Posts

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

Image
  अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोड झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० शिवालय चोक बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका  अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका  अन्दाजी बर्ष ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।

अत्यधिक बर्षातले बृहस्पतिको साग बेचेर दशैं मनाउने सपना झवाम

Image
१४ असोज,बिर्तामोड बिर्तामोड-९ बद्रीबारीका बृहस्पति सेढाईको रायो र तोरीको साग बेचेर दशैं मनाउने सपना चकनाचुर भएको छ। चार दिन परेको अबिरल बर्षातले उनको तरकारी बालीमा पूर्ण रूपमा क्षति पुगेको हो।  सेढाईको चारकठ्ठा जमिनमा लगाईएको बिक्रि गर्न ठिक्क पारेको तोरीको साग र चार वटा टनेलमा लगाएको रायोको साग अत्यधिक बर्षातले बिग्रिएको छ। सेढाईको भनाई अनुसार चालिस देखि पचास हजार सम्मको रायो र तोरीको साग बिग्रिएको उनले बताए। बिगत केही बर्षदेखि उनले चाडपर्ब लक्षित तरकारी खेतीबाट चाडपर्व खर्च चलाउँदै आएको बताए। विशेष गरि दशैंमा उनी साग बिक्रि  गर्न रुचाउछन् । सोही अनुरूप यस बर्षपनि उनले दशैं लक्षित साग खेती गरेकोमा बिक्रि गर्ने समयमा परेको अत्यधिक बर्षातले उनलाई नोक्सान पुगेको हो। यसको साथसाथै उनले राखेको अन्य तरकारीको बेर्ना समेत पानीले बिगारिदिएको सेढाईले बताए। अत्यधिक रूपमा परेको अविरल वर्षाका कारण राजधानी उपत्यकालगायत देशभरमा ३ हजार ४ सय निजी घरहरूमा समेत क्षति पुगेको छ। त्यस्तै,सरकारी भवनहरू ३ सयको हाराहारीमा क्षतिग्रस्त भएको विवरण सार्वजनिक भएका छन्। आइतबार रातिसम्म प्राप्त विवरणअनुसार क...

बिर्तामोड-९ मा आएको कल्भर्टको बाढीले बाईक बगायो

Image
  ११ असोज,बिर्तामोड बिर्तामोड-९ बिराटपोखरदेखि कोलाटोली जाने बाटोको कल्भर्टमा आएको बाढीले बिर्तामोड -९ कोलाटोली निबासी रण बहादुर बस्नेतको मे.४ प ३४१४ न.को सुपर स्पेलेन्डर बाईक सहित उनलाई बगाएकोमा बस्नेत केही क्षण पछि पौडिएर निस्किएका उनका परिवारिक श्रोतले जनाएको छ भने बाईक भने हराईरहेको जनाइएको छ। बाईक आज दिउसो बगाएको हो। गत बुधबार बेलुकादेखि झापा  लगायत देशको बिभिन्न भागमा अबिरल बर्षा भैरहेको छ भने बर्षाले ठाउँ ठाउँमा बाढी आईरहेको छ। यसै बिच जल तथा मौसम बिमागलेअसोज ११ बिहान ९:३० बजे पछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह,चण्द्रगढी,केचना,अनारमनी बिरता,इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको,सो क्षेत्र भई बहने कन्काई,मेची,विरिङ,निन्दा र अन्य स-साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाई राख्न सचेतना समेत जारी गरेको छ। 

श्रीलंकाको तेश्रो महिला पिएम बनिन हरिनी अमरसूर्या

Image
  ९ ९ असोज,झापा  चौवन्न बर्षकी अमरासूर्या प्रोफेसर हुन् । उनले सामाजिक मानब शास्त्रमा डक्टरेट गरेकि छिन् भने श्रीलंकाका राष्ट्रपति दिशानायकेले उनलाई प्रधानमन्त्रीमा नियुत्त गरेका हुन् ।

कुलतमा फस्दै बिर्तामोडका सडक बालक

Image
  ६ असोज,बिर्तामोड बिर्तामोडका यी सडक बालक लगायत अन्य उनका दुई तीन जना साथीहरु डेन्डराईड सुँघने नराम्रो कुलतमा फसेको पाईएको हो। डेन्डराईटले यिनिहरुको स्वास्थ्यमा गम्भिर असर परिसकेको भान हुन्छ । यी कलिला नानीहरु जसका छोराछोरी भएपनि कुलतबाट बचाऔं ।  

धानको अग्रिम अनुमान गर्दै किसान,यस बर्ष राम्रै फल्ने

Image
  ६ असोज,झापा तस्बिर:सर्जु "संसार" असार श्रावणमा रोपेको धान फल्नै लागेको छ। खासगरि अगौटे धान पोषाउँदै गरेको अवस्था छ। जोसुकै किसानले पनि आफ्नो अन्नबाली राम्रो होस् भन्ने चाहान्छन् । फलस्वरूप धानको उत्पादन यस बर्ष राम्रो हुनेमा झापाका किसान उत्साहित देखिएका छन्।

लाइफलाईनले दिने भयो आदिबासी जनजाति दृष्टिबिहिनलाई उपचारमा छुट

Image
  २ असोज,झापा आदिबासी जनजाति नेत्रहिन संघ झापाको तेश्रो साधारण सभा तथा चौधौं महान स्थापना दिवशको अवसरमा लाईफ लाईन अस्पताल प्रा.लि.दमक-५ झापासंग बिभिन्न संझौतामा हस्ताक्षर भएको छ। लाईफ लाईन अस्पताल प्रा.लि.का तर्फबाट प्रशासकिय अधिकृत प्रेम कुमार गिरी र संघका अध्यक्ष भोजकुमार तामाङ्गद्वारा हस्ताक्षरित सम्झौता पत्र कार्यक्रममा बाचन गरेर सार्बजानिक गरिएको हो। संझौता अनुसार आदिबासी जनजाति नेत्रहिन संघका सदस्यहरुलाई सिफारिस वा परिचयपत्रको आधारमा उपचारमा तीस प्रतिशत छुट, समन्वयको आधारमा संघसंग मिलेर बर्षको एकपटक  निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने,लाईफलाईन अस्पतालका कर्मचारीहरुले आदिबासी जनजाति नेत्रहिन संघले स्थापना गरेको झापाली आदिबासी जनजाति नेत्रहिन साहारा छात्रबृत्ति अक्षयकोषमा स्वेच्छिक रुपमा दैनिक एक रुपिया अभियानमा सामेल हुने,नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसार दुबै पक्षले गर्नेजस्ता सम्झौता पत्रमा उल्लेख गरिएका  छन्। आदिबासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका उप प्रमुख नरमाया कार्कीको प्रमुख ...