Posts

बिराटपोखरीमा हरितालिका तीज नृत्य प्रतियोगिता सम्पन्न,विजेतालाई सम्मान

Image
भदौ १०,बिर्तामोड बिर्तामोड-३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल बिराटपोखरीमा श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिको आयोजनामा हरितालिका तीज विशेष नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। हरितालिका तीजकै दिन आयोजना गरिएको सो प्रतियोगितामा पन्ध्र वर्ष उमेर समूहसम्मका सत्र जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा बिर्तामोड–३ की जेनिफर बुढाथोकी प्रथम स्थान हासिल गर्दै रु. पाँचहजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै बिर्तामोड–३ की रिया प्रसाई द्वितीय हुँदै रु. तीनहजार र प्रमाणपत्र, बिर्तामोड–९ की कृत्तिका पौडेल तृतीय हुँदै रु. दुईहजार र प्रमाणपत्र तथा बिर्तामोड–१० की समृद्धि निरौला सान्त्वना हुँदै रु. एक हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्। प्रथम पुरस्कार बिर्तामोड–१० निवासी हेनिसा परामर्श सेवाका प्रोपाइटर तथा लक्ष्मी नारायण कीर्तन मण्डलीका सचिव रुद्र चुडालले प्रायोजन गरेका थिए भने द्वितीय पुरस्कार नेपाल चिया प्याकेजिङ्ग कोशी प्रदेश अध्यक्ष बिरन कोइरालाले प्रायोजन गरेका थिए। यसअघि समितिले आयोजना गरेको भिडियो रिल्स प्रतियोगिताका विजेताहरूमध्ये चण्डिका सिटौला सेढ...

नेपालका पाँच सय बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण हुने

Image
झापा, भदौ ८ । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त पहलमा नेपालका पाँच सयभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण गर्न लागिएको छ। नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा हुने यो वितरण कार्यक्रम आगामी सेप्टेम्बर १४ मा सिलिगुढीमा आयोजना हुने भएको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकहरूले उक्त जानकारी दिएका हुन्। मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालका अनुसार विशेष कारणले हात–खुट्टा गुमाएका जो कोही व्यक्तिले यो सेवा निःशुल्क पाउनेछन्। सहभागीहरूलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढी पुर्‍याई कृत्रिम हात–खुट्टा लगाइदिएपछि पुनः अग्रसेन भवनमै ल्याइने व्यवस्था गरिएको उनले बताए। यसका लागि यातायातको सुविधा साथै खान र बस्ने सम्पूर्ण व्यवस्थापन मारवाडी युवा मञ्च सिलिगुढीले गर्ने भएको छ। दुई वर्षअघि पनि नेपालबाट सयभन्दा बढी लाभान्वित भएका थिए भने यस वर्ष कम्तीमा पाँच सयलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको अग्रवालले स्पष्ट पारे। पत्रकार सम्मेलनमा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्...

इटहरीमा सम्पन्न भयो आईआईसी इनोभेक्स ३.०

Image
भदौ ७,ईटहरी  नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिने यात्रापछि इटहरी इन्टरनेशनल कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म चलेको महोत्सवमा देशभरका १६ कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक क्षेत्रमा उतार्ने अवसर पाए। निर्णायक र उद्योग विज्ञलाई प्रभावित पार्ने प्रस्तुति गर्दै विराटनगर इन्टरनेशनल कलेज विजेता, एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज दोस्रो रनरअप बने। महोत्सवमा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासोले यसलाई राष्ट्रिय स्तरको महत्त्वपूर्ण कार्यक्रममा परिणत गरेको आयोजकले जनाएका छन्। समापन समारोहमा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र साझेदारलाई धन्यवाद दिँदै आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ प्रभावकारी ढंगले आयोजना गर्ने घोषणा गरेको छ।

बिर्तामोडमा एशियन हाइवेबारे सार्वजनिक सुनुवाइ, सरोकारवालाको चासो

Image
  भदौ ७,झापा   बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणाधीन एशियन हाइवेबारे विभिन्न प्रश्न तथा चासो व्यक्त गरेका छन्। सुनुवाइमा बोल्ने वक्ताहरूले विशेषगरी बिर्तामोड र चारपानेमा बन्न लागेका ‘ओभरपास’, पार्किङ व्यवस्थापन, पानी निकास, सार्वजनिक शौचालय, खानेपानी, विद्युत तार भूमिगत गर्ने, लागू औषध नियन्त्रण लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए। जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले स्थानीयसँग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले पार्किङ र सिटी–अटो रिक्साका लागि छुट्टै व्यवस्थापन आवश्यक रहेको बताए। त्यस्तै, स्थानीय राजु ओलीले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने सुझाव राखे भने व्यवसायीहरूले पार्किङ अनिवार्य गर्ने, सार्वजनिक शौचालय र खानेपानीको प्रवन्ध मिलाउनुपर्ने माग गरे। महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले घरेलु मदिराको खुलेआम बिक्रीबारे चिन्ता व्यक्त गर्दै नियमनकारी निकायलाई कडाइ गर्न आग्रह गरिन्।...

बिर्तामोड–८ मा नेपाली कांग्रेसको तीज मिलन कार्यक्रम सम्पन्न

Image
बिर्तामोड,भदौ ६ नेपाली कांग्रेस वडा नं.–८ समिति तथा महिला संघको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। वडाको स्थानीय हर्चनामा सम्पन्न कार्यक्रममा करिब पाँच सय जना महिला दिदीबहिनी तथा आगन्तुकको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस वडा नं.–८ का सभापति उत्तम कटुवालको सभापतित्वमा तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य उमा शिवाकोटी,क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापा सभापति टिका मैनाली सिटौला,नगर सभापति भोजराज सिटौला, वडा नं.–९ का सभापति बासुदेव अधिकारीसहित विभिन्न नेताहरुको उपस्थिति रहेको थियो। नेता तथा अतिथिहरुले नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। सम्बोधनका क्रममा वक्ताहरुले तीज पर्वले महिलाबीच आपसी स्नेह र खुशी आदान–प्रदान गर्ने परम्परालाई जीवित राख्ने सन्देश दिएको उल्लेख गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे। आयोजक कमिटिका तर्फबाट स्वागत मन्तव्य राख्दै नेपाल किसान संघक...

दमक–४ मा ४२ जेष्ठ नागरिक सम्मान,छैटौं साधारण सभा सम्पन्न

Image
२ भदौ,झापा दमक नगरपालिका–४ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले ४२ जना जेष्ठ पुरुष नागरिकलाई सम्मान गर्दै विविध कार्यक्रमसहित छैटौं साधारण सभा सम्पन्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद सिंखडाको सभापतित्व र दमक नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता कार्कीले र सञ्चालन सचिव छबिलाल न्यौपानेले गरेका थिए। सम्मानित प्रत्येक जेष्ठ नागरिकलाई रुद्राक्षको माला, जुस र छाता प्रदान गरिएको कार्यक्रममा दमक वडा–४ का अध्यक्ष पुण्य प्रसाद दाहाल, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा पौडेल, दाहाल प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद दाहालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। सोही अवसरमा नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै आमा–दिदीबहिनीहरुले तीजका गीतमा नाचगान र दर खानपिनसहित कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।

बिराटपोखरी विकासका सुझावसहित चिया संवाद समाप्त

Image
  २ भदौ,झापा श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिले आयोजना गरेको ‘बिराटपोखरी दिगो विकासका लागि चिया संवाद कार्यक्रम–२०८२’ भाद्र १ गते सफलतापूर्वक सम्पन्न भएको छ। श्रावण २६ देखि निरन्तर सञ्चालन भएको सो कार्यक्रम प्रत्येक दिन बिहान ७ देखि ८ बजेसम्म भएको थियो। समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा भएको संवादमा सरोबर संरक्षण र दिगो विकासका विषयमा सरोकारवालाहरुले बहुमूल्य राय–सुझाव दिएका थिए। अध्यक्ष प्रसाईका अनुसार कार्यक्रममार्फत संकलित सुझावहरुमध्ये उल्लेखनीय प्रस्तावमा — पोखरी भित्र आकर्षक प्राकृतिक बगैंचा पार्क निर्माण, रुखमा सौन्दर्यपूर्ण बत्ती बाल्ने व्यवस्था, जंगली रुख रोप्न निषेध, नयाँ गुरुयोजना निर्माण, पोखरीको ऐतिहासिकता झल्कने बोर्ड र प्रतिमा स्थापना, सीसी क्यामेरा जडान, स्थायी आम्दानीका योजना, बाल खेलमैदान निर्माण, फोटो पत्रकारिता तालिमसहित फोटो खिच्ने स्थलको विकास, पोखरी सरसफाई र संरचनाको सुरक्षा, डिजिटल बोर्ड सूचनात्मक जडान, काली मन्दिर व्यवस्थापन, पोखरीभित्रका पसललाई बाहिर सार्ने, डुंगा सञ्चालन लगायतका सुझाव समेटिएका छन्। कार्यक्रमको क्रममा समितिक...