Posts

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा दुर्घटना बढेपछि बाँसको ढाट

Image
  १६ मंसिर,झापा बिर्तामोड नगरपालिका वडा न.-९ बिराटपोखरदेखि कोलाटोली सडक खण्डको बद्रिबारी टोलमा बर्खाको समयमा भत्किएको कल्भर्ट हालसम्म पनि मर्मत गर्न स्थानिय सरकारले चासो नदेखाएको र उक्त स्थानमा सवारीसाधन चल्ने क्रममा भत्किएको सडक नदेखेर आकस्मिक दुर्घटना बढेको भन्दै स्थानियले बाध्य भएर बाँसको ढाट लगाएका छन्। भत्किएको सडक दक्षिणपट्टि उकालो भएको कारणले दक्षिण पट्टिबाट आएका सवारी साधन भत्किएको सडक नदेखेर सरासर आउदा धेर मत्रामा दुर्घटनामा पर्ने गरेको स्थानियले जनाएका हुन्। सो स्थानमा आजकल  दुर्घटना बढेको समेत उनीहरुले जनाए। दुर्घटना बढेपछि स्थानियले भत्किएको स्थानको दक्षिणपट्टि बाँसको ढाट लगाएर सडक भत्किएको छ भनेर संकेत गर्ने खोजेका हुन् । साथै डाइभर्सनबाट सवारी साधन चलाउन जानकारी दिइएको जनाईएको हो। स्थानिय तेज प्रसाद सिटौलाले जनाए अनुसार बिर्तामोड-१० निबासी राम प्रसाद खनाल र बद्रीबारी टोल बिकाश संस्थाका सचिव बाल कृष्ण आलेको  नेतृत्वमा आएका यूवाहरुले १५ गते शनिबार बिहान ढाट लगाएकाे सिटौलाले बताए। केही दिन अघि स्थानिय एक शिक्षक सोही स्थानमा दुर्घटनामा परेका ...

बिराटपोखरीमा भजनको साथ सम्मानको कार्यक्रम

Image
 १५ मंसिर,झापा बिर्तामोड-३ स्थित एतिहासिक धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरीमा बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी सरोबर बहुउद्देश्यीय बिकाश समितिको आयोजनामा भजन कृतनको साथमा सम्मानको कार्यक्रम सम्पन्न गरिएको छ। बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरीमा पितृहरुको नाममा दिप प्रज्वलन गर्न आउने भक्तजनहरुको सहजताको निमित्त उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी गराएको हो। सोही कार्यक्रममा स्थानिय कलाकार र कृतन मण्डलीहरुले भजन कृतन प्रश्तुत गरेका हुन्। कार्यक्रममा स्थानिय सत्रवटा कृतन मण्डलीले भजन कृतन प्रश्तुत गर्नुका साथै  कलाकार शुशिल चूडाल समेतले भजन गाएर उपस्थित दर्शकलाई नचाए । उक्त कार्यक्रममा प्रत्येक कृतन मण्डलीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकका तार्फबाट समितिका सहसचिव अर्जुन उप्रेतीले जानकारी गराए । कार्यक्रममा बिर्तामोड वडा न.-३ वडा सदस्य हरि बास्कोटा,नेकपा माओबादी केन्द्र बिर्तामोड नगर इन्चार्ज मदन सुब्बा,राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल,नेकपा एमाले बिर्तामोड अध्यक्ष सुबास भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै सबै तह र त...

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

Image
१४ मंसिर,बिर्तामोड  बिर्तामोड-९ बिराटपोखरबाट कोलाटोली जाने भत्किएको कल्र्भर्टमा आज बिहान सात तीस बजे मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाईते हुनेमा बिर्तामोड-१० पत्थरभिट्टा बस्ने महेन्द्र रत्न मा बि का शिक्षक इच्छाराम निरौला रहेको स्थानिय सुनिता निरौला बास्कोटाले जानकारी गराईन् । निरौला बिर्तामोड-९ कोलाटोलीमा रहेका साथी पुष्प पौडयाललाई भेटेर सो सडक खण्ड भै विद्यालयतर्फ जाने क्रममा दुर्घटनामा परेको जनाईएको हो। सो सडक खण्डमा बर्षाले भत्किएको कल्भर्ट छ । दक्षिणबाट आउने क्रममा केही उकालो भाग र त्यसपछि भत्किएको कल्भर्ट आउछ भत्किएको कल्भर्टको भेउ नपाउदा निरौला सरासर आउदा कल्भर्टबाट मोटरसाईकल अनियन्त्रित भै सोझै तल खसेको स्थानिय तेज प्रसाद सिटौलाले बताए। दुर्घटनाबाट निरौलाको दाहिने हात र औंला भाचिएको जनाईएको छ भने अन्यत्र सामान्य चोट लागेको जनाईएको हो। दुर्घटनामा निरौलाको मे ११ प १७४७ न. को होण्डा साईन मोटरसाईकलमा समेत क्षति पुगेको जनाइएको हो। घाईते निरौलालाई उपचारको लागि कन्काई  अस्पताल बिर्तामोड लगिएको जनाईएको हो भने स्थानियले उक्त दुर्घटना स्थलमा ...

प्रथमपटक बिराटपोखरीमा तीनसय लाईटको बालाचर्तुदशीमा आकर्षण

Image
   १३ मंसिर,झापा बालाचतुर्दशी पर्वको निमित्त भगवानको नाममा बिर्तामोड-३ स्थित एतिहासिक,धार्मिक,पर्यटकिय स्थल बिराटपोखरीमामा प्रथम पटक तीन सयवटा टियूनिङ्ग लाईट जडान गरेर आकर्षक तरिकाले सजाईएको छ। उक्त लाईट जडान गरिएपछि बालाचर्तुदशीको पूर्व सन्ध्यामा बिराटपोखरी आकर्षक र झलमल्ल हुने भएको  हो। उक्त लाईट जडान गर्ने भद्रपुरका ठेकेदार रामू सहनीका अनुसार तीन सयवटा टियुनिङ्ग लाईटको माला करिब तीन सय मिटर लम्बाई र बारह फिट चौडाई भएको पोखरीको दक्षिण पट्टिको सडकमा आकर्षक तरिकाले जडान गरिएको उनले बताए । उनका अनुसार यस लाइटिङ्गको अनुमानित खर्च पचास देखि साठी हजार रुपैया सम्म पर्ने जनाए भने सातवटा रङ्गमा  बत्ति बल्ने पनि जानकारी दिए । १३ गते बुधबार साँझ सम्म लाइटिङ्ग जडानको सम्पूर्ण कार्य सकिने र १४ गते साँझको बालाचर्तुदशीको कार्यक्रम समापन भए पश्चात उक्त लाईट निकालिने उनको भनाई छ। बिराटपोखरी सरोबर बहुउदेशयिय बिकाश समितिले भने यस अघिनै बालाचर्तुदशी पर्बको अवसरमा बिराटपोखरी परिसरलाई आकर्षक र सुन्दर देखाउन पूर्वसन्ध्यामा टियुनिङ्ग लाइट जडान गर्ने निर्णय गरेको हो।

शिक्षासेवी तथा साहित्यकार देशु वनेमलाई मातृशोक

Image
११ मंसिर,बिर्तामोड श्री महेन्द्र ज्योती माध्यमिक बिद्यालय बिर्तामोड-१० सैनिक बजारका पूर्व प्र अ,साहित्यकार तथा शिक्षासेवी देशु वनेमलाई मातृ शोक परेको छ। उहाँको ममतामयी माता  सीता देवि लिम्बु (जम्दारनी बोजु) को  गए राती मंसिर १० गते बिर्तामोड-१० सापडिग्री स्थित निजि निवसमा स्वर्गारोहण भएको पारिवारिक श्रोतले जनाएको  हो। उहाँ  केही दिनदेखि अस्वस्थ्य हुनु भएको हो ।  स्व. सिता देबि लिम्बुको पार्थिव शरिरको दहसंस्कार किरात धर्म संस्कार अनुसार निजि निवास नजिकै गरिने भएको समेत जनाईएको छ। साहित्यकार देशु बनेमद्वारा स्व. आमाको स्मृत्तिमा रचिएको कबिता सुत आमा सुत! अब तिमीले कहिल्यै बिउँझनु पर्दैन  न आगोले पोल्छ न जाडोले पोल्छ न पीडाले दुखाउँछ न बिरहले रुवाउँछ अब तिमीले कहिल्यै आँसु खसाल्नु पर्दैन  अब चिर निन्द्रामा सुत अब हरेक बिहान तिमीले उठ्नु पर्दैन  जीवनसित तिमीले जुझ्नु पर्दैन  सुत आमा सुत! अब कहिल्यै बिउँझनु नपर्ने स्वर्गीय निन्द्रामा सुत ! सधैं जस्तै भोलि पक्कै बिहान हुनेछ तिमीले रोपेका फूलहरुले तिमीलाई पक्कै खोज्लान् तिमीले सुम्सुमाएका बस्तु...

बिर्तामोडमा गधाले बाईक लडायो,तिर्नुपर्ने भयो मर्मत खर्च

Image
  १० मंसिर,बिर्तामोड बिर्तामोड-३ सतानुबारी सैनिकमोडमा गधाले मोटरसाईकललाई लडाईदिदा गधा मालिकले मोटरसाईकल धनीलाई मर्मत खर्च तिरिदिनु पर्ने भएको छ। आज साँझ दुईवटा गधाको खुट्टामा बाधेर राखेको डोरीमा हिडिराखेको गधाले पार्किङ्ग गरिराखेको दुईवटा मोटरसाईकललाई लडाईदिएको हो। लडेको मोटरसाईकलमा सामान्य क्षति पुगेको छ। सोही स्थान निबासी प्रेम नेपालीको मे ४ प ९७६९ न. को १२५ सिसिको डिस्कभर बाईक र सहदेव राजबंशीको प्र १-०१-०१३ प २८ न. को २२० सिसिको पल्सर मोटर साईकललाई लडाएको हो। दुबै मोटरसाईकल सैनिकमोड स्थित राजेश राजबंशीको चिया पसल अगाडी पार्किङ्ग गरिएको हो भने डिस्कभर बाईकको अगाडीको भाइजर र पल्सर बाईकको पछाडीको नम्बर शो गर्ने लाईट भाचिएको हो। गधाले मोटरसाईकल लडाईदिए पछि मोटरसाइकल धनी नेपालीले प्रहरीलाई खबर गरेको र प्रहरीले गधा मलिकले मोटरसाईकल बनाईदिने सहमति गरेको बताए भने गधा सैनिकमोडमा बसेर सिलौटा ब्यापार गरिरहेका बरुण शर्माको रहेको हो।

बालाचर्तुदशीमा बिराटपोखरीमा जाग्राम सहितको भजन कृतन हुने

Image
  ७ मंसिर,बिर्तामोड बिराटपोखरी सरोबर बहुउदेश्यीय  बिकास समिति र सोही स्थानको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डलीको सह आयोजनामा बिर्तामोड-३ स्थित धार्मिक तथा एतिहासिक बिराटपोखरीमा बालाचर्तुदशी पर्वको पूर्व सन्ध्यामा भजन कृतन र पितृहरुको नाममा रातभर दिप प्रज्वलन गरि भोली पल्ट गत बर्षझैं यस बर्ष पनि बिहान सदबिज छर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। सो कार्यक्रमको लागि सम्पूर्ण भक्तजनहरुलाई आयोजकको तर्फबाट उक्त दिन उपस्थिती भैदिन आब्हान गरिएको हो। बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समितिका सचिव जगनाथ भट्टराईका अनुसार गत बर्षहरुझैं यसबर्ष पनि बिराटपोखरीमा बाला चर्तुदशी पर्ब मनाउन निरन्तरता दिदै सोही कार्यक्रमलाई लक्षित गरिआगामी मंसिर तेरह गते बिभिन्न संघ संस्थाको सहयोगमा पोखरी परिसर बृहत सरसफाई गरिने जानकारी दिए। न्यूनतम एक हजार भन्दा बढिनै भक्तजनले बिराटपोखरीमा बाला चर्तुदशीमा सदबिज छर्ने गरेको समेत उनले बताए। सदबिज छर्ने दिन बिहान पोखरीको गेट तीन बजे देखिनै भक्तजनको लागि खुल्ला गरिने  उनको भनाई छ। सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाई बिदेश भ्रमणमा रहेपनि सोदिन सम्ममा आईसक्...