Posts

बिर्तामोड १० मा राप्रपा सदस्य १ अरु कांग्रेस

Image
जेठ ३ मंगलबार झापा हाल स्थानिय निर्बाचनमा जनताको भरोसालाई विश्ववस्त पार्दै  बिर्तामोड १० बाट वडा अध्यक्ष पदमा पून: नेपाली कांग्रेसका दुर्योधन गुरुङ्ग वडा अध्यक्षमा बिजयी हुन सफल भएका छन् । बिभिन्न पार्टी बाट वडा न.१० मा ५ जनाले वडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए। दुर्योधन गुरुङ्ग त्यस्तै वडा सदस्यहरुमा कांग्रेसकै पञ्चधन राई, धनमाया श्रेष्ट, दिपिका सिवा र राप्रपाका पृथ्वी  बस्‍नेत निर्बाचित भएका छन्। बिर्तामोड १० मा बिभिन्न पार्टी बाट वडा सदस्य हरुमा जम्मा ११ जना उम्मेद्वार रहेका थिए।  मत परिणाम दुर्योधन गुरुङ्ग १९९३, दिपिका सिवा १८५८, धनमाया श्रेष्ट १७१६, पन्चधन राई १६९४, पृथ्वी बस्नेत १५६३ प्राप्त गरेकाे आयोगले जनाएको छ । बिर्तामोड १० मा गुरुङ्ग को यो दोस्रो कार्य काल हो भने सदस्यमा दिपिका सिवाको पनि दोश्रो कार्यकाल नै हो। अन्य नयाँ सदस्य हरु हुन्। गुरुङ्गका निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका रिमानध्वज सुब्बाले भने १५५९ मत प्राप्त गरेका छन्। मत परिणामा आयोग

बिर्तामोड २ किशोर पौडेल सहित एमाले सदस्य बिजयी

Image
 जेठ ३ मंगलबार झापा बिर्तामोड २ मा स्थानिय तह निर्बाचनमा नेकपा एमालेका किशोर पौडेल वडा अध्यक्षमा निर्बाचित भए संगै साथमा नेकपा एमालेबाटअन्य सदस्य समेत बिजयी बनेका छन् । नेपाली काग्रेस धर्मराज लक्सम्वा र राप्रपाका शंकर प्रसाद रिजाललाई पछि पार्दै उनी वडा अध्यक्षमा बिजयी बनेका हुन्। वडामा अध्यक्षको लागि जम्मा ३ जनाको मात्र उमेद्धारी रहेको थियो।  बिर्तामो रयालीमा लिईएको तस्बिर ड नगरमा सबैभन्दा कम ३ जना मात्र वडाअध्यक्ष उम्मेद्वार रहेको वडा पनि यो हो । बिर्तामोड नगरपालिका कार्यलय त्यस्तै वडा सदस्यमा एमालेकै ओम नाथ गौतम, चेतन विमली, तिला गौतम, शर्मिला त्रिखत्री बिजयी बनेका छन् । सदस्यहरुमा खुला ७, महिला ३, दलित ३ गरि जम्मा १३ जना बिभिन्न पार्टीबाट उमेद्ववार थिए । वडामा स्वतन्त्र उम्मेद्वार भने कोही थिएनन्। मत परिणाम पौडेल २०२१, तिला गौतम २०८१, त्रिखत्री २०२९, ओमनाथ गौतम १८२५ चेतन बिमलीको १८४७ रहेको आयोगद्वारा जानकारी गराएको छ । प्राप्त मत

ताजा अपडेट

Image
 बिर्तामोड -१० को १३७४ मत गणना हुँदाको परिणाम मेयर  सूर्य -४८५  गठबन्धन-५६४  उपमेयर  सूर्य- ४६७  गठबन्धन-४२५  वडाध्यक्ष  सूर्य- ५४०  गठबन्धन-६४१

बिर्तामोड १ मा एमाले उम्मेद्वारहरुको जीत

Image
जेठ २ झापा  बिर्तामोड नगरमा ४८ जना वडा अध्यक्षले बिभिन पार्टी र स्‍वतन्त्र बाट उम्मेद्वारी दिएकोमा  बिर्तामोड १ मा नेकपा एमालेका अग्नी प्रसाद पाण्डे बिजयी बनेका छन्। निर्बाचित उम्मेद्वारहरु खुला सदस्य उम्मेद्वार नगरमा ७२ उम्मेद्वारी मध्येबाट सोही वडामा टेक ब.अधिकारी,योग चन्द्र आङ्गबुहाङ्ग नेकपा एमाले बाटै बिजयी भए । बिर्तामोड नगरपालिकाको कार्यलय महिला सदस्य नगर भरि ३४ उम्मेद्वारी मध्ये वडा न.१ मा यमूना देबी आर्चाय बिजयी भएकी छिन् । दलित महिला सदस्य तर्फ नगरमा कुल ३० उम्मेद्वारी मध्ये सोही वडामा नेकपा एमालेकै कमला दर्जी बिजयी भइन् भने बिजयी उम्मेद्वारर पाण्डे अघिल्लो कार्यकालको सोही वडाका वडा अध्यक्ष हुन् । बितामोड १ वडा अध्यक्षमा ६ जनाको उम्मेद्वारी रहेको थियो। पाण्डेले १४६९ मत प्राप्त गरेका थिए । पाण्डेका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका बलराम प्राप्त मत परिणाम कार्कीले भने १२२३ मत प्राप्त गरेका छन् ।  

सैनिक बजारमा एनएमसी राहत

Image
 वान सम्वाददाता १ जेठ झापा बितामोड । झापाको मेचीनगर-६ काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिक बजारको एक परिवारलाई नगद २५ हजार राहत सहयोग प्रदान गरेको छ।   एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्रकी शेयर सदस्य जरिमायाको निधन भएपछि सैनिक बजारस्थित स्व.राईको निवासमा पुगेर सहकारीले २५ हजार रुपैयाँ प्रदान गरेको हो।       सहकारीका कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य टिकाप्रसाद दंगाल,एकाइ नं.१ का संयोजक कमल खतिवडा, एकाइ नं.२ का संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,गणेश बोहोरा,कार्यालय प्रमुख सन्तोष ढुंगाना, कर्मचारी पवन मैनाली, लुवराज प्रसाईं,चन्द्रबहादुर राईलगायतको टोलीले समवेदना पत्र सहित उक्त राहत रकम हस्तान्तरण गरेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी  दिइन्। संस्थामा ६ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ। प्रदेश-१ कै एटीएम सञ्चालन ...

बिर्तामोड १० झापा महेन्द्र ज्योति माबि दिउसो २ बजे सम्म मतदान परिणाम

Image
३० बैशाख झापा  बिर्तामोड १० महेन्द्र ज्योती मा. बि. मतदान केन्द्रमा ५६९३ जना मतदाता रहेको र आज बिहान ७ बजे बाट मतदान शुरु गरिएको त्यहां  स्थित क मतदान केन्द्र अधिकृत गोबिन्द रिजालले जानकारी गराएका छन्। उनले भने बिहान पानी परेकोोले केही समय अप्ठ्यारो भएको थियो। २ बजे सम्म ६५ प्रतिशत मतदान भएको अनुमान छ । क देखी च सम्म ६ वटा मतदान स्थल एकै ठाउँ भएकोले मतदाता बढी भएको मतदाताहरुले गुनासो गरे २ ठाउँ मतदान स्थल कायम भएको भए अलिक सहज हुने मतदाताहरुको  धारणा छ। न. को आधारमा मतदाता लाई मतदान गर्न सहज बनाईएको हो।   बिर्तामोड १० बिर्तामोड नगरकै ठूलो वडा हो । प्रसनि राजेन्द्र सरदारले सुरक्षार्थ १० प्रहरी र १६ म्यादी प्रहरी रहेको जनाएका छन्। त्यहाँ मतदाता को उत्साह सन्तोषजनक छ । मतदाताको उपस्थिती बाक्लो रहेको थियो। ( फोटो फिचर समेत )

वितामोड -९ मतदाता शिक्षा कमी

Image
  बैशाख ३० झापा बिर्तामोड ९ शहिद लक्ष्मी प्रा. बि. टाँगाबारी मतदान स्थलमा आज बिहान ७ बजे स्थानिय ८८  बर्षिय जेष्ठ मतदाता चन्द्र ब. बस्नेत बाट पहिलो मतदान शुरु गरिएको त्यहां स्थित मतदान अधिकृत ज्ञान ब. रायमाझी ले जानकारी गराएका छन्।  यहाँ मतदाता शिक्षा केही कमी हो की भन्ने उनको बुझाई छ । अल्फाबेटको आधारमा मतदातालाई मतदान गर्ने ब्यवस्था गरिएको हो। दिउसो ४ बजे सम्म करिब १८०० बढी मतदान भैसकेको उहाँको भनाई छ। ३ वटा बुथ , म्यादी प्रहरी ६ र नेपाल प्रहरी १० जना मतदान स्थल सुरक्षार्थ खटिएका त्यहॉ स्थित प्रसनि निरज कटुवालले बताएका छन्। मतदान शांती पूर्ण रहेको उनले जनाए । त्यहाँ करिब २४५० मतदाता रहेका छन्। बढी उमेर १०० बर्ष पुगेका स्थानिय जेष्ठ मतदाता पूर्ण ब. श्रेष्टले समेत यसै मतदान स्थलबाट आज मतदान गरेको जनाईएको छ। अहेव अम्बिका भण्डारीले बिर्तामोड नगरपालिका स्वास्थ शाखाबाट आफूलाई प्राथमिक उपचारको लागि खटाएको बताइन् । बर्तामोड ९ मा देवकोटा माबि र यहॉ गरेर २ ठाउँ मतदान स्थल कायम गरिएको थियो। (फोटो फिचर समेत)