बिराट ज्योतिर लिङगले आगामी बर्ष रुपिया साठी हजार पाँच सय लाभ लिने ।

१०,मंसिर झापा सुरेश आले"सर्जु" बिर्तामोड,आउने बर्ष रू.साठी हजार पाँच सय रुपैयाको लाभ हासिल गर्ने गरि बिराट ज्योतिर लिङग समाबेशी कृतन मण्डली संघ बिर्तामोड-३ बिराटपोखरीको पाँचौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संघको कार्यलय रहेको बिर्तामोड-३ बिराटपोखरीमा आज भएको हो। संघका अध्यक्ष मन प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा न.३ वडा अध्यक्ष मदन बुढाथोकी रहेका थिए भने बिशिष्ट अतिथिहरुमा समाजसेवी तथा धार्मिक ब्याक्तित्व धुर्ब प्रसाद शिवाकोटी,मनकामना कृतन मण्डली बिर्तामोड ९-१० अध्यक्ष नैनकला थापा,नवदुर्गा कृतन मण्डली बिर्तामोड १० उपाध्यक्ष कबिता गौतम,लक्ष्मी नारायण कृतन मण्डली बिर्तामोड-१०अध्यक्ष मोहन चुडाल,बिराट सरोबर कृतन मण्डली बिर्तामोड-३ उपाध्यक्ष युवराज न्यौपाने लगायत रहेका थिए। प्रमुख अतिथि बुढाथोकीले दिप प्रज्वलन गरि शुरु गरिएको कार्यक्रममा राष्ट्रिय गान बजाईएको र उॅ कार बाचन गरिएको हो। साथै स्वागत मन्तब्य संघका सचिव गणेश प्रसाईले गरेका थिए। बक्ताहरु प्रमुख अतिथि बुढाथोकीले बिर्तामोड-३ मा रहेको एतिहासिक तथा धार्...