Posts

बिर्तामोडमा नेवार समुदायको गाईजात्रा (सापारु) तथा लाखे नाँच प्रतियोगिता सम्पन्न

Image
  १३ भदौ, बिर्तमोड   नेवाः  देयः दबू बिर्तामोड नगर समितिको आयोजनामा नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा (सापारु) तथा लाखे नाच प्रतियोगिता आज बिर्तामोडमा सम्पन्न भएको छ। देशका विभिन्न स्थानमा बाढीका कारण संकट उत्पन्न भइरहेका बेला यस वर्षको  गाईजात्रा पर्वलाई हर्षोल्लासका साथ नभई सांकेतिक रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लाखे नाच प्रतियोगितासँगै हास्यव्यंग्य कविता, स्वागत नृत्यलगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो। परम्परा, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै सामाजिक विकृति–विसंगतिविरुद्ध सचेतना फैलाउने उद्देश्यसमेत कार्यक्रमले बोकेको आयोजकको भनाइ छ। कार्यक्रम संयोजक तथा नेवा देयः दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको बिहानी सत्रमा बिर्तामोडको वान स्टप मलमा बिर्तामोडका विभिन्न वडाबाट आएका सहभागीहरू भेला भएका थिए। सहभागीहरूले लाखे नाचसहितका सांस्कृतिक झाँकी र ब्यानर बोकेर बिर्तामोड नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा गर्दै सिटी ...

बिर्तामोडमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

Image
२४  श्रावण,झापा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस बिर्तामोडमा भव्यता र उत्साहका साथ सम्पन्न भएको छ। “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” तथा “आदिवासी जनजातिको पहिचान, स्वायत्तता र अधिकारको पूर्ण ग्यारेन्टी गरौँ” भन्ने मूल नाराका साथ आइतबार झापाको बिर्तामोडमा ३२औँ विश्व आदिवासी दिवस मनाइएको हो। दिवसलाई सफल र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जातजातिका झाँकीसहित र्‍याली निकालिएको थियो। “यूएनडीपी र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सफल पारौँ” लगायतका नारा र प्लेकार्डसहितको र्‍याली बिर्तामोडको मुक्ति चोकस्थित हनुमान सेन्टरमा भेला भएको थियो। त्यसपछि विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नाराबाजी तथा प्लेकार्डसहित र्‍यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो। नगर परिक्रमा पश्चात् र्‍याली सिटी सेन्टर पुगेर सभामा परिणत भएको थियो। र्‍यालीको नेतृत्व संघका कोषाध्यक्ष सिके बेघाले गर्नुभएको थियो...

बिर्तामोडमा श्रावण २४ गते ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने

Image
    २२ श्रावण,बिर्तामोड, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा आगामी श्रावण २४ गते ३२औँ विश्व आदिवासी दिवस बिर्तामोडमा भव्यता र उत्साहका साथ मनाइने भएको छ। दिवसलाई सफल र भव्य रूपमा सम्पन्न गर्न गरिएको तयारीबारे जानकारी गराउने उद्देश्यले आज बिर्तामोड–५ स्थित किरात भवनमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नगरभित्र रहेका १७  आदिवासी जनजातिका झाँकी, सांस्कृतिक प्रस्तुति तथा परम्परागत जनजातीय नृत्यसहित बिहान बिर्तामोडस्थित हनुमान सेन्टर अगाडि भेला भई बिर्तामोड नगर परिक्रमा गरिने जानकारी दिनुभयो। नगर परिक्रमा पश्चात् सिटी सेन्टरमा पुगेर औपचारिक सभाको आयोजना गरिने र कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको विशेष उपस्थिति रहने उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा नेफिन झापाका पूर्व अध्यक्ष प्रेमराज घिसिङले विश्व आदिवासी दिवसको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे प्रका...

शम्भु राईको साथमा झापामा दुईदिने सांगीतिक महोत्सव हुँदै

Image
  १५ श्रावण,झापा आदिवासी जनजाति नेत्रहीन संघ झापाको आयोजनामा आगामी असोज २४ र २५ गते राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित झापाको शिवसताक्षी र दमकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रमको उद्देश्य,तयारी तथा व्यवस्थापनबारे जानकारी गराउन आज संघले शिवसताक्षी–८, झिलझिलेस्थित सत्ताक्षी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको हो। संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले संघको व्यवस्थापनलाई थप सुदृढ बनाउने तथा छात्रवृत्ति अक्षय कोष वृद्धि गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफल भए संस्थाको आर्थिक अवस्था मजबुत हुनुका साथै संघको गतिविधि, उद्देश्य र सामाजिक योगदानबारे व्यापक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा संघकी कोषाध्यक्ष कौशल्या देवी गुरुङले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नागरिक समाज,शुभेच्छुक, सहयोगी तथा सरोकारवाला निकायसँग साथ,सहयोग र सहभागिताका लागि हार्दिक आग्रह गर्नुभयो। त्यसैगरी संघका सहसचिव कबिराज कुमालले पनि कार्यक्रम...

जनकपुर घटनाको बिरोधमा श्रम संस्कृति पार्टीको झापामा पत्रकार सम्मेलन

Image
७ श्रावण,झापा बिर्तामोड, झापा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ तथा पार्टीका कार्यकर्तामाथि हिजो जनकपुरधामस्थित रामजानकी मन्दिर परिसरमा भएको दुर्व्यवहारको घटनाप्रति श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाले घोर भर्त्सना गरेको छ। घटनाको विरोध गर्दै आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीले दोषीमाथि निष्पक्ष छानबिन तथा कडा कानुनी कारबाहीको मागसहित औपचारिक विज्ञप्ति सार्वजनिक गरेको हो। श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन राष्ट्रिय गान तथा देशका शहीदहरूप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको थियो। कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव शिवम सोराली मगरले गर्नुभएको थियो भने सहसचिव अन्जु लिम्बुले संयुक्त रूपमा विज्ञप्ति वाचन गर्दै जनकपुरमा पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङमाथि भएको दुर्व्यवहारप्रति श्रम संस्कृति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो। विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरिएक...

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

Image
  २८ असार,झापा अधिकार प्राप्तिको लागि हाम्रो संगठित आवाज भन्ने मूल नारासहित आदिवासी जनजाति नेत्रहीन संघ झापाको आयोजनामा आज बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभा हलमा एकदिवसीय सञ्चारकर्मी साक्षात्कार अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम राष्ट्रिय गान र शहिदहरु प्रति एक मिनेट मौन धारण गरि प्रारम्भ गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि थापाले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। कार्यक्रममा संघका सल्लाहकार प्राज्ञ सुमित्रा बाङ्देल चेलीले संघको संक्षिप्त परिचय प्रस्तुत गर्दै वि.सं. २०६७ सालमा स्थापना भएको संघले आदिवासी जनजाति समुदायका जेहेन्दार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको, साथै आफ्नै भवन निर्माणको पहलसमेत अगाडि बढाइरहेको जानकारी दिनुभयो। संघका सल्लाहकार तथा आदिवासी अभियन्ता कृष्णकुमार थेबेले संघले नौलो प्रयासका रूपमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम आयोज...

कोशी प्रदेशस्तरीय खुल्ला गायनमा शम्भूको जित

Image
 अ सार १७,बिर्तामोड   झापा नेत्रहिन संघ तथा नेत्रहिन संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न दृष्टिबिहिन व्यक्तिहरूकालागि कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगिता भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका शम्भू राजबंशी प्रथम हुँदै नगद रु. १०,००० सहित सम्मानित भएका छन्। प्रतियोगितामा झापाकै समीर अधिकारी द्वितीय हुँदै नगद रु. ५,००० प्राप्त गर्न सफल भए। त्यसैगरी,धनकुटाकी सुजिता राई तृतीय स्थान हासिल गर्दै नगद रु. ३,००० प्राप्त गर्न सफल भइन् भने झापाकी पवित्रा तामाङ्ग चौथो (सान्त्वना) स्थान हासिल गर्दै नगद रु. २,००० प्राप्त गर्न सफल भइन्। विजेता तथा पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। विश्वप्रसिद्ध प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहिन संघको २९औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोड–३ स्थित झापा नेत्रहिन संघको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले दृष्टिबिहिन व्यक्तिहरूको प्रतिभा उजागर गर्नु...