Posts

बिर्तामोड–१० मा बोल्ने कला प्रशिक्षण

Image
 जेठ ७ झापा,  बिर्तामोड । ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि. बिर्तामोड–१० को आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आदिबासी जनजातिहरुलाई लक्षित गर्दै दुई दिवशीय उद्घोषण तथा बोल्ने कला प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ। व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतीकरण क्षमता अभिवृद्धि तथा प्रभावकारी संवाद सीप विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम बिर्तामोड–१० को सभा हलमा सञ्चालन भइरहेको हो। कार्यक्रममा प्रशिक्षकको रुपमा बिराट एफएमका प्रबन्ध निर्देशक तथा चर्चित सञ्चारकर्मी लिला अनमोल रहनुभएको आयोजकले जनाएको छ। ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि.का संचालक सन्तोष बेघाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिर्तामोड नगरपालिका वडा नं. १०  वडा सदस्य धनमाया श्रेष्ठको उपस्थिती रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो भने कार्यक्रम राष्ट्रप्रति समर्पित राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो। कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई धैर्य...

अपांगता तथा आदिवासी अधिकारबारे शिवसताक्षीमा चेतनामूलक कार्यक्रम

Image
' २८ बैशाख, झापा  आदिवासी जनजाति नेत्रहिन संघ झापा शिवसताक्षी नगरपालिका–११ को आयोजना तथा शिवसताक्षी नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा आदिवासी जनजाति समुदायका अपांगता भएका व्यक्तिहरुको लागि आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र तथा अपांगता अधिकारमा आधारित एक दिवसीय सचेतनामूलक कार्यक्रम आज शिवसताक्षी–१ स्थित लक्ष्मी नारायण माविमा भव्य तथा फलदायी रूपमा सम्पन्न भएको छ। कार्यक्रमले आदिवासी जनजाति तथा अपांगता भएका व्यक्तिहरुको अधिकार, अवसर र राज्यको दायित्वबारे महत्वपूर्ण जानकारी प्रदान गरेको आयोजकले जनाएको छ। आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजाकुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा संघका सल्लाहकार लक्ष्मी प्रसाद चेम्जोङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि चेम्जोङले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रसँगै राष्ट्रियताप्रति समर्पित राष्ट्रिय गान गाइएको थियो भने ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट म...

झापा नेत्रहिन संघको आयोजनामा भएको तालिम सम्पन्न

Image
२६ बैशाख,बिर्तामोड अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले झापा नेत्रहिन संघको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको पाँचदिने व्यवसायिक सीपमूलक झोल साबुन,फिनेल र हार्पिक उत्पादन तालिम आज बिर्तामोडमा सम्पन्न भएको छ। गत बैशाख १७ गतेदेखि सञ्चालनमा आएको उक्त तालिमबाट संघका १० जना सदस्य प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाईएको छ। झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा संघका सल्लाहकार संयोजक दोर्णाचार्य निरौलाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि सूर्य प्रसाद कन्दङ्गवाले तालिममा सहभागी सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि र आयआर्जनका लागि वडा कार्यालयको तर्फबाट आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न ...

नमो बौद्ध गुम्बा बिर्तामोडमा २५७०औँ बुद्धजयन्ती भव्य रूपमा सम्पन्न

Image
    १८ बैशाख,बिर्तामोड  नमो बौद्ध गुम्बा बिर्तामोड-४ को आयोजनामा २५७०औँ बुद्धजयन्ती भगवान बुद्धको स्मरण तथा शान्तिको सन्देश प्रवाह गर्दै स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिमा गुम्बा परिसरमा भव्यताका साथ सम्पन्न भएको छ। गुम्बा अध्यक्ष हस्त बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पूर्व खानेपानी,सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रियगानसँगै तामाङ्ग राष्ट्रिय गान बजाएर गरिएको थियो। प्रमुख अतिथि कार्कीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा कलाकार खुशी तामाङ्गले स्वागत नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रमका क्रममा गुम्बाका महासचिव गणेश तामाङ्गले गुम्बाले हालसम्म सञ्चालन गरेका गतिविधि तथा भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।  उहाँले गुम्बामा सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसै अवसरमा नेपाल तामाङ्ग घेदुङकी कार्यवाहक अध्यक्ष फूलमाया तामाङ्गले बुद्धजयन...

अपाङ्गता भएका व्यक्तिकालागि व्यवसायिक सीपमूलक तालिम सुरु

Image
१७ बैशाख,बिर्तामोड झापा नेत्रहीन संघको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवसायिक सीपमूलक झोल साबुन, फिनेल र हार्पिक उत्पादनसम्बन्धी पाँचदिने तालिमको आज बिर्तामोडमा औपचारिक उद्घाटन गरिएको छ। तालिममा संघका १० जना अपाङ्गता भएका सदस्यहरूको सहभागिता रहने तथा उनीहरूले प्रत्यक्ष रूपमा सीप आर्जन गरी लाभ लिन सक्ने जानकारी गराईएको हो। झापा नेत्रहीन संघको बिर्ताबजार स्थित सभाहलमा आयोजित उद्घाटन कार्यक्रम संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिका वडा न.६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवाको विशेष उपस्थिति रहेको थियो। राष्ट्रियप्रति समर्पित राष्ट्रगानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि कन्दङ्गवाले ब्यानर वाचनसहित लक्षित कार्यक्रमका लागि आवश्यक कच्चा पदार्थ कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।  उक्त कार्यक्रममा सहभागी १० जना प्रशिक्षार्थीहरूले पाँच दिनसम्म निरन्तर तालिम लिने जनाइएको छ। तालिमको प्रशि...

बिर्तामोडमा तमू भाषा प्रशिक्षण सम्पन्न

Image
  ११ बैशाख,बिर्तामोड तमू ह्युल छोज धीं गुरुङ्ग समाज नगर समिति बिर्तामोड, झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा, ललितपुरको आर्थिक सहयोगमा सञ्चालित “तमु गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो। समाजका नगर समिति अध्यक्ष कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन समारोहमा समाजका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा समाजका कोशी प्रदेश प्रमुख आनन्द गुरुङ्ग, केन्द्रीय सदस्य टिकाराम गुरुङ्ग, झापा जिल्ला अध्यक्ष जगत गुरुङ्ग, झापा जिल्ला महिला अध्यक्ष दुर्गा गुरुङ्गलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै गुरुङ्ग राष्ट्रिय गान बजाएर गरिएको थियो, जसले कार्यक्रममा थप गौरवमय वातावरण सिर्जना गरेको थियो। प्रशिक्षण अवधिभर २५ जना सहभागीलाई मातृभाषा सम्बन्धी गहन ज्ञ...

टोरन्टो सिटी हलमा नेपाली झण्डा,हेरिटेज वीक घोषणा

Image
२ बैशाख,झापा टोरन्टो, क्यानडा — टोरन्टोस्थित सिटी हलमा नेपाली झण्डा फहराउने विशेष तथा ऐतिहासिक कार्यक्रमका बीच ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायको पहिचान, गौरव र एकताको प्रतीक मानिएको यो कार्यक्रम उत्साह, उल्लास र व्यापक सहभागितासहित सम्पन्न भएको हो। कार्यक्रमले क्यानडामा बसोबास गर्ने नेपालीहरूको सांस्कृतिक अस्तित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी ओन्टारियोकी सांसद क्रिस्टिन वोंग–टामले नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदान उल्लेखनीय र प्रेरणादायी रहेको बताइन्। उनले यस्ता सांस्कृतिक पहलहरूले विभिन्न समुदायबीच आपसी समझदारी, सहिष्णुता र सहकार्यलाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरिन्। त्यसैगरी, प्रमुख अतिथि तथा वक्ताका रूपमा उपस्थित काउन्सिलर नीथन शनले नेपाली समुदायको सक्रियता, एकता र समृद्ध सांस्कृतिक पहिचानप्रति प्रशंसा व्यक्त गर्दै टोरन्टोमा ‘नेपाली हेरिटेज वीक’ घोषणा गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताए। उनले भविष्यमा पनि नेपाली समुदा...