Posts

Showing posts from May, 2025

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

Image
  १८ जेठ,बिर्तामोड बिर्तामोड-१०, बिराटपोखरमा गएराति एक गम्भीर चोरीको घटना भएको छ। चोरहरूले स्थानीय धुर्ब प्रसाद शिवाकोटीको घरबाट करिब अठार तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी गरेको  जानकारी प्राप्त भएको छ। शिवाकोटीको घर केही दिनदेखि सुनसान थियो। उनी राजाबादी आन्दोलनमा सहभागी हुन जेठ १४ गते काठमाडौं गएका थिए भने उनकी श्रीमती दुई जेठमै अष्ट्रेलिया प्रस्थान गरिसकेकी थिइन्। छिमेकी टिकामाया शिवाकोटीका अनुसार घरमा कोही नभएको र मुख्य ढोका ताल्चा लगाइएको अवस्थामा चोरले पूर्वतर्फको मुख्य ढोका फुटाएर प्रवेश गरेको जनाईएको हो। प्रहरीका अनुसार चोरी भएको सुन र नगद घरको पहिलो तलामा रहेको दराज फुटाएर निकालिएको हो। बिहान ढोका खुल्ला देखेपछि चोरी भएको आशंका गर्दै छिमेकीले प्रहरी चौकी सैनिक बजारमा खबर गरेका थिए। घटनास्थलमा सर्वप्रथम प्रहरी चौकी सैनिक बजारका प्रसनि नरोत्तम थापा नेतृत्वको टोली पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट डिएसपी विजय श्रेष्ठ नेतृत्वको टोली आएर घटनास्थलको मुचुल्का तयार पारिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए। शिवाकोटी काठ...

बुद्धशान्तिमा क्रियाशील पत्रकारहरूका लागि सामूहिक दुर्घटना बीमा

Image
बुद्धशान्ति, जेठ १४। बुद्धशान्ति प्रेस क्लबले स्थानीय स्तरमा पत्रकारिता गरिरहेका सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै निःशुल्क सामूहिक दुर्घटना बीमा सुविधा प्रदान गरेको छ। क्लबको वार्षिक योजना अनुसार, यस वर्ष २० जना पत्रकारका लागि जनही एक लाख रुपैयाँका दरले जम्मा २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लब अध्यक्ष तीर्थराज तिम्सिनाले जानकारी दिए। उनले पत्रकारको भौतिक सुरक्षा तथा आकस्मिक जोखिम व्यवस्थापनमा बीमाले महत्वपूर्ण योगदान पुर्‍याउने बताए। प्रेस क्लब उपाध्यक्ष नारायण अर्यालले ग्रामीण भेगमा क्रियाशील पत्रकारहरूको सुरक्षालाई ध्यानमा राख्दै बीमा योजना आवश्यक भएको बताए। उनका अनुसार, पेशागत दायित्व पुरा गर्दै जोखिम मोलेका पत्रकारहरूको सुरक्षामा प्रेस क्लब गम्भीर छ। बीमाका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएकोमा अन्ततः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी चयन गरिएको क्लबका सचिव रोशन भट्टराईले जानकारी गराए। सम्झौतापछि बीमा सेवा तत्काल लागू भइसकेको छ। बीमा सम्झौतामा नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोड शाखाका प्रमुख दीपक काफ्ले र प्रेस क्लब अध्य...

राजसंस्था र हिन्दु राष्ट्र पक्षमा बिर्तामोड-१० बाट टोली काठमाडौँतर्फ

Image
१३ जेठ,झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाप्रति जनताको गहिरो असन्तुष्टि रहेको भन्दै भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनमार्फत यो व्यवस्था परिवर्तन गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनका अनुसार यथास्थिति कायमै रहेमा आगामी वर्षहरूमा पनि आम जनताले परिवर्तनको अनुभूति गर्न नपाउने अवस्था सिर्जना हुनेछ। यही सन्दर्भमा, जेठ १५ गते संयुक्त जनआन्दोलन समितिद्वारा घोषणा गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागिता जनाउन राप्रपा  बिर्तामोड नगरपालिका वडा नं. १० बाट करिब ३० सदस्यीय टोली काठमाडौँ प्रस्थान गर्ने भएको छ। टोली जेठ १३ र १४ गते गरी दुई चरणमा राजधानीतर्फ लाग्ने तयारीमा छ। टोलीको नेतृत्व बिर्तामोड-१० राप्रपा अध्यक्ष पृथ्वी बहादुर बस्नेत तथा नगर समिति सदस्य भुवानी एसके राउतले गर्नेछन्। सहभागीहरूको सूचीमा पृथ्वी बस्नेत, हेमराज खनाल, कृष्णप्रसाद थपलिया, रमेश तिवारी, दुर्गाप्रसाद खतिवडा, नारायण प्रसाद अधिकारी, मदनबहादुर बस्नेत, जगतराज बस्नेत, घनश्याम कार्की, आदित्य राई, डीबी थापा, बेद बहादुर लिम्बु, बाबूराम ढुंगाना, एलबी ढुंगाना, अमर ...

स्थानीय युवाको पहलमा खेर गइरहेको लालचन अन्तर्राष्ट्रिय बजारतर्फ

Image
झापा,बैशाख १०  नेपालका गाउँघरमा खेर गइरहेको एक बहुउपयोगी फल ‘लालचन’ (रातो इमली/रोजेल) लाई व्यावसायिक रूपमा स्थापित गर्ने प्रयासमा अंगत मल्ल जुटेका छन्। स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिने यो वनस्पति नेपालमा उपेक्षित रहँदा अन्तर्राष्ट्रिय बजारमा भने यसको उच्च माग रहेको छ। अंगत मल्लका अनुसार लालचन कुनै नयाँ वनस्पति होइन। यो नेपालका पहाडी तथा तराई क्षेत्रका वनजंगल र बारीबगैंचामा सजिलै पाइने परम्परागत बिरुवा हो। यसको उपयोगिता चटनी,अचार,जुस, सुप, चिया र औषधीय उत्पादनसम्म फैलिएको छ। विशेषतः महिनावारीका पीडा कम गर्ने, पाचन सुधार गर्ने, शरीरको तौल घटाउने, क्यान्सर प्रतिरोधात्मक तत्व भएको र रक्तचाप सन्तुलनमा राख्ने जस्ता विविध फाइदाका कारण यो फल स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ। “लालचनमा आइरन र क्याल्सियम जस्ता खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ,” मल्ल भन्छन्, “यसले रगतमा हेमोग्लोबिन बढाउने, महिनावारी नियमित गर्ने र गर्भवती महिलाका लागि समेत लाभदायक हुने तथ्य अनुसन्धानले पुष्टि गरेका छन्।” साथै, यसको बीजबाट निस्कने तेल जोर्नी दुखाइ कम गर्न प्रयोग गर्न सकिने उनले जानकारी दिए। ह...

तीन युवाको सक्रिय अनुगमनमा बद्रीबारी कजवे सम्पन्न,यातायात सुचारू

Image
  ५ जेठ,बिर्तामोड बर्षौँदेखि आवतजावतमा समस्या भइरहेको बिर्तामोड-१० स्थित बिराटपोखर मनकामना चोकदेखि कोलाटोली जोड्ने सडकखण्डमा पर्ने बद्रीबारी टोलको कजवे अन्ततः निर्माण सम्पन्न भएको छ। अब यस बाटो हुँदै सवारी आवागमन सहज भएको छ। यो काम बिर्तामोड नगरपालिकाको चार लाख रुपैयाँको प्रत्यक्ष आर्थिक सहयोगमा सम्पन्न भएको हो। कजवे निर्माणको समग्र अनुगमन कृष्ण प्रसाद उप्रेती, बालकृष्ण आले, निरज पाठक र बिन्दा माया खरेलले गरेका थिए। उनीहरुले प्राविधिक पक्षदेखि अन्य सबै कार्यको नजिकबाट निरीक्षण गर्दै कामलाई गुणस्तरीय रूपमा सम्पन्न गराएका हुन्। तीनै जना अनुगमनकर्ताहरूका अनुसार वर्षौँदेखि स्थानिय बासिन्दा आवतजावतमा सास्ती भोगिरहेका थिए। यस समस्याको स्थायी समाधानका लागि आफ्नै टोलका व्यक्तिहरू सक्रिय भएर अघि बढ्नु आवश्यक थियो। पहिलेका निर्माण समितिमा टाढा टाढाका व्यक्तिहरू संलग्न हुँदा जनताको समस्या बुझ्न नसकिएको र विकासको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूले जनाए। समितिमा आफ्ना मान्छे वा नातेदार राखेर हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न पनि उनीहरूले प्रत्यक्ष निगरानी गरेको बताएका छन्। बा...

नेत्रहीन संघद्वारा प्राणी कल्याणका लागि ‘छेतार’ कार्यक्रम सम्पन्न

Image
३ जेठ,झापा   "प्राणी कल्याण, पितृ उद्धार र विश्व शान्तिको कामनार्थ" झापाको शिवसताक्षी–१० मा आदिवासी जनजाति नेत्रहीन संघको आयोजनामा विशेष प्राण दान (छेतार) कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा सात केजी माछाका भुरा र एक जोडी शान्तिको प्रतीक परेवा पवित्र कन्काई माई नदीमा विधिपूर्वक विसर्जन गरिएको हो।  टासी छोलिङ्ग बौद्ध गुम्बा परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, प्रमुख अतिथि आचार्य पूर्ण पाख्रिनको प्रमुख आतिथ्यता, र प्राज्ञ सुमित्रा बाङ्गदेल चेलीको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रज, सामाजिक अभियन्ता तथा धर्मगुरुहरूको समेत उल्लेखनीय सहभागिता रहेको हो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलनबाट गरिएको थियो। विशिष्ट अतिथि प्राज्ञ बाङ्गदेल चेलीले कार्यक्रमको ब्यानर बाचन गर्दै आध्यात्मिक र सामाजिक मूल्यका दृष्टिले यस्ता कार्यक्रमहरूको महत्व झल्काएकी थिइन्। नेपाली क्रिश्चियन समाजका राष्ट्रिय प्रवक्ता पाष्टर टिकाराम आचार्यले यो कार्यक्रममा सहभागिता जनाउन पाउनु गौरवको विषय भएको बताउँदै भने, "सेवा गर्ने हात...

कोलाटोली खानेपानीमा चरम बेतिथी:तीन ठूला दलको पत्रकार सम्मेलन

Image
  ३ जेठ बिर्तामोड  बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले व्यक्तिको नाममा रहेको जग्गामा राज्यको लगानी दुरुपयोग भएको बताए। पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई थियो। अव उप्रान्त सुशासन नभए उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने चेतावनी समेत उनले दिए। नेकपा (माओवादी केन्द्...

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति

Image
   ३१,बैशाख,झापा बिर्तामोड–९ स्थित कोलाटोली खानेपानी तथा सरसफाई उपभोक्ता समिति पुनर्गठन गरिएको छ। नेकपा (एमाले) निकट उपभोक्ता भेलाबाट गठन भएको समितिको अध्यक्षमा एमाले बिर्तामोड–९ वडा कमिटी अध्यक्ष प्रेम प्रसाद भण्डारी चयन भएका हुन्। १३ सदस्यीय नयाँ समिति गठन गरिएको उक्त भेला बिर्तामोड–९ मा सम्पन्न भएको हो। समितिले वडा अध्यक्ष हरिप्रसाद चौलागाईंको उपस्थितिमा भेला सम्पन्न भएको जानकारीसहित नामावली र संस्थाको खाता सञ्चालन सम्बन्धी निर्णय खानेपानी डिभिजन कार्यालय चन्द्रगढीमा बुझाउने निर्णय गरेको जनाइएको छ। समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष गौरी प्रसाद घिमिरे, सचिव हरि बहादुर कार्की, कोषाध्यक्ष विष्णु माया कोइराला र सहसचिवमा राजेन्द्र सिटौला चयन गरिएका हुन्। सदस्यहरूमा तारानिधि खनाल, शान्ती मार्डे, कल्पना बिक, जयराज ढकाल, कृष्ण प्रसाद उप्रेती, मोहन उप्रेती र पर्शुराम पाठक रहेका छन्। यसअघि फागुन ७ गते लक्ष्मी मोतेको अध्यक्षतामा सम्पन्न भेलाले कोलाटोलीमा खानेपानी योजना सञ्चालन गर्न नयाँ उपभोक्ता समिति आवश्यक रहेको ठहर गर्दै समिति गठन प्रक्रिया अगाडि बढाइएको थियो। तर समितिको गठनप्रति ...

बिर्तामोडमा बुद्ध जयन्ती सम्पन्न,भूमिदानमा सरिक हुन आग्रह

Image
२९ बैशाख,बिर्तामोड बिर्तामोड-४ स्थित नमोःबौद्ध गुम्बाको आयोजनामा २५६९औं बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा गुम्बा परिसरमा थप जग्गा खरिदका लागि सुरु गरिएको सहयोग अभियानलाई अझ तीव्र पारिने आयोजक समितिले जानकारी दिएको छ। अभियान अन्तर्गत हालसम्म भूमिदान स्वरूप पचास हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक रूपमा वाचन गरिएको थियो। करिब पन्ध्र दिनअघि सुरु भएको यो अभियानलाई चार चरणमा अगाडि बढाइने बताइएको छ। गुम्बाका लागि आवश्यक डेढ कठ्ठा जग्गा खरिद गर्न करिब ८० लाख रुपैयाँ आवश्यक पर्ने र सबैमा सहयोगको आह्वान गरिएको गुम्बा समितिका महासचिव गणेश तामाङले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाईंले धार्मिक सम्पदाहरू पर्यटक आकर्षणको केन्द्र हुने भएकाले पूर्वाधार विकासमा स्थानीय तहबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाइन्। अध्यक्ष हस्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा गुम्बा परिसरबाट शान्तिपूर्ण ‘शान्ति पथ र्‍याली’ निकालिएको थियो, जसले बिर्तामोड नगरको परिक्रमा गर्‍यो। कार्यक्रममा गुम्बाक...

झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत मृत अवस्थामा फेला

Image
बिर्तामोड, बैशाख २६ — झापा गोल्डकप फुटबल प्रतियोगिताका निवर्तमान अध्यक्ष तथा बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड–१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा बस्नेतको शव फेला परेको जनाईएको हो ।  घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको इप्रका अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए तत्पश्चात शवलाई पोस्टमार्टमको लागि लगिने तयारी भैरहेको जनाईएको हो । मृतक बस्नेतका एक छोरी र श्रीमति रहेका छन् ।

पुजारीलाई नयाँ साईकल सहयोग

Image
२६ बैशाख,झापा बिर्तामोड–१० स्थित विराटपोखरको मनकामना काली मन्दिरका पूजारी जनकलाल खतिवडालाई गोयल परिवारको तर्फबाट नयाँ रेन्जर  साइकल सहयोग प्रदान गरिएको छ। पूजारीको दैनिक आवत जावतलाई सहज बनाउन प्रेम ट्रेडर्सका सञ्चालक विजय गोयलले उक्त सहयोग गरेका हुन्। मन्दिर समितिका अध्यक्ष ध्रुर्ब प्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न साईकल हस्तान्तरण कार्यक्रममा गोयल परिवार बिर्तामोडका प्रतिनिधि विजय गोयल प्रमुख अतिथि थिए। कार्यक्रममा समितिका सहसचिव राम खनाल, सदस्यहरू रघुनाथ पाठक, तेजु अधिकारी, राधिका संग्रौला, कृष्ण उप्रेती,निरज पाठक र रोशन खनालको उपस्थिति थियो। सहयोगी गोयललाई मन्दिर समितिको तर्फबाट माला र टिका सहित सम्मान गरिएको हो। अध्यक्ष शिवाकोटीले सहयोगप्रति आभार व्यक्त गर्दै, "अरुको परोपकार गर्नु नै सच्चो धर्म हो भने, अरुलाई दुःख दिनु ठूलो पाप हो," भन्दै सहयोगप्रति प्रशंसा व्यक्त गरे। करिब १० हजार रुपैयाँ बराबरको साइकल सहयोग ठूलो योगदान भएको उनले उल्लेख गरे। सहसचिव राम खनालले पूजारी खतिवडाले मन्दिर स्थापना कालदेखि नै नित्य पूजामा समर्पित रहँदै आएको र हाल पुरानो साईकल बिग्रिएको कारण न...

दैनिक दुराअवस्थामा कोलाटोली खानेपानी

Image
बिर्तामोड, २५ वैशाख समयको मागसँगै लोकप्रिय र विशुद्ध खानेपानीको स्रोतका रूपमा परिचित हुन सक्ने बिर्तामोड–९ स्थित कोलाटोली खानेपानी आज दैनिक उपेक्षाको शिकार बन्दै गएको छ। केही दशकअघि जनतालाई स्वच्छ पानी आपूर्ति गर्ने उद्देश्यको रूपमा परिचित सो स्थान अहिले जीर्ण र अस्तव्यस्त अवस्थामा पुगेको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको यस ऐतिहासिक धरोहरमा पछिल्ला दिनमा चोरी, तोडफोड र अव्यवस्थित गतिविधिहरू बढ्दै गएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, खानेपानीको भौतिक संरचना क्रमशः जिर्ण हुँदै गएको छ भने वरिपरिका भवन, ट्याङ्की र पर्खालहरू समेत भत्किएका छन्। एक समय स्वच्छता र सुव्यवस्थाको प्रतीक मानिएको कोलाटोली खानेपानी परिसर अहिले झारजङ्गल, फोहोर र बेकारका थुप्रोले ढाकिएको छ। त्यहाँ दुर्ब्यसनीहरूको आवतजावतले वातावरण झन् बिग्रिएको छ, जसले समुदायमा चिन्ता थपेको छ। स्थानीयहरूले सरोकारवाला निकायहरूलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनीहरूको माग छ यो सम्पदालाई संरक्षण गरी पर्यटन र आर्थिक सम्भावनाको केन्द्र बनाइयोस्। उपेक्षा नगरिएको भए, कोलाटोली खानेपानी आज पनि उदाहरणीय सम्पदा बन्न सक्थ्यो।

भारत–पाकिस्तान युद्धले नेपालमा पार्न सक्ने प्रभाव

Image
२४ बैशाख,झापा दक्षिण एशियामा भारत र पाकिस्तानबीचको द्वन्द्व केवल दुई मुलुक सीमित समस्याको कुरा होइन। यसले सम्पूर्ण क्षेत्रको स्थायित्व, सुरक्षा र आर्थिक अवस्थालाई प्रत्यक्ष वा परोक्ष रूपमा असर पार्ने सम्भावना रहन्छ। विशेषतः नेपाल जस्तो छिमेकी मुलुकका लागि यसको प्रभाव बहुआयामिक हुन सक्छ। १. आर्थिक झटका नेपालको अधिकांश व्यापारिक निर्भरता भारतमाथि रहेको छ। भारत–पाकिस्तान युद्धका कारण भारतको सिमाना बन्द भएमा वा ढुवानी सेवा प्रभावित भएमा नेपालमा अत्यावश्यक वस्तुहरूको अभाव, मूल्यवृद्धि, र आर्थिक असन्तुलन उत्पन्न हुन सक्छ। यस्तै, विदेशी लगानीकर्ताहरू पनि क्षेत्रीय अस्थिरताका कारण नेपालजस्तो सानो अर्थतन्त्रबाट पन्छिन सक्छन्। २. सुरक्षा चुनौती र कूटनीतिक दबाब नेपालले सधैं तटस्थ परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। तर युद्धको अवस्थामा भारत वा पाकिस्तान दुबैले समर्थनको अपेक्षा गर्न सक्छन्। यसले नेपालको कूटनीतिक सन्तुलनमा दबाब सिर्जना गर्छ। साथै खुला सिमानाका कारण गैरकानुनी गतिविधि, हतियार ओसारपसार, वा शरणार्थीको प्रवेशजस्ता जोखिम बढ्न सक्छन्। ३. विदेशी रोजगारीमा असर भारत र पाकिस्तानमा कार्यरत हजा...

सबुको जन्मदिनमा राहत कोषमा सहयोग

Image
झापा,बैशाख २३  टिकटक कलेक्सन,चाइना मार्केट र बिरयानी हाउसकी सञ्चालक बिर्तामोडकी ब्यबसायी सबु चुडालले आफ्नो जन्मदिन विशेष तरिकाले मनाएकी छन्। समाजप्रतिको जिम्मेवारी महसुस गर्दै उनले श्रीमान् शिव चुडालसँगै बिर्तामोड उद्योग वाणिज्य संघमा पुगेर संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा सहयोग प्रदान गरिन्। जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिन्। उक्त अवसरमा सबुले हरेक वर्ष जन्मदिनको दिन कोषलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्, जबसम्म कोषमा एक करोड रुपैयाँ पुग्दैन। श्रीमान् शिव चुडालले पनि यस्तो सामाजिक पहलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा आफू र परिवारका सदस्यहरूको जन्मदिन पनि यस्तै गरी मनाउने वाचा गरे। “कमाएको आम्दानीको केही अंश समाजका लागि खर्च गर्नुपर्छ,” सबुले भनिन्, “यो कोष हामी सबैका लागि हो यसमा योगदान गर्न हामी सबै मिलेर अघि सर्नुपर्छ।” उनले भनिन् । कार्यक्रमका सञ्चालक तथा संघका सचिव राजकुमार शाहले सबु र शिवलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए। कदरपत्र संघका अध्यक्ष न्यौपाने र कोष संयोज...

विदेश जाने सपना अधुरै स्कुटर दुर्घटनामा अनिल लिम्बुको मृत्यु

Image
२२ बैशाख,झापा बैदेशिक रोजगारीको सपना बोकेर फर्कदै गरेका अनिल लिम्बुको स्कुटर दुर्घटनामा परी ज्यान गएको छ। भद्रपुर नगरपालिका–२, गौरीशंकरका ३५ वर्षीय लिम्बु आइतबार राति स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा प्रादेशिक अस्पताल, भद्रपुरमा उनको निधन भएको हो। दुर्घटना राति करिब पौने ९ बजे मेची राजमार्गअन्तर्गत भद्रपुर–४ को बाहुन गाउँ नजिकै स्कुटर अनियन्त्रित भई नालामा खस्दा भएको हो। प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर दमक–२ का २९ वर्षीय रबिन फुयलले चलाइरहेका थिए। फुयल सकुशल रहेका छन् भने सोही स्कुटरको पछाडी सवार लिम्बूलाई टाउकोमा गम्भिर चोट लागेकोले उपचारको लागि प्रादेशिक अञ्चलअस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यू भएको जनाईएको हो। लिम्बु विदेश जान बिर्तामोडको म्यानपावर कम्पनी पुगेपछि फर्कंदै थिए। स्कुटर चालक फुयल उनलाई घर छोड्न आएका थिए। भीषण वर्षा र बिजुली नहुँदा देखिन कठिन भएको बेला स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। स्कुटर र चालक प्रहरीको नियन्त्रणमा छन्।

अध्यक्ष गिरीद्वारा ब्यवसायी राहत कोषमा ५१ हजार सहयोग

Image
   झापा, वैशाख २१ झापा गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष तथा कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको 'व्यवसायी सदस्य राहत कोष'मा ५१ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्। व्यवसायीहरू आपत्-विपत् परेका बेला तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको हो। सोही कोषमा योगदान दिँदै गिरीले आफ्नो जन्मदिनको अवसरमा उक्त सहयोग गरेका हुन्। गिरीले आफूले प्रत्येक जन्मदिनमा सो कोषमा ५१ हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, उनले अन्य व्यवसायीहरूलाई पनि यस्तो सामाजिक उत्तरदायित्वमा सहभागी हुन आह्वान गरे। संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गर्दै गिरीले कोषको पहलको प्रशंसा गरे। सो अवसरमा संघले गिरीलाई कदरपत्रसहित सम्मान पनि गरेको थियो। सम्मानपत्र संघका अध्यक्ष न्यौपाने, महासचिव कुशल खतिवडा तथा राहत कोष संयोजक राजकुमार घिमिरे (राजु) लगायतले संयुक्त रूपमा प्रदान गरेका थिए।

बिराटपोखर टोल विकास संस्थाको अध्यक्षमा खगेन्द्र संग्रौला सर्बसम्मत

Image
२० बैशाख,झापा बिर्तामोड-३ स्थित बिराटपोखर टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनबाट खगेन्द्र संग्रौला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। नौ सदस्यीय  कार्यसमिति समेत चयन गरिएको उक्त अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचन मण्डलका संयोजक केशव प्रसाईले अन्य पदाधिकारीको घोषणा गर्दै उपाध्यक्षमा अर्जुन उप्रेती, सचिवमा दिपेश प्रसाई, सह-सचिवमा लुखी राम सोरेन, कोषाध्यक्षमा संगिता थापा तथा सदस्यहरूमा सोमनाथ अधिकारी, साबित्रा राजबंशी, श्रृजना खतिवडा र फूलचन मर्डी सर्वसम्मत रूपमा चयन भएको जानकारी दिए।  मण्डलमा महेन्द्र शिवाकोटी र कुमार बुढाथोकी पनि सदस्य थिए। अधिवेशनअगाडि अध्यक्ष मन प्रसाद उप्रेतीको अध्यक्षता र बिर्तामोड -३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव पर्शुराम कडरियाले प्रस्तुत गरेका थिए। प्रगति प्रतिवेदन अनुसार टोलका विभिन्न स्थानमा ६ वटा ३० वाट क्षमताका सडक बत्तिहरू जडान गरी रात्रिकालिन आवत जावत सहज गरि सुरक्षा सुनिश्चित गरिएको, सडक मर्म...

नकलबन्दा स्पोर्टिङ्ग क्लबले पायो नयाँ नेतृत्व,अध्यक्षमा भक्त गुरुङ चयन

Image
२० बैशाख,मेचीनगर  नकलबन्दा स्पोर्टिङ क्लब मेचीनगरको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन्। क्लबको पहिलो साधारणसभा बिहीबार नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको थियो। दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा भक्त गुरुङ्ग सर्वसम्मत चयन भएका हुन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का रहेका छन्। त्यस्तै, सदस्यहरूमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भएका छ । नवगठित कार्यसमितिको शपथ तथा उद्घाटन समारोह संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की उपस्थित थिए। सो अवसरमा वडा सदस्य पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान सदस्य मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारीका अध्यक्ष केशरप्रसाद तिम्सिना, पूर्व अध्यक्ष होमराज गुरुङ्ग, संस्थाका सल्लाहकार संयोजक पर्शुराम पराजुली, समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजसेवी रामबहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो। मि...

प्रसाई मार्केटमा व्यवसायी उपसमिति गठन,संयोजकमा चन्द्रप्रसाद प्रसाई

Image
झापा, वैशाख २०   बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा प्रसाई मार्केट व्यवसायी उपसमिति गठन गरिएको छ। व्यवसायी एकता र सहकार्यको उद्देश्यले गठित यस २७ सदस्यीय उपसमितिमा सल्लाहकार समेत समावेश छन्। संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलाले उपसमिति गठन गरेको हो। उपसमितिको कार्यकाल बिर्तामोड उद्योग वाणिज्य संघ सरह नै रहने बताइएको छ। पदाधिकारीहरू यस प्रकार छन्: संयोजक: चन्द्रप्रसाद प्रसाई सह–संयोजक: शत्रुधनप्रसाद गुप्ता सचिव: पंकज कुमार मित्तल सह–सचिव: निकेश कुमार विहानी कोषाध्यक्ष: राजीव जैन सदस्यहरूमा श्यामसुन्दर वंशल, निरज वंशल, टीका गौतम, घनश्याम ढुङ्गाना, महादेव चौधरी, रवि वंशल, राकेश विन्दल, मो. एकताज, मोहन वंशल, हेमन्त अग्रवाल, विजयकुमार अग्रवाल, रोहित वंशल लगायत रहेका छन्। सल्लाहकार समितिमा हनुमान प्रसाद मित्तल, गीताराम ढुङ्गाना, जगदीश प्रसाद मित्तल, मन्जर अली, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, प्रेम प्रसाद अग्रवाल, विष्णु अग्रवाल, बेदप्रसाद अग्रवाल र राजु वंशल रहेका छन्। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले स्व...

झापामा संयुक्त पहिचानवादी मोर्चा गठन,७९ सदस्यीय समिति चयन

Image
१८ बैशाख,झापा झापा जिल्लाको बिर्तामोडमा संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ। डकेंद्रसिंह थेगिमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा जिल्ला समन्वय समिति गठन गरिएको हो। बिर्तामोडको चुम्लुङ हिम भवनमा आयोजित उक्त कार्यक्रममार्फत एल.बी. पालुङ्वाको संयोजकत्वमा ७९ सदस्यीय समिति र १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको घोषणा गरिएको हो। कार्यक्रममा खगेन्द्र माखिम ,ज्ञान बा गुरुङ लगायतका नेताहरूले पहिचान प्राप्ति र अस्तित्वको संरक्षणकालागि देशमा जनक्रान्ति आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, पालुङ्वा लगायतका नेताहरूले पहिचान र अधिकारका सवालमा अब अझ सशक्त र संगठित ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्निमाया मेचेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

राप्रपा उर्लाबारीको नगर अध्यक्षमा प्रतीक आर्चायको उम्मेद्वारी घोषणा

Image
  १८ बैशाख,मोरङ्ग उर्लाबारी नगरको बैशाख २०, २०८२ मा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगरको अधिवेशन नजिकिँदै गर्दा, संगठनको भविष्य निर्माण गर्ने ऐतिहासिक घडी आइसकेको छ। यही अवसरमा, युवाशक्ति र संगठनप्रतिको समर्पणको प्रतिक रूपमा, प्रतीक आचार्यले नगर अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। पूर्व मोरङ्ग जिल्ला युवक संगठनका उपाध्यक्षसमेत रहनुभएका आचार्य सामाजिक सेवामा सक्रिय, संगठनप्रति निष्ठावान् र स्पष्ट विचारधारा बोकेका जोशिला युवा हुनुहुन्छ। उहाँको नेतृत्वले राप्रपाको नगर संरचनामा नयाँ ऊर्जा भर्न सक्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्। अब संगठनलाई नयाँ युगमा लैजाने बेला आएको छ। सोच, शक्ति र सक्षम नेतृत्वको समायोजनको प्रतीक बनेका प्रतीक आचार्यले आफूलाई नगर अध्यक्षमा विजयी गराउन र संगठन सुदृढ बनाउन सम्पूर्ण मतदातालाई अपिल गरेका छन्।