Posts

ईलाम क्षेत्र न.-२ उप निर्बाचनमा नेकपा एमालेका सुहाङ्गको जीत

Image
१८ बैशाख,झापा ईलाम क्षेत्र न-२ उपनिर्बाचनमा निर्बाचन आयोगबाट जारी अन्तिम मत परिणाम । सो निर्बाचनमा प्रतिनिधि सभा सदस्यमा निम्न बिवरणको मत प्राप्त भएको जनाईएको हो  भने जस अन्तर्गत नेकपा एमालेका सुहाङ्ग नेम्बाङ्ग बिजयी बनेका हुन्। मत परिणाम सुहाङ्ग नेम्बाङ्ग (नेकपा एमाले)-२७,७७२ डम्बर खड्का(नेपाली कांग्रेस)-२१,९४२ डेकेन्द्र थेगिम (स्वतन्त्र)-११,४५७ मिलन लिम्बु (रास्वपा)-५,०५० मनि बहादुर लिम्बु (मंगोल नेशनल अर्गनाईजेश न)-८१६

हस्त बहादुर तामाङ्ग पून: नमो बौद्ध गुम्बा बिर्तामोडको अध्यक्ष

Image
  १५ बैशाख,बिर्तामोड नमो बुद्ध गुम्बा बिर्तामोड-४ शिव टोलको अध्यक्षमा पुनः हस्त बहादुर तामाङ्ग सर्बसम्मत चयन भएका छन्। गुम्बाको आज सम्पन्न तेरहौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट तामाङ्ग अध्यक्षमा पून:सर्बसम्मत चयन भएका हुन्। यस भन्दा अधिको कार्यकाल समेत उनकै अध्यक्षतामा रहेको हो। आगामी पाँच बर्षको लागि तामाङ्गको अध्यक्षतामा पुनः एघार सदस्यीय गुम्बाको नव कार्य समिति चयन भएको गुम्बाको चौथो अधिबेशनको निर्बाचन समिति संयोजक शुक्र बहादुर तामाङ्गले जानकारी गराए। निर्बाचनको लागि शुक्र बहादुर तामाङ्ग संयोजक रहने गरि सदस्यहरु प्रेम राज घिसिङ्ग, गोबिन्द गोङ्गवा र पदम बहादुर तामाङ्गको निर्बाचन समिति बनेको हो। कार्यक्रममा नव गठित कार्य समितिको अन्य प्रथम उपाध्यक्षमा हेमकला भण्डारी तामाङ्ग, दित्तिय उपाध्यक्षमा राम बहादुर योञ्जन, महासचिवमा गणेश तामाङ्ग,सचिवमा टिका राज घिसिङ्ग,कोषाध्यक्षमा बिनिता तामाङ्ग योञ्जन र सदस्यहरुमा धन बहादुर वाईबा, समिक्षा तामाङ्ग,सुनिता तामाङ्ग,स्वेता तामाङ्ग र गजमान तामाङ्ग सर्बसम्मत चयन भएको समेत जनाईएको हो। उद्घाटन सत्र गुम्बाका रुध्यक्ष हस्त बहादुर त...

बिर्तामोड-९ मा पुग्यो खाने पानीको धारा

Image
  ९ बैशाख,बिर्तामोड बिर्तामोड-९ मा पहिलो पल्ट खानेपानीको धारा स्थानियको घरमा पुगेको छ। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्थानको धाराको पानी स्थानिय वडा बासीको घरमा पुगेको हो। बिर्तामोड-९ अन्तर्गत नारायण कृष्ण टोल,सतालसिंहबारी टोल र खामतेलबारी टोलका दुर्गा ढकाल,श्री प्रसाद पाठक,लय प्रसाद रिजाल,अनिरुद्र रिजाल, दुर्गा देबी चिमरिया,सालुक सिंह राजबंशी,चेत कुमार शिवाकोटी,दुर्गा आर्चाय,यामनाथ रिजाल लगायत स्थानिय नौ परिवारजनको घरमा आज नयाँ धारा जडान गर्ने गरि बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्थानका प्रमुख अतिथि अध्यक्ष मेघराज बास्तोलाले दुर्गा ढकालको घरमा जडान गरिएको धाराको पानी संचालन गरि उद्घाटन गरे। स्थानिय बासुदेब अधिकारी,श्री प्रसाद पाठक लगायतले अर्सानिकयुक्त पानी पिउन बाध्य बिर्तामोड-९ का  वडा बासीले अब आर्सेनिकबाट मूक्त शुद्ध पानी पिउन पाउने बताए। पूरै वडामा खानेपानी क्रमशःबिस्तार गर्दै लैजाने पनि अधिकारी र पाठकद्धयले जानकारी गराए। अधिकारी र पाठकद्धय लगायतकै पहलमा विर्तामोड-९ मा पहिलो पटक खाने पानीको धारा पुगेको जनाईएको हो। बिर्तामोड-९ का वडा अध्यक्ष हरि चौंल...

बिर्तामोड-१० का एक युवकको संखुवासभामा शंकाशपद मृत्यू

Image
मृतक कृष्णको फाईल तस्बिर   ३ बैशाख,बिर्तामोड बिर्तामोड -१० का एक युवकको संखुवासभामा शंकाशपद मृत्यु भएको छ। बिर्तामोड-१० सैनिक क्याम्प निबासी बयालिस बर्षिय कृष्ण शिवाकोटीको शंकासपद मृत्यू भएको जनाईएको हो। मृतक शिवाकोटी संखुवासभामा निर्मित अरुण तेश्रो हाईड्रो पावरमा टिपर चालकको रूपमा कार्यरत रहेको र उनको शंकाशपद मृत्यु भएको उनका दाजु ओम शिवाकोटीले जानकारी दिए। हाइड्रो पावरमा कार्यरत मृतक कृष्णका साथीले होली पछाडी कष्णको घरमा उनी हराएको र त्यता घरमा आईपुगेको छ कि छैन भनि फोन मार्फत जानकारी गराएको बताइएको छ भने घटना पहाडी होलीको दिन चैत्र एघार गते भएको समेत जनाईएको हो। उक्त दिन कम्पनी छुट्टी भएकोले रमाईलो गर्न भनी साथी भाईसंग संखुवा सभाको नुम गाउँ मकालु गाबिस वडा न.५ दलित भन्ने बजारमा कृष्ण गएका र सोही दिन देखि कृष्ण बेपता भएका हुन् पछि खोजीको क्रममा लगभग  सत्र अठार दिन पछि उनको शव नुम गाँउ मकालु खोल्सामा भेटिएर उन्नतिस चैत्रमा घरपरिवार उक्त स्थानमा गई शव पहिचान सनाखत र पोष्ट मार्टम गरि सदगति समेत गरिएको समेत मृतकका दाजु ओम शिवाकोटीले बताए। मृतकका एक श्रीमति एक करिव बारह तेरह बर्ष...

बिर्तामोड-१० मा निर्मित सैनिक स्तम्भको भब्य उद्घाटन

Image
  ३ बैशाख,बिर्तामोड  सैनिक स्मृति प्रतिष्ठानले बिर्तामोड-१० सैनिक बजार क्याम्पमा निर्माण गरेको सैनिक स्तम्भ को भव्य उद्घाटन गरिएको छ। निर्माण भएको लामो समयको प्रतिक्षा पछि सैनिक स्तम्भको उद्घाटन गरिएको हो। पार्क सहित सिसाको घेराभित्र रहेको करिव छ फिट अग्लो गोर्खा सैनिकको प्रतिमाको घुम्टो पूर्व उपप्रधान तथा  जलश्रोत मन्त्री एबं सांसद राजेन्द्र प्रसाद लिङदेनले उघारेर यस प्रतिमाको उद्घाटन गरिएको हो। स्तम्म छ धूर जग्गामा निर्माण गरिएको छ। प्रतिष्ठामको अध्यक्ष ज्ञान बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधान तथा जलश्रोत मन्त्री एवं सांसद राजेन्द्र प्रसाद लिङ्गदेन,बिशिष्ठ अतिथिहरुमा झापा क्षेत्र न.३ ख प्रदेश संसद छबिलाल चुडाल,बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई,बिर्तामोड नगरपालिका वडा न.-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,१० न. वडाका सदस्य धन कुमारी श्रेष्ठ, सोही वडाका टोल बिकाश समितिका अध्यक्षहरु संसद छबिलाल चुडालका स्वकिय सचिव कृष्ण पोखरेल, महेन्द्र ज्योति मा. बि. का संस्थापक शिक्षक कृष्ण घले,समाजसेवी देबी दंगाल,धनपति बर...

मंगोल नेशनल अर्गनाईजेशनको सत्ताईस नयाँ समिति चयन

Image
   १ बैशाख,बिर्तामोड मंगोल नेशनल अर्गनाईजेशनको पन्ध्रौं झापा जिल्ला अधिबेशनबाट सत्ताइस जनाको नयाँ झापा जिल्ला कार्य समिति चयन भएको छ। त्यसै गरि तीन जना सल्लाहाकार समिति समेत चयन गरिएको हो। निर्बाचन सभा सदस्य संझना राईले निर्बाचित पदाधिकारीहरुको नामावली बाचन गरेर सुनाउनु भएको हो भने निर्बाचित पदाधिकारीहरुलाई अर्गनाइजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अधिबेशन बिर्तामोड-१० स्थित सैनिक बजार महेन्द्र ज्योति माबिको खेल मैदानमा सम्पन्न भएको हो।  निर्बाचित झापा जिल्ला अध्यक्षमा सागर दर्जी,सचिबमा सिनारा मेचे,कोषाध्यक्षमा नर बहादुर राई,सह सचिवमा बुद्धहाङ फुरुम्बो,प्रचार प्रसार सचिवमा बिजयहाङ लिम्बू,सदस्यहरुमा भरत राई,भानु घिमाल,बुद्ध केदेम,छबिन्द्र स्याङबो,चन्द्रहाङ लिमखिम,डिल्ली योङहाङ,प्रेम बहादुर लिम्बु,राम बि.क. सुभाष लिम्बु,गुञ्ज राना मगर,शैलेन्द्र लिम्बु,चन्द्रा लिम्बु,इक्साहाङ लिम्बू,दिपेश राई,बाल कुमार राई,इन्द्र कुमार सुहाङ,मोहन सिंह लिम्बू,हिजन राई,अम्विका बहादुर तामाङ्ग बोम्जन, धनसरी राई,सम्झना राई,मञ्जु तामाङ्ग र सल्लाहकारहरुमा बानि...

बिपन्न नेत्रहिन सदस्यलाई झूल बितरण

Image
  २९ चैत्र,बिर्तामोड झापा नेत्रहिन संघको आयोजनामा सहयोगी संस्थाद्वारा बिपन्न नेत्रहिन सदस्यहरुलाई झूल लगायतका सामाग्री बितरण गरिएको छ। सोही अवसरमा संघले प्रदान गर्ने दुई महिने संगीत प्रशिक्षणको समेत उद्घाटन गरिएको हो। रोटरी क्ल्ब अफ बिर्तामोड मिडटाउनले बिपन्न नेत्रहिन सदस्यहरुलाई साठी थान झूल उपलब्ध गराएको कल्बका अध्यक्ष सिदार्थ  नबिन उप्रेतीले बताए त्यसै गरि लायन्स क्ल्ब इन्टरनेशनलका सदस्य मनिषा थपलियाको जन्मोत्सवको अवसर पारेर उहाँको तर्फबाट शैक्षिक सामाग्री साथै बिर्तामोड वडा न.-३ ले सहायक सामाग्री प्रदान गरेको हो। कार्यक्रममा बुद्धशान्ति झापा निबासी भद्रिका पौड्यालले नेत्रहिन संघलाई सहयोग स्वरूप नगद दशहजार एकसय त्यस्तै प्रियंका शर्माले पाँच हजार नगद संघका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गरे। झापा बिर्तामोड-३ बिर्ता बजार स्थित अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा संघको कार्यलयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुशल खतिवडा, लायन्स क्लबका संगीता रौनियार, रोटरी क्लबका  सिर्द्धाथ  नबिन, सुरज रौनियार, स...