Posts

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

Image
  १८ जेठ,बिर्तामोड बिर्तामोड-१०, बिराटपोखरमा गएराति एक गम्भीर चोरीको घटना भएको छ। चोरहरूले स्थानीय धुर्ब प्रसाद शिवाकोटीको घरबाट करिब अठार तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी गरेको  जानकारी प्राप्त भएको छ। शिवाकोटीको घर केही दिनदेखि सुनसान थियो। उनी राजाबादी आन्दोलनमा सहभागी हुन जेठ १४ गते काठमाडौं गएका थिए भने उनकी श्रीमती दुई जेठमै अष्ट्रेलिया प्रस्थान गरिसकेकी थिइन्। छिमेकी टिकामाया शिवाकोटीका अनुसार घरमा कोही नभएको र मुख्य ढोका ताल्चा लगाइएको अवस्थामा चोरले पूर्वतर्फको मुख्य ढोका फुटाएर प्रवेश गरेको जनाईएको हो। प्रहरीका अनुसार चोरी भएको सुन र नगद घरको पहिलो तलामा रहेको दराज फुटाएर निकालिएको हो। बिहान ढोका खुल्ला देखेपछि चोरी भएको आशंका गर्दै छिमेकीले प्रहरी चौकी सैनिक बजारमा खबर गरेका थिए। घटनास्थलमा सर्वप्रथम प्रहरी चौकी सैनिक बजारका प्रसनि नरोत्तम थापा नेतृत्वको टोली पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट डिएसपी विजय श्रेष्ठ नेतृत्वको टोली आएर घटनास्थलको मुचुल्का तयार पारिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए। शिवाकोटी काठ...

बुद्धशान्तिमा क्रियाशील पत्रकारहरूका लागि सामूहिक दुर्घटना बीमा

Image
बुद्धशान्ति, जेठ १४। बुद्धशान्ति प्रेस क्लबले स्थानीय स्तरमा पत्रकारिता गरिरहेका सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै निःशुल्क सामूहिक दुर्घटना बीमा सुविधा प्रदान गरेको छ। क्लबको वार्षिक योजना अनुसार, यस वर्ष २० जना पत्रकारका लागि जनही एक लाख रुपैयाँका दरले जम्मा २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लब अध्यक्ष तीर्थराज तिम्सिनाले जानकारी दिए। उनले पत्रकारको भौतिक सुरक्षा तथा आकस्मिक जोखिम व्यवस्थापनमा बीमाले महत्वपूर्ण योगदान पुर्‍याउने बताए। प्रेस क्लब उपाध्यक्ष नारायण अर्यालले ग्रामीण भेगमा क्रियाशील पत्रकारहरूको सुरक्षालाई ध्यानमा राख्दै बीमा योजना आवश्यक भएको बताए। उनका अनुसार, पेशागत दायित्व पुरा गर्दै जोखिम मोलेका पत्रकारहरूको सुरक्षामा प्रेस क्लब गम्भीर छ। बीमाका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएकोमा अन्ततः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी चयन गरिएको क्लबका सचिव रोशन भट्टराईले जानकारी गराए। सम्झौतापछि बीमा सेवा तत्काल लागू भइसकेको छ। बीमा सम्झौतामा नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोड शाखाका प्रमुख दीपक काफ्ले र प्रेस क्लब अध्य...

राजसंस्था र हिन्दु राष्ट्र पक्षमा बिर्तामोड-१० बाट टोली काठमाडौँतर्फ

Image
१३ जेठ,झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाप्रति जनताको गहिरो असन्तुष्टि रहेको भन्दै भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनमार्फत यो व्यवस्था परिवर्तन गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनका अनुसार यथास्थिति कायमै रहेमा आगामी वर्षहरूमा पनि आम जनताले परिवर्तनको अनुभूति गर्न नपाउने अवस्था सिर्जना हुनेछ। यही सन्दर्भमा, जेठ १५ गते संयुक्त जनआन्दोलन समितिद्वारा घोषणा गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागिता जनाउन राप्रपा  बिर्तामोड नगरपालिका वडा नं. १० बाट करिब ३० सदस्यीय टोली काठमाडौँ प्रस्थान गर्ने भएको छ। टोली जेठ १३ र १४ गते गरी दुई चरणमा राजधानीतर्फ लाग्ने तयारीमा छ। टोलीको नेतृत्व बिर्तामोड-१० राप्रपा अध्यक्ष पृथ्वी बहादुर बस्नेत तथा नगर समिति सदस्य भुवानी एसके राउतले गर्नेछन्। सहभागीहरूको सूचीमा पृथ्वी बस्नेत, हेमराज खनाल, कृष्णप्रसाद थपलिया, रमेश तिवारी, दुर्गाप्रसाद खतिवडा, नारायण प्रसाद अधिकारी, मदनबहादुर बस्नेत, जगतराज बस्नेत, घनश्याम कार्की, आदित्य राई, डीबी थापा, बेद बहादुर लिम्बु, बाबूराम ढुंगाना, एलबी ढुंगाना, अमर ...

स्थानीय युवाको पहलमा खेर गइरहेको लालचन अन्तर्राष्ट्रिय बजारतर्फ

Image
झापा,बैशाख १०  नेपालका गाउँघरमा खेर गइरहेको एक बहुउपयोगी फल ‘लालचन’ (रातो इमली/रोजेल) लाई व्यावसायिक रूपमा स्थापित गर्ने प्रयासमा अंगत मल्ल जुटेका छन्। स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिने यो वनस्पति नेपालमा उपेक्षित रहँदा अन्तर्राष्ट्रिय बजारमा भने यसको उच्च माग रहेको छ। अंगत मल्लका अनुसार लालचन कुनै नयाँ वनस्पति होइन। यो नेपालका पहाडी तथा तराई क्षेत्रका वनजंगल र बारीबगैंचामा सजिलै पाइने परम्परागत बिरुवा हो। यसको उपयोगिता चटनी,अचार,जुस, सुप, चिया र औषधीय उत्पादनसम्म फैलिएको छ। विशेषतः महिनावारीका पीडा कम गर्ने, पाचन सुधार गर्ने, शरीरको तौल घटाउने, क्यान्सर प्रतिरोधात्मक तत्व भएको र रक्तचाप सन्तुलनमा राख्ने जस्ता विविध फाइदाका कारण यो फल स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ। “लालचनमा आइरन र क्याल्सियम जस्ता खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ,” मल्ल भन्छन्, “यसले रगतमा हेमोग्लोबिन बढाउने, महिनावारी नियमित गर्ने र गर्भवती महिलाका लागि समेत लाभदायक हुने तथ्य अनुसन्धानले पुष्टि गरेका छन्।” साथै, यसको बीजबाट निस्कने तेल जोर्नी दुखाइ कम गर्न प्रयोग गर्न सकिने उनले जानकारी दिए। ह...

तीन युवाको सक्रिय अनुगमनमा बद्रीबारी कजवे सम्पन्न,यातायात सुचारू

Image
  ५ जेठ,बिर्तामोड बर्षौँदेखि आवतजावतमा समस्या भइरहेको बिर्तामोड-१० स्थित बिराटपोखर मनकामना चोकदेखि कोलाटोली जोड्ने सडकखण्डमा पर्ने बद्रीबारी टोलको कजवे अन्ततः निर्माण सम्पन्न भएको छ। अब यस बाटो हुँदै सवारी आवागमन सहज भएको छ। यो काम बिर्तामोड नगरपालिकाको चार लाख रुपैयाँको प्रत्यक्ष आर्थिक सहयोगमा सम्पन्न भएको हो। कजवे निर्माणको समग्र अनुगमन कृष्ण प्रसाद उप्रेती, बालकृष्ण आले, निरज पाठक र बिन्दा माया खरेलले गरेका थिए। उनीहरुले प्राविधिक पक्षदेखि अन्य सबै कार्यको नजिकबाट निरीक्षण गर्दै कामलाई गुणस्तरीय रूपमा सम्पन्न गराएका हुन्। तीनै जना अनुगमनकर्ताहरूका अनुसार वर्षौँदेखि स्थानिय बासिन्दा आवतजावतमा सास्ती भोगिरहेका थिए। यस समस्याको स्थायी समाधानका लागि आफ्नै टोलका व्यक्तिहरू सक्रिय भएर अघि बढ्नु आवश्यक थियो। पहिलेका निर्माण समितिमा टाढा टाढाका व्यक्तिहरू संलग्न हुँदा जनताको समस्या बुझ्न नसकिएको र विकासको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूले जनाए। समितिमा आफ्ना मान्छे वा नातेदार राखेर हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न पनि उनीहरूले प्रत्यक्ष निगरानी गरेको बताएका छन्। बा...

नेत्रहीन संघद्वारा प्राणी कल्याणका लागि ‘छेतार’ कार्यक्रम सम्पन्न

Image
३ जेठ,झापा   "प्राणी कल्याण, पितृ उद्धार र विश्व शान्तिको कामनार्थ" झापाको शिवसताक्षी–१० मा आदिवासी जनजाति नेत्रहीन संघको आयोजनामा विशेष प्राण दान (छेतार) कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा सात केजी माछाका भुरा र एक जोडी शान्तिको प्रतीक परेवा पवित्र कन्काई माई नदीमा विधिपूर्वक विसर्जन गरिएको हो।  टासी छोलिङ्ग बौद्ध गुम्बा परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, प्रमुख अतिथि आचार्य पूर्ण पाख्रिनको प्रमुख आतिथ्यता, र प्राज्ञ सुमित्रा बाङ्गदेल चेलीको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रज, सामाजिक अभियन्ता तथा धर्मगुरुहरूको समेत उल्लेखनीय सहभागिता रहेको हो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलनबाट गरिएको थियो। विशिष्ट अतिथि प्राज्ञ बाङ्गदेल चेलीले कार्यक्रमको ब्यानर बाचन गर्दै आध्यात्मिक र सामाजिक मूल्यका दृष्टिले यस्ता कार्यक्रमहरूको महत्व झल्काएकी थिइन्। नेपाली क्रिश्चियन समाजका राष्ट्रिय प्रवक्ता पाष्टर टिकाराम आचार्यले यो कार्यक्रममा सहभागिता जनाउन पाउनु गौरवको विषय भएको बताउँदै भने, "सेवा गर्ने हात...

कोलाटोली खानेपानीमा चरम बेतिथी:तीन ठूला दलको पत्रकार सम्मेलन

Image
  ३ जेठ बिर्तामोड  बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले व्यक्तिको नाममा रहेको जग्गामा राज्यको लगानी दुरुपयोग भएको बताए। पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई थियो। अव उप्रान्त सुशासन नभए उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने चेतावनी समेत उनले दिए। नेकपा (माओवादी केन्द्...