Posts

सैनिक फुटबल: दोश्रो खेलमा नमूमा टोल बिजयी

Image
१४ फागुन झापा,बिर्तामोड सैनिक बजार महेन्द्र ज्योति मा.वि बिर्तामोड-१० को खेल मैदानमा संचालन भइरहेको आज दोश्रो दिनको वार्ड अध्यक्ष टोल स्तरिय बिर्तामोड-१० फूटबल  सप्पन्न भएको छ।आजको खेल प्रतियोगितामा नमूना टोल र मधु-पोखरी+कुवापानी +लक्ष्मी नारायण +पत्थरभिट्टा टोल बिच खेल सम्पन्न भएको हो । श्री मिलन गुरुङको सभापतित्वमा  संचालन भइरहेको प्रतियोगितामा प्रमुख अतिथि बिर्तामोड-३ का वडा-अध्यक्ष श्री मदन कुमार बुढाथोकी बिशिस्ट अतिथिहरु बिर्तामोड -१० का वडा अध्यक्ष दुर्योधन गुरुङ,वडा जनप्रतिनिधि श्री पन्चधन राई र अस्थाई प्रहरी बिट प्रमुख राजेश खड्का तथा अतिथिहरुमा भूतपूर्व खेलाडी तथा  महेन्द्र ज्योति मा.वि का बि. ब्या. अध्यक्ष तथा राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी राम दर्शन गुरुङ्ग,सैनिक सेवा समाजका  अध्यक्ष कर्ण बहादुर गुरुङ्ग,समाजसेवी व्यक्तित्व श्री डम्बरबहादुर तुम्रोक लगायतको उपस्थिति रहेकोे थियो । खेलको पहिलो चरणमा नमुना टोलका क्याप्टेन सन्तोष तुम्रोकले १ गोल गरेका थिए भने प्रतिद्वन्दी टिमका  बिशाल केरुङ्गले पनि १ गोल फर्काए। दोस्रो हाफ पछाडि कडा प्रतिस्पर्धा हुँदै न...

सैनिक बजारमा वार्डअध्यक्ष टोलस्तरिय फुटबल शुरु

Image
चन्द्र राई १४ फागुन झापा बिर्तामोड  सैनिक बजार महेन्द्र ज्योति मा.बि. बिर्तामोड-१० को खेल मैदानमा १३ फागुन शनिबार देखि बिर्तामोड-१० वार्ड अध्यक्ष टोल स्तरिय फुटबल प्रतियोगिता संचालन भएको छ। प्रतियोगिताको उद्घघाटन खेल समेत सोही दिन सम्पन्न गरिएको हो। उद्घघाटन खेल चमरघाप+दक्षिण चमर धाप+ इलामेली टोल र जर्मन डाँडा+ सापडिग्री टोल बिच सम्पन्न भएको हो। आयोजकको तर्फ बाट मिलन गुरुङ्गको सभापतित्वमा भएको उद्धघाटन सत्रमा प्रमुख अतिथि बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,बिर्तामोड वडा न.६ वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवा,बिर्तामोड-१० वडा सदस्य पंचधन राई,१० न. नमूना टोल अध्यक्ष अमर कन्दङ्गवा,मधुपोखरी टोल अध्यक्ष तुलसी प्रसाद सुबेदी,द. चमरधाप टोल अध्यक्ष बिनोद कुमार भट्टराई,सैनिक बजार टोल अध्यक्ष अनुत सुब्बा,सापडिग्री टोल अध्यक्ष मोहन कुमार उप्रेती,सैनिक बजार अस्थाई प्रहरी चौकी इन्चार्ज प्रसनि राजेश खड्का लगायतको उपस्थिति रहेको थियो। स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथ आयोजना गरिएको प्रतियोगिताको उद्घघाटन बिर्तामोड-१० वार्ड अध्यक्ष गुरुङ्ग र वार्ड न.६ वार्ड अध्यक्ष कन्दङ्गवाद्व...

बिष्णु भगवतीले मनायो बिबिध कार्यक्रम सहित छैठौं बार्षिक उत्सव

Image
  सुरेश आले "सर्जु" १४ फागुन झापा,बिर्तामोड बिष्णु भगवती अंग्रेजी बिद्यालयको ६ बर्षको प्रगति बिवरण सन्तोषजनक छ । प्रबिधि मैत्री समय सुहाउँदो शैक्षिक प्रगतिको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिका तयार छ। अतिरिक्त कृयाकलाप,खेलकुद,यातायात,भौतिक संरचना समय सुहाउदो र प्रगति उन्मुख रहेको बिर्तामोड नगरपालिका नगर शिक्षा शाखा अधिकृत केशर खवासले धारणा राख्नु भयो।  अंग्रेजी बिद्यालय बिष्णु भगवती बिर्तामोड-१० बिराटपोखरको छैठौं बार्षिक उत्सवको अवसरमा उहाँले सो धारणा राख्नु भएको हो। बिद्यालयका संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेतीको सभापतित्वमा फागुन १३ गते शनिबार सम्पन्न छैठौं बार्षिक उत्सवका प्रमुख अतिथि खवासले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरु माझ भएको भित्र बाहिर,चकलेट रेस,१०० मी.दौड,२०० मी.दौड बेलुन ब्लाष्ट,स्पन मार्वल रेस, म्यूजिकल चेयर,हट पटेटो खेलका बिजयी तीन-तीन जना बिद्यार्थी लगायत साथै कक्षागत रुपमा प्रथम,दितिय र तृत्तिय हुने नर्सरी देखि कक्षा आठ सम्मका बिद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे शिक्षक अमि...

भद्रपुर झापा गोल्ड कप आयोजक बिजयी

Image
  झापा,फागुन ७ झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि शुरु भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी शुरुवात गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सले भारत जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गरेको हो । आयोजकका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै ८० औं मिनेटमा अर्का विदेशी खेलाडी मेसु केले अर्को गोल गरी जित सुनिश्चित गरे । मेसु के खेलको म्यान अफ द म्याच भए । उनलाई २० हजार नगद प्रदान गरियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी रहेका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले प्रतियोगिताको उद्घाटन गरेका थिए । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ। गोल्डकपको विजेताले १३ लाख नगद पुरस्कार पाउने छ। यस्तै उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ।

बिर्तामोडमा अन्तर्राष्ट्रिय ब्यापार महोत्वको रौनक- फोटो फिचर

Image
फागुन ५ गते प्रमूख अतिथि सम्माननिय सभामुख देबराज घिमिरेबाट बिर्तामोड अन्तराष्ट्रिय ब्यापार महोत्सवको उदघाटन । उप सभामुख इन्दिरा राना मगर, प्रदेश १  मन्त्री भक्ति सिटौला,संबिधान सभा सदस्य मन कुमार गौतम,नेपाल उद्योग बाणिज्य संघ निर्बतमान अध्यक्ष चण्डी राज ढकाल,संसद अमृत लाल राजबंशी,माननिय कमला थापा मगर,प्रमुख जिल्ला अधिकारी झापा,सुरक्षा निकाय प्रमुख झापा,बिर्तामोड नगरपालिका प्रमूख पबित्रा महतरा प्रसाई, नेकपा एमालेका  लाल बिश्वकर्मा, एनसेल प्रतिनिघि प्रज्वल अधिकारी,पूर्व संसद सुधिर कुमार शिवाकोटी,नेका झापा सभापति देउमान थेबे लगायतको उदघाटनमा उपस्थिति रहेको । बिर्तामोड बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी बाट नेपाल भारत,बंगलादेश,पाकिस्तान लगायतको ब्यापारिक स्टल रहने,प्रत्येक साँझ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रश्तुती रहने,४५ करोड सम्मको ब्यापार हुन सक्ने,बिक्रि,खाजा,कृषि,मनोरञ्जन ४ क्षेत्रमा महोत्सव क्षेत्र निर्धारण गरिएको,कूल २३० वटा ब्यापारिक स्टल रहने,२०० जना स्वयं सेवक,४० आन्तरिक सुरक्षाकर्मी,जर्मन प्रबिधिको सजावट,बिभिन्न गिफ्ट ह्याम्पर दैनिक र महोत्सव ११ दिन स...

हल्दीबारीमा वार्ड स्तरिय अन्तर बिद्यालय हाजिरीजवाफ

Image
बुद्धि नेपाल ६ फागुन,झापा  हल्दीबारी गाउँपालिका वार्ड नं २ को आय‍ोजना र बालसंजाल क्लब वार्ड नं .२ को प्रायोजनमा फागुन  ५ गते वाडस्तरिय अन्तर विद्यालय प्राथमिक तह हाजिरी जवाफ प्रतियोगिता संचालन भएको छ।सामुदायिक र संस्थागत गरि जम्मा ८वटा बिद्यालय रहेको वार्ड नं २ मा ७ वटा बिद्यालय प्रतियोगितामा समावेश भएका थिए।  प्रतिय‍ोगितामा नव सृजना प्रा.वि. प्रथम,हल्दीबारी मा.वि.द्विितिय र सिग्मा अंग्रेजी स्कुलले तृतिय स्थान हासिल गरेका थिए। बिद्यालयमा स्र‍‍ोत साधन र शिक्षकहरुको अभाव रहेता पनि प्रथिस्पर्धामा सानो सामुदायिक प्रा.वि.ले श्रेषठता हासिल गरेको छ।यसले लाखौ खर्च गरेर नीजि स्कुलमा नानीहरु पढाउनु भन्दा नि:शुल्क सामुदायिक बिद्यालयमा नानीहरु पठाई अभिभावकहरु जागरुप भएर बिद्यालयसित समन्वय गर्दा सामुदायीक बिद्यालयनै अब्बल हुनेछन् भन्ने सन्देश गएको छ।  (नेपाल स्थानिय शिक्षक हुन् खबरलाई सम्पादन गरिएको छैन-सम्पादक)

सैनिकबजारमा ६६५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण,२ वटा नयाँ केश फेला

Image
२८ माघ झापा सुरेश आले"सर्जु" दुई जना शंकाश्पद संभाबित क्यान्सर हुन सक्ने पुष्टि हुन नसकेको रोगी फेला परेको छ । जम्मा ६६५ जनाको स्वास्थ्य परिक्षण गर्दा महिला ३६४ जना र पूरुष संख्या ३०१ रहेको थियो । त्यस मध्ये २ वटा नयाँ  केश फेला परेको हो। नाक,कान,घाटी तर्फ परिक्षण ३७० जनाको रहेको थियो भने २९५ जनाको पाठेघर र स्तन सम्बन्धि रोगको परिक्षण गरिएको हो । माघ २८ गते शनिबार झापा बिर्तामोड-१० महेन्द्र ज्योति मा.बि. सैनिक बजारमा बिर्तामोड नगरपालिका,बिशाल कृषि सहकारी बि.न.पा.-१० सैनिक बजार र बिराटपोखर महिला समूह बिर्तामोड-१० बिराटपोखरको आयोजनामा बि.पि.कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर चितवनका बिशेषज्ञ चिकित्सकहरुको सहयोगमा नि:शुल्क एक दिवशीय स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियाे। शिबिरमा भरतपूर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतम,आखाँ बिशेषज्ञ डा. मारिया गौतम,चिकित्सक एनेसथेसिया डा.संजय पौडेल, गाईनो बिशेषज्ञ डा.मञ्जु पाण्डे,क्यान्सर प्रिजेन्सर डा. अस्मिता राणा,थोरासिस सर्जरी डा.शसांक श्रेष्ठ ,नाक कान घाटी बिशेषज्ञ डा.बिजय न्यौपाने,डा.संयम पराजुली, डा.अस्मित...