Posts

झापामा हास्य र लाखे नृत्यसहित गाईजात्रा कार्यक्रम हुने

Image
    १५ श्रावण, बिर्तामोड नेवा: देय् दबू झापाको पहलमा झापामा पहिलो पटक हास्यव्यङ्ग्य र लाखे नृत्य प्रस्तुतिसहितको भव्य गाईजात्रा उत्सव आयोजना हुने भएको छ। बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत आयोजक समितिले आगामी साउन २४ गते सिटि सेन्टरमा हुने कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम संयोजक तथा नेवा: देय् दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार यसपालिको गाईजात्रामा विशेष गरी हास्यव्यङ्ग्य प्रस्तुतिलाई प्राथमिकता दिइएको छ। उहाँले यो सुरुवातलाई निरन्तरता दिँदै झापामा प्रत्येक वर्ष गाईजात्रा उत्सवलाई परम्परागत रूपमा मनाइने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा साहित्यकार होम सुवेदी, चूडामणि वशिष्ठ, गणेश निरौला, केशव आचार्य, टंक विकल्प, पिनाकी कोइराला, मदन भण्डारी, विकास शिवा, रहस्य विक्रम चिमरिया, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, कृष्ण अनमोल र सुरेन्द्र श्रेष्ठलगायत १४ जना चर्चित साहित्यकारले आफ्ना व्यङ्ग्यात्मक रचनाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा दबूका झापा इन्चार्ज भरतकुमार श्रेष्ठले नेवारी संस्कृति र लाखे नृत्यको ऐतिहासिक पृष्ठभूम...

बिर्तामोड उद्योग वाणिज्य संघमा वंशल र सुवेदीको योगदान

Image
  झापा, साउन १५ ।   अंकिता भेराइटिजका संचालक प्रमोद वंशलले ‘व्यवसायिक सदस्य राहत कोष’का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् । एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’का लागि वंशलले आफ्नो जन्म दिनको अवसर पारेर सहयोग रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्यका अध्यक्ष राजु न्यौपानेलाई वंशलले नगद हस्तान्तरण गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच वंशलले नगद हस्तान्तरण गरेका हुन् । संघका अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ , विशिष्ठ सदस्य निर्मल भट्टराई, उपाध्यक्ष विशाल थापा, संघका महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला लगायत संघका पदाधिकारी सहभागी थिए ।   संघले स्थापना गरेको कोष वृद्धिमा आर्थिक सहयोग पु¥याउने वंशललाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रद्वारा सम्मान गरेको बताइएको छ । त्यसैगरि बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशप्रसाद सुवेदीलाई बिर्तामोड उद्योग वाणिज्य संघ...

पुजा सामग्री उद्योगमा मुख्यमन्त्री कार्कीको निरीक्षण

Image
  दमक,साउन -१०  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका–६ मा सञ्चालित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गतको दिब्यदृष्टि पूजा सामग्री उद्योगको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक सामग्री उत्पादनले स्थानीय रोजगारी, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे। उनले प्रदेश सरकार आत्मनिर्भरतातर्फ उन्मुख भइरहेका यस्ता उत्पादनमूलक उद्योगहरूलाई आवश्यक नीतिगत सहजीकरण र सहयोग गर्न प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्रीले भने, “धार्मिक आस्था र संस्कृतिसँग जोडिएका यस्ता उद्योग प्रदेशको उद्यमशीलता अभिवृद्धि गर्नका लागि उदाहरणीय बन्न सक्छन्।” निरीक्षण भ्रमणका क्रममा उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख बबिता तिम्सिनाले उद्योगको स्थापना, उत्पादन प्रक्रिया तथा बजार विस्तारसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरे। अध्यक्ष पोखरेलका अनुसार ‘दिब्यदृष्टि’ ब्रान्ड अन्तर्गत शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन...

डा.महावीर पुनलाई प्याब्सन झापाद्वारा सम्मान,पुस्तक खरिदमार्फत अभियानमा साथ

Image
झापा,साउन १०  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा समाजसेवी डा. महावीर पुनलाई निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापाले विशेष सम्मान प्रदान गरेको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता र केन्द्रिय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डा. पुनलाई सम्मान गरिएको हो। सो अवसरमा डा. पुनद्वारा लिखित पुस्तक "महावीर पुन: सम्झना, सपना र अविरल यात्रा" को ५० प्रति खरिद गरिएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए। पुस्तक खरिदमार्फत डा. पुनको राष्ट्रव्यापी अभियानलाई साथ दिनु उद्देश्य रहेको सचिव उप्रेतीले बताए। कार्यक्रममा प्याब्सन कोशी प्रदेश उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्यहरू राम सिटौला र मोहन सुब्बा, झापा प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

बाह्रदशीमा गर्भवती महिलाकालागि स्वास्थ्य सेवा र पोषण कार्यक्रम

Image
  श्रावण -८,झापा  रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजनामा झापाको बाह्रदशी गाउँपालिका–४ चकचकी स्वास्थ्य चौकीमा एक दिवसीय मातृ–शिशु स्वास्थ्य सचेतना तथा पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले बाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा आयोजित कार्यक्रम रोट्र्याक्ट क्लब अफ बिर्तामोडको सह–आयोजना र बाह्रदशी गाउँपालिका वडा नं. ४ को व्यवस्थापनमा सम्पन्न भयो। कार्यक्रम वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा ठाकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियङ्का कटुवाल, स्वास्थ्य शाखा प्रमुख राम शाह, होम कार्की, अनिल सापकोटा लगायतको सहभागिता रहेको थियो। क्लबका सचिव रोशन बुढाथोकीले कार्यक्रम सहजीकरण गरेका थिए भने अनिल सापकोटाले स्वागत मन्तव्य दिएका थिए। प्रमुख अतिथि आलम र स्वास्थ्य प्रमुख शाहले क्लबले सञ्चालन गरेको अभियानको प्रशंसा गरेका थिए। कार्यक्रमका दौरान २५ जना भन्दा बढी गर्भवती महिलाल...

महिला उद्यमी समूहद्वारा नेतृत्व विकास तालिम सम्पन्न

Image
  श्रावण-८ झापा,  बिर्तामोड — बिर्तामोड उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी समूहको आयोजनामा सञ्चालन भएको दुई दिने "नेतृत्व विकास सम्बन्धी प्रशिक्षण" सफलतापूर्वक सम्पन्न भएको छ। संघको सभाहलमा सम्पन्न समापन कार्यक्रम संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य र समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले गरेका थिए। तालिममा समूहमा आबद्ध ४० जना महिला उद्यमीलाई नेतृत्व विकासका अतिरिक्त माइन्यूट लेखन, उद्घोषण कला तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरियो। प्रशिक्षण कार्यक्रम समूहकी सल्लाहकार चित्रकला ओली र महासचिव लीला अनमोलले सहजीकरण गरेका थिए। समापन समारोहमा उद्योग सचिव सुमी पनेरुले स्वागत र धन्यवाद ज्ञापन गरेकी थिइन् भने वाणिज्य सचिव शीला चुडाल तिम्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा समूहकी पूर्व अध्यक्ष तिलोत्तमा खत्री, सहभागी प्रतिनिधिका रूपमा मुना प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए। समापन समारोहमा सहभागी सबैलाई प्रमाणपत...

अमेरिकाबाट पूर्व झापा व्यवसायीको राहत कोषमा सहयोग

Image
  झापा,साउन ८  बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा अमेरिकाबाट सहयोग प्राप्त भएको छ। बिर्तामोडमा लामो समय व्यवसाय गर्दै आएका तथा हाल अमेरिका बसोबास गर्दै आएका झापाली व्यवसायी चुडा आचार्यले संघको राहत कोषमा ४० हजार ६ सय ९९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’का अनुसार, विपद्‌मा परेका व्यवसायीहरूको सहयोगका लागि स्थापना गरिएको कोषमा विदेशमा रहेका व्यवसायीको समेत चासो र सहभागिता हुनु उत्साहजनक संकेत हो। “देशभित्र मात्र होइन, विदेशमा रहेका झापालीहरूले पनि कोषमा योगदान दिँदा कोषको लक्ष्य चाँडै पूरा हुने हाम्रो अपेक्षा छ,” संयोजक घिमिरेले भने। बिर्तामोड उद्योग वाणिज्य संघले कुल एक करोड रुपैयाँको लक्ष्यसहित राहत कोष स्थापना गरेको छ। हालसम्म कोषमा जम्मा भएको रकम २२ लाख रुपैयाँ पुगेको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए। संघका अनुसार व्यवसायी आचार्य र उनकी धर्मपत्नी मन्दरा आचार्यले अमेरिका बसाइका बाबजुद संघको यो पहलप्रति सकारात्मक भावनासहित सहयोग उपलब्ध गराएका हुन्। संघले आचार्य दम्पतीप्रति आ...