Posts

सैनिक महोत्सव फागुन ७ बाट,प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रश्तुति हुने

Image
  १८ माघ,झापा बिर्तामोड-१० वडा कार्यलयको आयोजनामा वडाको सैनिक बजारमा जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्सव-२०८१ आगामी फागुन ७ गते बाट १७ गते सम्म आयोजना हुने भएको छ। उक्त विषय आज एक पत्रकार सम्मेलनको आयोजना गरि सञ्चारकर्मीहरुलाई जानकारी गराईएको हो। यस बारेमा थप जानकारी गराउदै बिर्तामोड-१० को वडा कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका वडा अध्यक्ष दुर्योधन गुरुङ्गले प्रष्ट पार्दै महोत्सव सफल पार्न गठित समितिहरुलाई आवश्यक निर्देशन समेत दिए। उनले भने बिर्तामोड नगरको वडा न.-१० बिबिध जातिको बसोबास रहेको वडा हो यहाँ लोपोन्मुख दराई जाति सम्मको बसोबास रहेको छ । तिनै बिबिध जनजातिहरुको भेषभूषा संस्कृति सहितको महोत्सवले बिर्तामोड-१० को पहिचान झल्काउने एतिहासिक, सांस्कृतिक महत्वका विषयलाई थप पर्बद्धन गर्नको लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सव अवधिभर रात्री कालीन समय ९ः०० बजे सम्म प्रत्येक दिन कुनै न कुनै राष्ट्रिय कलाकार हरुको साथमा महोत्सव आयोजना हुनेछ। महोत्सव सफल पार्न यस अघि नै स्थानिय सन्तोष गुरुङ्गको अध्यक्षातामा १३ सदस्यीय मूल आयोजक कमिटी स...

सोनाम ल्होछारमा खुलेर नाँचे बिर्तामोडबासी

Image
  १८ माघ,झापा बिर्तामोड-४ नमोः बौद्ध गुम्बा क्षेत्र हिजो निकै भिडभाड देखिन्थ्यो । त्यो भिड सामान्य भिड नभएर तामाङ्ग समुदायको सोनाम ल्होछार पर्वको लागि शुभकामना आदान प्रदान गर्न जम्मा भएका तामाङ्ग समुदाय र अन्यको भिड हो । गुम्बा क्षेत्रमा बजिरहेको तामाङ्ग भाषाको गीतको डिजेको धुनमा अतिथिहरु नृत्य गर्दै झुमिरहेका थिए। गुम्बाका मूख्य पूजारी रामसिंह घिसिङ्गले पूजा गरेसँगै भब्य शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन कोशी प्रदेश माननिय खानेपानी तथा जलश्रोत मन्त्रीले गरेका हुन्। कार्यक्रम नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कमिटिको आयोजनामा अध्यक्ष बिजय गोले तामाङ्गको अध्यक्षतामा भएको हो । खुशी तामाङ्गको स्वागत  सँगै झुम्यो सांस्कृतिक शुभकामनाको द्वार । साथै शिक्षक मान बहादुर तामाङ्गले हास्यब्यंग नृत्य प्रश्तुत गरेर उपस्थित सबै दर्शकलाई पेट मिचि हसाउँदै हालको देशको परिस्थितिको बारेमा सोच्न बाध्य बनाए। एउटा मन्त्रीको पछिपछि दशवटा मारवाडी ब्यापारीको गाती गुड्छ भन्ने ब्यंगात्मक ब्यंगले भरिपूर्ण गीतमा शिक्षक मानबहादुरले कमेडी नृत्य प्रश्तुत गरे। स्व श्रीमान गोध बहादुर मोक...

महोत्सव पर्बद्धन गर्न जातीय संस्थाको सहारा,मगर जातीय पदर्शन

Image
  १७ माघ,झापा बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा गत माघ आठ गते देखि संचालन भै रहेको अन्तराष्ट्रिय ब्यापार महोत्सवलाई पर्वद्धन गर्न संघले जातीय संस्थाको सहारा लिएको छ। महोत्सवलाई पर्वद्धन गर्ने उद्देश्यले बुधबार आयोजित कार्यक्रममा मगर  विद्यार्थीहरुले संस्कृतिक कार्यक्रमको आयोजना गरे। नेपाल मगर संघ बिर्तामोड नगर कमिटिको व्यवस्थापनमा नेपाल मगर विद्यार्थी संघ झापाले बिबिध सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेको हो। महोत्सव उद्घाटनको अवसरमा समेत नेपाल आदिबासी जनजाति महासंघ  बिर्तामोड नगर कमिटिको ब्यबस्थापनमा बिभिन्न जनजाति संस्थाहरुले झाँकी सहितको रयाली प्रश्तुत गरेका हुन् । मगर जातिका ् बिद्यार्थी कलाकारहरुले आफ्नो जातिय मौलिक हुर्रा,कौरा,घाटु,सोरठी लगायतका मौलिक नृत्य र गायन प्रश्तुत गरि माहौल तताए। करिब १२-१५ वटा नृत्य र केही गायनले माहौल तातेको हो। नेपाल मगर महिला संघ झापा सहसचिव नितु थापा मगरले हुर्रा गीत र सपना थापा मगरले पनि मौलिक मगर गीत पेश गरिन् । कार्यक्रममा दर्शकहरुले खुलेर मनोरन्जन प्राप्त गरे। नेपाल मगर विद्यार्थी संघ झापा अध्यक्ष मेनुका गुर्मछान...

बिर्तामोड-९ बद्रीबारीमा एक ब्याक्ति मृत फेला

Image
  १५ माघ,झापा बिर्तामोड नगरपालिका बद्रीबारी-९ मा एक व्यक्ति सोही ठाँउका अन्दाजी बर्ष बयालिसका बुधलाल महतो (कुर्मी) मृत फेला परेका छन्। आज बिहान उनको आफ्नो घर नजिकै करिब असी मिटर दूरीमा बाटोको छेउ डिलमा उनी मृत भेटिएका हुन्। स्थानिय र परिवारका सदस्यले महतोलाई बिहान सात बजे तिर देखेर प्रहरीलाई जानकारी गराएका थिए । तत्पश्चात गरामनी प्रहरी चौकीका प्रसनि चन्द्रकान्त रायको टोली आई घटनास्थललाई सुरक्षा प्रदान गरि इप्रका अनारमनीबाट आवश्यक प्रकृया पूरा गरि पोष्टमार्टमको लागि प्रादेशिक अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रसनि रायले जानकारी गराए। मदिरा सेवनको लत लागेका महतो स्थानिय छिमेकीको बिहेघरबाट गत राती घर फर्कने क्रममा लडेर बेहोस भै उठ्न नसकि रातभर त्यही रहदा चिसोको कारणले उनको हृदयघात भै मृत्य भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन्। उनको साथमा रहेको साईकल समेत घटना स्थल नजिकै रहेको हो। महतो एक श्रीमति एक छोरा र एक छोरीको साथमा सोही ठाँउका भक्ति गौतमको घर जग्गामा अधिया खेती गर्दै रहेको स्थानियले जानकारी दिए ।

तेश्रो सैनिक महोत्सव लगाउन तयारी,मूल समिति गठन

Image
११ माघ,झापा   ब्यापार,ब्यबसाय आफ्नो ठाँउको संस्कृति,परम्परा,कला,परिचय लगायतका बिभिन्न गतिबिधि पर्बद्धन गर्न मेला महोत्सवको सहारा लिने गरिन्छ। यसै उद्देश्यका साथ भूतपूर्व सैनिकह रु र उनीहरुको सन्तानहरुको बाहुल्यता रहेको बिर्तामोड-१० सैनिक बजारमा तेश्रो सैनिक महोत्सव २०८१ आयोजना गर्न तयारी शुरू भएको छ। महोत्सव स्थल प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडबाट करिब सात किलोमिटर दक्षिण भद्रपुर चन्द्रगढी जाने बाटो सैनिकमोडबाट दक्षिण जानु पर्दछ । बिर्तामोड नगरपालिकाको दश वटा वडा मध्ये अन्तिम पूर्व दक्षिणमा हल्दीबारी र पश्चिम दक्षिणमा बारहदशी र बिर्तामोड नगरकै नौ,तीन र दुईको सिमावर्ती वडा हो। बिभिन्न उद्देश्यका साथ दुई पटक सफलता पूर्वक महोत्सव आयोजना गरिसकिएको यस क्षेत्रको लागि तेश्रो सैनिक महोत्मव २०८१ आयोजना गर्न महोत्सव मूल समारोह आयोजक समिति गठन गरिएको समितिका सचिव खुवराज भट्टराईले जानकारी गराए। मूल आयोजक समिति:श्री सन्तोष गुरुङ्गको अध्यक्षतामा एक भेलाको आयोजना गरि तेश्रो सैनिक महोत्सव २०८१ भब्यताका साथ सम्पन्न गर्न  तेरह सदस्यीय मूल आयोजक समिति स...

बिराट ज्योर्तिलिङ्गको नयाँ नेतृत्व चयन,अध्यक्षमा पुनःउप्रेती

Image
 २९ पौष,झापा बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली संघ बिराटपोखर-३ को छैठौं साधारणसभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले पुनः मन प्रसाद उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। बिर्तामोड-३ स्थित विश्व हिन्दु महासंघको भवन बिराटपोखरीमा  सम्पन्न उक्त कार्यक्रममा नयाँ कार्यसमितिको उपाध्यक्षमा लीला देबी राजबंशी,सचिवमा चन्द्र प्रसाद भट्टराई,सह सचिवमा अर्जुन उप्रेती,कोषाध्यक्षमा कुशिल राजबंशी, र सदस्यहरुमा पवित्रा मर्डी,भोला माया प्रसाई,जसमती राजबंशी, कबिता कर्माकार,अर्जुन ओली र भिम राजबंशी सर्बसम्मत चयन भएकाे निर्बाचन मण्डली संयोजक कृष्णा कुमारी प्रसाईले जानकारी गराईन्। त्यसै गरि सल्लाहाकारहरुमा संघका आजीवन सदस्य परशुराम कडँरियाको संयोजकत्वमा प्रमिला प्रसाई र ललित बहादुर राजबंशी सदस्य रहने गरी तीन सदस्यीय सल्लाहाकार समिति सर्बसम्मत चयन गरिएको जानकारी गराईएको हो। नयाँ कार्यसमिति चयनको लागि स्थानिय नव दुर्गा कृतन मण्डलीका अध्यक्ष कृष्णा कुमारी प्रसाईको संयोजकत्वमा बिराट सरोबर शिव कृतन मण्डलीका अध्यक्ष पुण्य प्रसाई साथै डिल...

हारालुछ हुने पराल बिक्न छाड्यो,किसान मारमा

Image
  २२ पुष,झापा सुरेश आले"सर्जु" कुनै समयमा एक बिगाहा खेतको पराल पन्द्र,सोरह हजार रुपैयामा बिक्रि हुन्थयो । त्यो पनि पाउन मुश्किल पर्थ्यो । पहिले बैना गरियो भने मात्र पाईन्थ्यो । अझ असार श्रावण महिनामा त एक बिटा पराल एक सय रुपैया देखि डेढ सय रुपैया सम्म हालेर किन्छु भन्दा पनि पाईदैनथ्यो। अहिले एक बिगाहा खेतको पराल चार हजारमा लैजाउ भन्दा पनि लादैनन्। कसै कसैले एक ट्याक्टर पराल सात आठ सयमा  बिक्रि हुदैछ भनेर भन्छन् तर किन्ने मान्छे आएका छैनन् । पराल बिक्रि हुनै छाड्यो धेरैजनाले खेतमै आगो लगाए। बिर्तामोड-१० का लक्ष्मी पाठकले बताए। हो अहिले लक्ष्मी पाठकले भने जस्तै किसानको पराल बिक्रि हुन छाडेको छ। गाई बस्तु पाल्ने कृषकको संख्या कम हुन थालेको र गाई बस्तु पाल्नेले पनि संख्या घटाएर सिमित एक वटा गाईमात्र पाल्न थालेपछि परालको मागमा गिरावट आएको हो । यसरी पराल किन्न कोही नआएपछि किसान निराश बनेका छन्। धेरैले रॉगा गोरू पाल्न छाडे । अलिक धेरै पराल खाने भनेको राँगा,गोरू र भैसीं हो ट्याक्टरले जोताउँछन् ट्याक्टरले पराल खादैन पाठकले ठट्टा गर्दै भने । पराल थन्क्याउन गार्हो हुन्छ धे...