Posts

सरुवा भएका एसपी केसी र डिएसपी बिष्टको बिर्ताबजारमा भव्य बिदाई

Image
१६ बैशाख, झापा प्रहरी चौकी व्यवस्थापन समिति अनारमनी-३ बिर्ताबजारको आयोजनामा झापा जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसी र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी प्रकाश बिष्टलाई बिर्ताबजारमा आयोजित विशेष कार्यक्रममार्फत बिदाई गरिएको छ। सरुवाका क्रममा झापाबाट अन्यत्रै जान लागेका दुबै प्रहरी अधिकृतलाई विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा, विभिन्न संघसंस्था, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्मानसहित विदाइ गरिएको हो। कार्यक्रम प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष बिरन कुमार कोइरालाको अध्यक्षता तथा बिर्तामोड वडा नं. ३ का वडा अध्यक्ष मदन कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष एवं मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ, नेकपा बिर्तामोड नगर अध्यक्ष भोजराज सिटौला, केन्द्रिय तरुण दल सदस्य सजेश शिवाकोटी, साना शहरी खानेपानी अध्यक्ष मेघराज बाँस्तोला, नेकपा माओवादी केन्द्रका इन्चार्ज अरुण श्रेष्ठ, नगर अध्यक्ष मोहन सुब्बा, नगर सचिव जगन्नाथ भट्टराई, वडा अध्यक्ष तुलसी ढकाल, राप्रपा अध्यक्ष ...

बिर्तामोड-७ सुन्दर निचाझोडा बनको सपथ ग्रहण आज

Image
  १६ बैशाख,झापा झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भए पछि आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्बाचन गत बैशाख ४ गते सम्पन्न भएको हो। निर्बाचनमा नेकपा एमालेको प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन निर्वाचित भएको हो । एमालेका उम्मेद्वार सूर्यबहादुर भट्टराईलाई २३१ मतको फराकिलो अन्तरले पराजित गरी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार कृष्णप्रसाद लिम्बू निर्वाचित भएका हुन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले मात्र २५३ मत पाए । यो जितसंगै अघिल्लो निर्वाचनमा एमाले उम्मेदवारबाट भोगेको पराजयको लिम्बूले बदला लिएका छन् । त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा ४५६, सचिव इन्दिरा अधिकारी बाँसकोटा ४३२ , सहसचिव जीवन कार्की ४१० र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले ४३५ मत ल्याई विजय हासिल गरेका हुन् । त्यस्तै महिला सदस्यमा शान्ता उप्रेती ४१९ , मन्जु कट्टेल उप्रेती ४२०, जनजातितर्फ बुद्धराज लिम्बू ४२६, दलि...

उज्यालो अभियान अन्तर्गत बिराटपोखरीमा सडक बत्ति जडान

Image
1 १३ बैशाख,झापा "उज्यालो बिराटपोखरी" अभियान अन्तर्गत बिर्तामोड–३ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल बिराटपोखरीमा सडक बत्ति साथै पार्किङ्ग क्षेत्रमा बत्ति जडान कार्य सम्पन्न भएको छ। यसअघि नै पोखरीको भित्री भाग र त्यहाँ अवस्थित शिवालय मन्दिर क्षेत्रमा रात्रीकालीन उज्यालो सुनिश्चित गर्न बत्ति जडान गरिएको हो। शनिबार पोखरीको पूर्वपट्टि पर्ने सडक खण्डमा र उत्तर गेटतर्फ पर्ने पार्किङ्ग क्षेत्रमा समेत गरि जम्मा नौवटा नयाँ सडक बत्ति र पार्किङ्ग क्षेत्रमा बत्ति जडान गरिएको छ। रातको समयमा पूर्वतर्फबाट आवतजावत गर्ने यात्रुहरूले अन्धकारका कारण समस्यामा पर्ने गरेको गुनासोलाई मध्यनजर गर्दै सो समस्या समाधानका लागि उक्त बत्तिहरु जडान गरिएको बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिले जानकारी दिएको छ। समितिका सचिव जगनाथ भट्टराईका अनुसार करिब ५० हजार रुपैयाँ लागतमा तार र बत्तिको खर्च साथै मासिक बिल भुक्तानी आफ्नै मिटरबाट ब्यहोर्ने गरी उत्तरपट्टिको अंधुवा खोलाको पुलदेखि पोखरीको तल्लो भागसम्म र पार्किङ्ग क्षेत्रमा सो बत्ति जडान गरिएको बताए। उनका अनुसार केही समयअघि परीक्षणका लागि केही बत्ति...

शिक्षक आन्दोलनले बिर्तामोड-१० का ८ सय विद्यार्थीको पढाई ठप्प

Image
  १२ बैशाख,झापा बिर्तामोड–१० का चारवटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब आठ सय विद्यार्थीको शैक्षिक गतिविधि शिक्षक आन्दोलनका कारण ठप्प बनेको छ। विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणदेखि पठन पाठनसम्मका नियमित कार्य प्रभावित भएका छन्। शैक्षिक क्यालेन्डरअनुसार विद्यालयहरू बैशाख ४ गतेदेखि सञ्चालन हुने तयारीमा रहेपनि आन्दोलनले तालिका धकेलिएको हो। महेन्द्रज्योति मावि, सैनिक बजारमा अध्ययनरत ३३६ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ। विद्यालयका शिक्षकहरू बिरेन्द्र रिजाल, पदम भट्टराई, महेश्वर कार्की, सरस्वती दाहाल र पुष्कर घिमिरे आन्दोलनमा सहभागी हुन काठमाण्डौं गएका शिक्षक पुष्कर घिमिरेले जानकारी दिए। बिराट आधारभूत विद्यालयमा २२५ विद्यार्थी छन् भने आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरिएको विद्यालयका शिक्षक रङ्गलाल न्यौपानेले जानकारी दिए। सो विद्यालयबाट शिक्षक बाबुराम थापा आन्दोलनको क्रममा काठमाण्डौंमा छन्। चमरधाप सामुदायिक विद्यालयमा अध्ययनरत ६३ विद्यार्थी पनि शिक्षण अवरोधमा परेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमान ध्वज लोक्तामका अनुसार विद्यालय खोल्ने तयारी भए पनि शिक...

शिक्षक आन्दोलन:बिर्तामोड-१० का ८ सय विद्यार्थीको पढाई ठप्प

Image
  १२ बैशाख,झापा बिर्तामोड–१० का चारवटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब आठ सय विद्यार्थीको शैक्षिक गतिविधि शिक्षक आन्दोलनका कारण ठप्प बनेको छ। विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणदेखि पठन पाठनसम्मका नियमित कार्य प्रभावित भएका छन्। शैक्षिक क्यालेन्डरअनुसार विद्यालयहरू बैशाख ४ गतेदेखि सञ्चालन हुने तयारीमा रहेपनि आन्दोलनले तालिका धकेलिएको हो। महेन्द्रज्योति मावि, सैनिक बजारमा अध्ययनरत ३३६ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ। विद्यालयका शिक्षकहरू बिरेन्द्र रिजाल, पदम भट्टराई, महेश्वर कार्की, सरस्वती दाहाल र पुष्कर घिमिरे आन्दोलनमा सहभागी हुन काठमाण्डौं गएका शिक्षक पुष्कर घिमिरेले जानकारी दिए। बिराट आधारभूत विद्यालयमा २२५ विद्यार्थी छन् भने आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरिएको विद्यालयका शिक्षक रङ्गलाल न्यौपानेले जानकारी दिए। सो विद्यालयबाट शिक्षक बाबुराम थापा आन्दोलनको क्रममा काठमाण्डौंमा छन्। चमरधाप सामुदायिक विद्यालयमा अध्ययनरत ६३ विद्यार्थी पनि शिक्षण अवरोधमा परेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमान ध्वज लोक्तामका अनुसार विद्यालय खोल्ने तयारी भए पनि शिक...

के तपाई स्क्रिन एडिक्सनको शिकार त हुदै हुनुहुन्न ?

Image
  १० बैशाख,झापा "स्क्रिन एडिक्सन" भन्नाले कम्प्युटर, मोबाइल,ट्याब्लेट वा टिभी जस्ता स्क्रिनमा अत्यधिक समय बिताउने बानीलाई जनाउँछ । जुन आदत हानिकारक हुन सक्छ। स्क्रिन एडिक्सनका लक्षणहरू क. स्क्रिन नपाउँदा बेचैनी हुनु ख. लामो समयसम्म मोबाइल/कम्प्युटरमा लिप्त हुनु ग. दैनिक काम,पढाई वा निन्द्रामा असर पर्नु घ. सामाजिक सम्बन्धमा दूरी बढ्नु ङ.  स्क्रिन प्रयोग नगर्दा उदासी वा झन्झट महसुस हुनु असरहरू क. मानसिक स्वास्थ्यमा असर (जस्तै: डिप्रेसन, चिन्ता) ख. शारीरिक समस्या (जस्तै: आँखाको दुखाइ, निद्राको समस्या, टाउको दुखाइ) ग. पढाई वा काममा ध्यान केन्द्रित गर्न कठिन ङ. सामाजिक अलगाव समाधानका उपायहरू: क. निश्चित समय तालिका बनाउने (स्क्रिन समय सीमित गर्ने) ख. स्क्रिन फ्री' समय/क्षेत्र तय गर्ने (जस्तै: सुत्ने कोठा वा खाना खाने बेला) ग. डिजिटल वेलनेस एपहरू प्रयोग गर्ने घ. स्क्रिनको सट्टा अन्य गतिविधिमा ध्यान दिने (पढ्ने, खेल्ने, घुम्न जाने) ङ. बच्चाहरूको हकमा: अभिभावकले उदाहरणीय व्यवहार देखाउने र निगरानी गर्ने

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

Image
  ९ बैशाख,बिर्तामोड बिर्तामोड-१० तेलगानी टोलमा गए राती खुकुरी प्रहारद्वारा दुईजना घाईते भएका छन्। घाईते हुनेहरुमा पत्थरभिट्टा टोल निबासी रोशन सुबेदी र अनबेश पौडेल रहेका छन्। उनीहरुलाई तेलगानी टोलका बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो। गएराती करिब साँझ नौ बजे तिर उनीहरु बिच सामान्य बिबाद भएको र सोही बिबादको क्रममा न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो। खुकुरी प्रहार गर्ने न्यौपाने तत्पश्चात इलाका प्रहरी चौकी अनारमनी माआफै उपस्थित भएर आत्मा समर्पण गरेको सैनिक बजार प्रहरीचौकीका इन्चार्ज प्रसनि नरोत्तम थापाले जानकारी गराए। घाईते मध्ये दुबैजनाको हातमा चोट लागेको र रोशन सुबेदीको भने बढीनै चोट लागेकोले बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार हुन नसकी घोपा धरान रिफर गरिएको छिमेकी सन्तोष बेघाले बताए । अर्का घाईतेको अवस्था भने सामान्य रहेको जनाईएको छ भने हाल खुकुरी प्रहार गर्ने न्यौपानेलाई इप्रका अनारमनीले अनुसन्धन गरिरहेको हो।