Posts

बिराट ज्योतिर लिङगले आगामी बर्ष रुपिया साठी हजार पाँच सय लाभ लिने ।

Image
  १०,मंसिर झापा सुरेश आले"सर्जु" बिर्तामोड,आउने बर्ष रू.साठी हजार पाँच सय रुपैयाको लाभ हासिल गर्ने गरि बिराट ज्योतिर लिङग समाबेशी कृतन मण्डली संघ बिर्तामोड-३ बिराटपोखरीको पाँचौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संघको कार्यलय रहेको बिर्तामोड-३ बिराटपोखरीमा आज भएको हो। संघका अध्यक्ष मन प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा न.३ वडा अध्यक्ष मदन बुढाथोकी रहेका थिए भने बिशिष्ट अतिथिहरुमा समाजसेवी तथा धार्मिक ब्याक्तित्व धुर्ब प्रसाद शिवाकोटी,मनकामना कृतन मण्डली बिर्तामोड ९-१० अध्यक्ष नैनकला थापा,नवदुर्गा कृतन मण्डली बिर्तामोड १० उपाध्यक्ष कबिता गौतम,लक्ष्मी नारायण कृतन मण्डली बिर्तामोड-१०अध्यक्ष मोहन चुडाल,बिराट सरोबर कृतन मण्डली बिर्तामोड-३ उपाध्यक्ष युवराज न्यौपाने लगायत रहेका थिए। प्रमुख अतिथि बुढाथोकीले दिप प्रज्वलन गरि शुरु गरिएको कार्यक्रममा राष्ट्रिय गान बजाईएको र उॅ कार बाचन गरिएको हो। साथै  स्वागत मन्तब्य संघका सचिव गणेश प्रसाईले गरेका थिए।   बक्ताहरु प्रमुख अतिथि बुढाथोकीले बिर्तामोड-३ मा रहेको एतिहासिक तथा धार्...

सतानु सिंह प्रतिष्ठानको सैनिकमोडमा चोरी

Image
    ९,मंसिर झापा सुरेश आले "सर्जु" बिर्तामोड,बिर्तामोड-३ सैनिक मोड स्थित गौरवती सतानु सिंह राजबंशी स्मृति प्रतिष्ठानमा चोरी भएको छ । हिजो बिहिबार दिउसो सो प्रतिष्ठान भित्रको मन्दिरमा चोरी भएको हो । चोरले त्यहाँ स्थित शिव मन्दिरको तीन वटा घण्टी र जल्लारी लगेको बताईएको छ । दिउसो २ बजे सम्म त्यस प्रतिष्ठान हाता भित्र रहेको पोखरीमा माछा मार्ने जालहारीहरु रहेका थिए । त्यति बेला सम्म सबै सामाग्री सुरक्षित रहेको देखिएको थियो । बेलुका पूजा गर्ने समयया  हेर्दा मन्दिर भित्र रहेको दुईवटा हाते घण्टी, एउटा तामाको जल्लारी र मन्दिर बाहिर झुण्ड्याईएको एउटा घण्टी नभएको पतिष्ठान क्षेत्रमै बसोबास गर्ने पतिष्ठानकै एम्बुलेन्स चालक बिजय कुमार शाहले बताएका छन्। रात्री कालिन समयमा प्रतिष्ठानको बाहिरी गेटको ताला लगाईने गरिएको हो । दिउसो गेटको ढोका र मन्दिरको ढोका भने पूजा आजाको लागि खुला राखिने गरेको उनले भने। यो प्रतिष्ठान भित्र चोरी भएको पहिलो घटना भएको उनले बताए । सोही प्रतिष्ठान क्षेत्रकै सभा हलमा रङ्ग रोगनको काम गर्दै रहेका सुनिल पासवानले सैनिकमोड क्षेत्रमा चोरीका घटना बढ्दै गएकोमा चिन्...

झापा बाट १ जना मात्र महिला बिजयी

Image
  सबिना बजगाँई ९,मंसिर झापा सुरेश आले "सर्जु" बिर्तामोड,महिलाहरुको राष्ट्रिय राजनितीमा संख्या अपुग भैरहेको आकलनको समयमा झापाबाट प्रतिनिधि सभामा प्रतिनिधि गर्ने महिलाहरुको संख्या शुन्य रहेपनि प्रदेश सभामा एक जना महिला प्रतिनिधि निर्बाचित भएकी छिन् । झापाबाट प्रतिनिधि सभामा ५ जना पुरुष नेताहरुनै बिजयी बने । उनीहरू केपी शर्मा  ओली,एलपी साँवा,राजेन्द्र प्रसाद लिङ्गदेन,देवराज घिमिरे र बिश्व प्रकाश शर्मा रहेका हुन्। त्यस्तै प्रदेश सभा तर्फ पनि दश सिटमा ९ सिटमा पुरुष नेता हरुकै हाबी रह्यो तथापि एक सिटमा भने महिला उम्मेद्वार निर्बाचित भएकी हुन् । उनी  राप्रपाकी सबिना बजगाँई हुन्। उनले झापा क्षेत्र न.एक ख बाट प्रदेश सभा सदस्यमा बिजय हासिल गरेकी हुन्। उनले गठबन्धन तर्फका श्याम राईलाई पराजित गरेकी थिइन् भने बजगाईंले १३ हजार ६१२ मत ल्याउदा राईले १२ हजार २२४ मत प्राप्त गरेका थिए।

केपी शर्मा ओली दोब्बर मतबाट बिजयी

Image
  ७,मंसिर झापा सुरेश आले "सर्जु" बिर्तामोड,झापा क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली  दोब्बर मतले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्य तर्फ झापा ५ मा जम्मा उम्मेद्वार २५ जना रहेका थिए। ओलीले ०६४ निर्बाचन बाहेक ०७४ सम्म कुनै पनि निर्बाचनमा पराजय व्योहेरेका छैनन् । उनको यो सातौ पटकको निर्बाचन हो। ०७४ को मत परिणाम केपी शर्मा ओली ५७,१३९ नेपाली कांग्रेस खगेन्द्र अधिकारी २८,२९७ रहेको थियो। यस पटक ओलीले ५२,३१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी खगेन्द्र अधिकारीले २३,७४३ मत प्राप्त गरे यो मतअन्तर २५,५७६ फरक देखिन्छ ।  झापा-५ मा कूल मतदाता संख्या १५४,२८९ रहेका छन्। जस मध्ये  खसेको मत परिणाम प्रतिशतमा ६६.२० रहेको आयोगले जनाएको हो । उता प्रदेश सभा निर्बाचन तर्फ सोही क्षेत्र ख मा नेकपा एमालेका होम थापा १९,१०६ मत प्राप्त गरी बिजयी भएको जनाईएको छ भने क मा नेकपा एमालेकै हिक्मत कार्की बिजयी बनेका छन् ।

एल पी साँवा दोश्रो पटक,झापा-४ मा बिजयी

Image
८, मंसिर झापा सुरेश आले "सर्जु" बिर्तामोड,झापा क्षेत्र न ४ प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालेका लाल प्रसाद साँवा (एलपी सॉवा) बिजयी बनेका छन्। नेपाली कांग्रेसका देउ कुमार थेबे लाई हराउदै उनी यस पटक पनि बिजयी भएका हुन्।  झापा  क्षेत्र न ४ प्रतिनिधि सभा सदस्य तर्फ जम्मा १८ जना उम्मेद्वारहरुले प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वार मनोनयन दर्ता गराएको आयोगले जानकारी गराएको छ । ०७४ प्रतिनिधि सभा सदस्य निर्बाचनमा नेकपा एमालेका लाल प्रसाद साँवाले ४३,५१५ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका देउ कुमार थेवेले १६,५८७ मत प्राप्त गरेका हुन् । ०७४ मा निर्बाचनमा समेत साँवा बिजयी भएका थिए भने  यस पटक सावाँ र थेबेको यो दोश्रो भेट हो। थेबे नेपाली कांग्रेस झापा जिल्ला सभापति समेत हुन् । सावाँले यो निर्बाचनमा २९,३१५ मत प्राप्त गरि बिजयी भए भने उनका निकटतम प्रतिद्धन्दी थेवेले २२,४४८ मत प्राप्त गरेका छन् । झापा क्षेत्र न. ४ मा जम्मा मतदाता संख्या १२३,१२४ रहेको र  ६४.४४ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको हो। प्रदेश सभा तर्फ ४ मा ख बाट राप्रपाका केन्द्रिय प्रबक्ता भक्ति प्रसाद ...

राजेन्द्र लिङ्गदेन दोश्रो कार्यकाल दोहोरयाउदै

Image
८,मंंसिर झापा सुरेश आले "सर्जु" बिर्तामोड,झापा क्षेत्र न.३ को प्रतिनिधि सभा सदस्य तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष तथा राप्रपाका उम्मेद्वार राजेन्द्र प्रसाद लिङ्गदेेेन बिजयी भएका  छन् । उनका निकटतम  प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई हराउदै उनी बिजयी भएका हुन्। त्यस्तै २०७० को निर्बाचनमा नेपाली काग्रेसका कृष्ण प्रसाद सिटौला प्रतिनिधि सभा सदस्यमा बिजयी भएका थिए भने २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द प्रसाद लिङ्गदेन बिजयी भएका हुन् । ०७४ को मत परिणाम हेर्दा ३१,१७५ मत कृष्ण प्रसाद सिटौलाले प्राप्त गरेका थिए भने राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ४४,६१४ मत प्राप्त गरेका हुन्। झापा क्षेत्र न. ३ प्रतिनिघि सभा सदस्य तर्फ १८ जना उम्मेदवारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराएको आयोगले जनाएको हो। यसपटक राप्रपाका राजेन्द्र प्रसाद लिङ्गदेन ४०,६४८ मत प्राप्त गरि बिजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ३७,३७२ मत प्राप्त गरेका छन्। झापा क्षेत्र न.३ मा जम्मा १३१,४३२ मतदाता स...

देवराज घिमिरे पहिलो पटक प्रतिनिधि सभा सदस्य

Image
७,मंं सिर झापा सुरेश आले "सर्जु" बिर्तामोड, झापा क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे बिजयी भएका छन् । घिमिरे नेकपा एमाले स्थाई कमिटि सदस्य तथा १ न. प्रदेश इन्चार्ज समेत हुन् । घिमिरेको यो प्रतिनिधि सभा सदस्यमा पहिलो उम्मेद्वारी हो । उनी सुखानी शहिद स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहेका छन् । झापा क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्य तर्फ जम्मा १२ जना उम्मेद्वारहरुले उम्मेद्वरी मनोनयन दर्ता गराएको आयोगले जनाएको हो। झापा क्षेत्र न.२ मा २०७४ को निर्बाचनमा नेपाली कांग्रेसका उद्धव थापाले ३०,०५० मत प्राप्त गरेका थिए भने नेकपा एमालेका पबित्रा निरौला खरेलले ४५,८१७ मत प्राप्त गरि बिजयी बनेकी थिइन् । यसपटक नेकपा एमालेका देवराज घिमिरे २७ हजार ७७० मत प्राप्त गरि बिजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्रका उम्मेद्वार स्वागत नेपालले २५ हजार ४८३ मत प्राप्त गरेका छन्। यो मतअन्तर २२९७ रहेको हो । सत्ता गठबन्धनका हरि रानाले भने १३ हजार ७१९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश सभा तर्फ एमालेकै एकराज कार्की र चिन्तन पाठक बिजयी भएका छन् । कार...