Posts

कोशी प्रदेशस्तरीय खुल्ला गायनमा शम्भूको जित

Image
 अ सार १७,बिर्तामोड   झापा नेत्रहिन संघ तथा नेत्रहिन संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न दृष्टिबिहिन व्यक्तिहरूकालागि कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगिता भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका शम्भू राजबंशी प्रथम हुँदै नगद रु. १०,००० सहित सम्मानित भएका छन्। प्रतियोगितामा झापाकै समीर अधिकारी द्वितीय हुँदै नगद रु. ५,००० प्राप्त गर्न सफल भए। त्यसैगरी,धनकुटाकी सुजिता राई तृतीय स्थान हासिल गर्दै नगद रु. ३,००० प्राप्त गर्न सफल भइन् भने झापाकी पवित्रा तामाङ्ग चौथो (सान्त्वना) स्थान हासिल गर्दै नगद रु. २,००० प्राप्त गर्न सफल भइन्। विजेता तथा पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। विश्वप्रसिद्ध प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहिन संघको २९औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोड–३ स्थित झापा नेत्रहिन संघको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले दृष्टिबिहिन व्यक्तिहरूको प्रतिभा उजागर गर्नु...

नमो बौद्ध गुम्बा र तामाङ्ग कल्याण समाज बिर्तामोडको संयुक्त साधारण सभा सम्पन्न

Image
  १३ असार,बिर्तामोड  नमो बौद्ध गुम्बा बिर्तामोड–४ को १५औँ साधारण सभा तथा तामाङ कल्याण समाज समिति बिर्तामोडको १२औँ साधारण सभा संयुक्त रूपमा भव्यताका साथ सम्पन्न भएको छ। साधारण सभा बिर्तामोड–४ स्थित नमो बौद्ध गुम्बाको सभा हलमा सम्पन्न भएको हो। नमो बौद्ध गुम्बाका अध्यक्ष हस्तबहादुर तामाङको अध्यक्षतामा गुम्बाको साधारण सभा तथा तामाङ कल्याण समाज बिर्तामोडका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा समाजको साधारण सभा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड–४ का वडा अध्यक्ष राहुल शर्माको गरिमामय उपस्थिति रहेको थियो। राष्ट्रगानबाट शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दीप प्रज्वलन गर्दै संयुक्त साधारण सभाको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा गुम्बाको दैनिक पूजा–पाठका लागि आवश्यक सामग्री सहयोग गर्दै आउनुभएकी बिर्तामोड–५ निवासी मनमाया तामाङलाई प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्षहरूले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। गुम्बाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गुम्बाका अध्यक्ष हस्तबहादुर तामाङले गुम्बाको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा...

फोनिज झापाद्वारा सञ्चार नीति र बजार प्रभावबारे अन्तरक्रिया

Image
७ असार, बिर्तामोड  झापामा सञ्चार क्षेत्रले भोगिरहेका चुनौती,सञ्चार नीति तथा बजारको प्रभावबारे गहन छलफल गर्ने उद्देश्यले आयोजित एकदिवसीय अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बिर्तामोडस्थित सीपी होटलको सभाहलमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता तथा फोनिज संघीय उपाध्यक्ष अर्जुन जुम्लेली राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि प्रमुख अतिथि राईले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष राजवंशीले झापाका सञ्चार माध्यमहरूले हाल भोगिरहेका विभिन्न समस्या तथा चुनौतीहरू बुँदागत रूपमा प्रस्तुत गर्नुभयो। उहाँले पत्रकार तथा सञ्चारकर्मीहरू समयमै एकजुट भएर अगाडि नबढे आगामी दिनमा थप जटिल परिस्थितिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो। सञ्चार क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा पत्रक...

इजलासको दशक उत्सव भव्य, म्यागेजिन विमोचन र सम्मान

Image
२६ जेठ,झापा झापाको बिर्तामोडबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका इजलास र इजलास डटकम अनलाइनले आफ्नो दशौं वार्षिकोत्सव विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न गरेको छ। पत्रकारिता क्षेत्रको एक दशक लामो यात्रालाई स्मरणीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा दशौं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ‘इजलास म्यागेजिन’ विमोचन गर्नुका साथै प्रकाशनसँग सम्बन्धित दर्जनौं शुभेच्छुक तथा सहयोगीहरूलाई सम्मान प्रदान गरिएको हो। पत्रिकाको प्रकाशक संस्था कम्पनी टाइम्स मिडिया नेटवर्क प्रालिका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिर्तामोडस्थित साई पार्टी प्यालेसको सभाहलमा आयोजना गरिएको थियो। राष्ट्रप्रति समर्पित राष्ट्रगान तथा ज्ञात–अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरी सम्मान व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा एसईई डान्सिङ कम्पिटिसनकी फाइनलिस्ट मनिता तामाङले ‘मेरो गीत’ शीर्षकको गीतमार्फत स्वागत नृत्य प्रस्तुत गर्दै उपस्थित...

आदिवासी जनजाति नेत्रहीन संघ झापाको दोस्रो अधिवेशन सम्पन्न

Image
१७ जेठ शिवसताक्षी,झापा। सदस्य उद्यमशीलता र कार्यालय भवन निर्माणको लागि भन्ने मूल नाराका साथ आदिवासी जनजाति नेत्रहीन संघ झापाको दोस्रो अधिवेशन शिवसताक्षी–११, दुधेस्थित आदिवासी जनजाति सामुदायिक भवनको सभाहलमा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता तथा पूर्व पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि किरातीले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक रूपमा अधिवेशन उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रप्रति समर्पित राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो। यसै अवसरमा रोटरी क्लब दमक तथा रोट्रयाक्ट क्लब दमकको आर्थिक सहयोगमा संघका नेत्रहीन सदस्यहरू तथा अन्य गैर आदिवासी जनजाति समुदायका दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध गराइएका सेतो छडी, स्लेट स्टाइलस लगायतका सहायक सामग्री संघका अध्यक्ष तथा प्रमुख अतिथि किरातीलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा क्लबका अध्यक्ष केशव कुमार अग्रवाल लगा...

बिर्तामोड–१० मा बोल्ने कला प्रशिक्षण

Image
 जेठ ७ झापा,  बिर्तामोड । ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि. बिर्तामोड–१० को आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आदिबासी जनजातिहरुलाई लक्षित गर्दै दुई दिवशीय उद्घोषण तथा बोल्ने कला प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ। व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतीकरण क्षमता अभिवृद्धि तथा प्रभावकारी संवाद सीप विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम बिर्तामोड–१० को सभा हलमा सञ्चालन भइरहेको हो। कार्यक्रममा प्रशिक्षकको रुपमा बिराट एफएमका प्रबन्ध निर्देशक तथा चर्चित सञ्चारकर्मी लिला अनमोल रहनुभएको आयोजकले जनाएको छ। ओरेन्ज एक्साभेटर मिडिया प्रा.लि.का संचालक सन्तोष बेघाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिर्तामोड नगरपालिका वडा नं. १०  वडा सदस्य धनमाया श्रेष्ठको उपस्थिती रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो भने कार्यक्रम राष्ट्रप्रति समर्पित राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो। कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई धैर्य...

अपांगता तथा आदिवासी अधिकारबारे शिवसताक्षीमा चेतनामूलक कार्यक्रम

Image
' २८ बैशाख, झापा  आदिवासी जनजाति नेत्रहिन संघ झापा शिवसताक्षी नगरपालिका–११ को आयोजना तथा शिवसताक्षी नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा आदिवासी जनजाति समुदायका अपांगता भएका व्यक्तिहरुको लागि आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र तथा अपांगता अधिकारमा आधारित एक दिवसीय सचेतनामूलक कार्यक्रम आज शिवसताक्षी–१ स्थित लक्ष्मी नारायण माविमा भव्य तथा फलदायी रूपमा सम्पन्न भएको छ। कार्यक्रमले आदिवासी जनजाति तथा अपांगता भएका व्यक्तिहरुको अधिकार, अवसर र राज्यको दायित्वबारे महत्वपूर्ण जानकारी प्रदान गरेको आयोजकले जनाएको छ। आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजाकुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा संघका सल्लाहकार लक्ष्मी प्रसाद चेम्जोङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि चेम्जोङले कार्यक्रमको ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रसँगै राष्ट्रियताप्रति समर्पित राष्ट्रिय गान गाइएको थियो भने ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट म...