यानलका दिलिप सुब्बालाई हराएका हुन् । सचिवका अर्का प्रत्यासी नरेन्द्र सिवाकोटीले ५९८ मत पाएका छन् ।  कोषाध्यक्षमा प्रगतिशील प्यानलकी बिमला तामाङ २०६५ मत ल्याई न...