Posts

Showing posts from June, 2024

बिर्तामोडको एसईई परिणाम कुन विद्यालयको कति ?( सूचीसहित)

Image
    १७ असार,बिर्तामोड बिर्तामोडका विद्यालयहरुको समग्र एसईई नतिजा यसवर्ष त्यति सन्तोषजनक नदेखिएको बताईएको छ । सामुदायिकसंगै केही संस्थागत विद्यालयकोसमेत शैक्षिक स्तर खस्किएको हो । केहीले उत्कृष्ट नतिजा निकाल्दा केहीको भने अत्यन्त कमजोर देखिएको छ । सगरमाथा आवासीय मावि सेकेन्डरी स्कुलका ८ जनामध्ये २ जना , रुद्र मेमोरियल इङ्गिलस आवासीय माविका १५ जनामध्ये ५ जना, सरस्वती एन्जल स्कुलले ५० जनामा ७ जना, बालकल्याण आवासीय माविका १२ जनामध्ये ४ जना, मनकामना सेकेन्डरी स्कुलका ५५ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन् । उत्कृष्टता हासिल गर्दै आएका बिर्तामोडका केही विद्यालयहरुले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएका छन् । सामुदायिकतर्फ मोहनमाया माविले १४७ जनामा १२२ जनालाई उत्तीर्ण गराएको छ । त्यस्तै संस्थागततर्फ न्यूटन्स एजुकेसन एकाडेमीले ११३ जनामध्ये १०७ , लिटल फ्लावर्स इङ्गिलस स्कुलले १३६ जनामध्ये १२६ , एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीले २२ जनामध्ये २१ , अनारमनी लिवर्टी स्कुलले ३१ जनामध्ये ३० , अबाकस बोर्डिङ स्कुलले ११ जनामध्ये १०, ग्लोरी इङ्गिलस स्कुलले १८ जनामा १७ ,ग्रीनफिल्ड स्कुलले ३४ जनामा ३३ ...

बिर्तामोडको खाद्य गोदाम परिसरमा यूवा झुन्डिएको अवस्थामा फेला

Image
  १६ असार,बिर्तामोड  झापा बिर्तामोडको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। । पाँचथर थालेलुङ गापा वडा नम्बर ४ घर भई असार १२ गतेदेखि बिर्तामोडमा सानीआमासंगै बस्दै आएका २३ वर्षीय अर्पण साउदेन आज बिहान ५ः३० बजेको समयमा खाद्य गोदामको कम्पाउण्डभित्र रहेको आँपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेका हुन् । तुलसा लुवा लिम्बू मृतक साउदेनको सानीआमा हुन् भने उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिर्तामोड शाखा प्रमुख हुन्। । इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी पाउनसाथ प्रहरी टोली खटिगई शबलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इप्रका बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताएका छन् ।

राष्ट्रिय धान दिवश बन्छ पर्यटक भित्र्याउने माध्यम

Image
 १५ असार,झापा राष्ट्रिय धानदिवशलाई देशबिदेशमा प्रचार प्रसार गरेर योजनाबद्ध तरिकाले पर्यटक भित्र्याउने माध्यम पनि बनाउन सकिन्छ ।

बिर्धाथीलाई रोपाई सिकाईदै बिर्तामोड-१० का दुई बिद्यालयमा धान दिवश

Image
   १५ असार,झापा  बिर्तामोड-१० स्थित सैनिक बजार  सिर्दाथ शिक्षा सदन र बिष्णु भगवती बोर्डिङ्ग स्कूल  बिराटपोखरमा बिर्घाथीहरुलाई धान रोप्न सिकाईदै असार १५ अथवा राष्ट्रिय धान दिवश मनाईएको हो। तस्बिर:संजाल

बिर्तामोडका दुईजना सर्बियामा बन्धक,फिरौती माग

Image
   १५ असार,झापा  बिर्तामोड झपाका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी युरोपमा पर्ने सर्बियाको जंगलमा बन्धक बनाइएको उनीहरुका आफन्त तथा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला राजवंशीले बताइन् । उनीहरु मेचीनगर इटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेललेनै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका पति नरेश राजवंशी रोमानियामा छन् । उनीमार्फत राजवंशीद्वय गएको बताइएको हो । बन्धक बनाएको खबरपछि घरका सबै सदस्य चिन्तित बनेको बताउँदै आज बिहान एजेन्ट सपनालाई घरमा बोलाएको कार्यपालिका सदस्य शर्मिलाले जानकारी दिइन् । बन्धकमा परेका उनीहरुलाई ज्यान मार्ने धम्की दिएपछि राजवंशी परिवार तनावमा परेका छन् । हिजोदेखि रातिसम्म लगातार टेलिफोन गरेर त्यस्तो धम्की दिएको परिवारले जनाएका हुन् । बन्धक बनाएको भनिएका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको...

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक पक्राउ

Image
  १४ असार,काठमान्डौं पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार रहेका थिए ।  ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। सोही प्रकरणमा  उनको खोजी भैरहेको थियो।

झापामा एक बद्धाको घारिलो हतियार प्रयोगगरि हत्या

Image
    १४ असार,झापा  झापामा एक बृद्धाको हत्या भएको छ। भद्रपुर नगरपालिका वडा नं- २ डिगाउँमा धारिलो हतियार प्रहार गरी । उनको हत्या भएको हो ।  शुक्रबार  दिउँसो ३ः३० बजेको समयम भद्रपुर नगरपालिका वडा नं.-२ डिगाउँमा सोही ठाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङलाई स्थानीय अन्दाजी बर्ष ३५–४० का राजेश तामाङले धारिलो हरियार सिक्कल प्रहार गरी हत्या गरेका हुन् । गौरीमायाको घरमा  राजेशले धारिलो हरियार प्रहार गरेका र उनले सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गर्दा गौरीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो ।   राजेशलाई खेतवारीमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय पृथ्वीनगरले नियन्त्रणमा लिएको जनाईएको छ भने हत्या गर्नुको कारण  खुल्न नसकेको र सो सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको हो।

झापाकी एक्ली उत्कृष्ट कुशिका बस्नेतले ल्याईन ४ जिपिए

Image
१३ असार,झापा एसईई परीक्षा २०८० मा झापा  दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा कुशिका बस्नेतले ४  जिपीए प्राप्त गरेकी छिन् ।   बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले जानकारी गराए ।  ओमप्रकाश राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र उतिर्ण परिक्षार्थी रहेको जनाईएको हो। त्यस्तै बुद्धशान्ति -३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना बरालले यस पटकको एसईईमा ३.९१ जिपिए ल्याएर बुद्धशान्तिकै सबैभन्दा बढि जिपिए ल्याउने उर्तिण विद्यार्थी बनेको जनाईएको छ। त्यस्तै झापा गाउँपालिका ४ स्थित श्री डिल्लीराज माध्यमिक विद्यालयबाट एसईई २०८० मा ३.९१ जिपिए ल्याएर झापा गाउँपालिका भरीबाट उत्कृष्ट सकिल अहमद हक बनेको जनाइएको छ। २०८० को एसइइमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल भने शून्य आएको छ । महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जना परीक्षर्थीहरु ए...

मेचीनगर-३ मा मृत्त हात्ती फेला परयो

Image
१३ असार,मेचीनगर मेचीनगर -३ धरधरे खाेला तथा खारखाेला क्षेत्रमा आज विहान स्थानीय वासीहरूले मृत फेला पारेका हुन। उक्त हात्ती भाले अल्पवश्यक जनाईएको हो ।

पेस्तोल सहित बिर्तामोड-७ बाट एक व्यक्ति पक्राउ

Image
    १३ असार,बिर्तामोड झापा बिर्तामोडका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली हुन् ।  पेस्तोल घरमा राखेर आफ्नै भाउजू गीता पराजुलीसँग झगडा गरिरहेका पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।  ७ बजे सॉझको समयमा भाउजूसँग झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठा लगायत आसपासको एरियामा तलासी लिँदा लुकाइ छिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल भेटाएको प्रहरीले जानकारी गराएको छ ।  पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी गराए। 

यस बर्षको एसईईमा ५२.१४ प्रतिशत अनुर्तिण

Image
  १३ अतार,काठमाडौं १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका  दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए। ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्।  कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बताइएको छ। प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका,२०७८ अनुसार नतिजा सार्वजनिक भएको बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उनले जानकारी दिए। आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रति...

नाला जाम हुँदा बिर्तामोडको पच्चिस पसलमा क्षति

Image
  ११ असार, बिर्तामोड गए राती परेको भारी वर्षाले झापा बिर्तामोडमा दुई दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ । बिर्तामोड स्थित विशाल मार्केट र प्रसाईं मार्केटका दुई दर्जन भन्दा बढी  पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो ।  जम्मा गरेर बिशाल मार्केटका अठार र प्रसाईं मार्केटका आठवटा पसलमा पानी पसेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी गराए उनका अनुसार पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुलाई २० हजारदेखि डेढ लाखसम्म क्षति पुगेको भनाई छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा क्षति पुगेको खतिवडाले जानकारी दिए । पानीले क्षति पुगेपछि बिर्तामोड नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाइ छ भने ड्रेन (नाला) जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसे र क्षति भएको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको समेत बताए । अविरल वर्षापछि व्यवसायीहरुको व्यापारस्थलमा पानी जम्दा आज दिनभरको व्यापार पनि प्रभावित भएको वाणिज्य संघका सदस्य शत्रुघनप्रसाद गुप्ताले बताए।

एसईईको नतिता बिहिबार सार्बजानिक हुन सक्ने

Image
  ११ असार, काठमाण्डौं एसईई को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी भएको छ।  राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्बजानिक गर्ने तयारी गरेको हो। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। उनका अनुसार  कार्यालयले तयार पारेको कार्य योजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको  बताए। परीक्षा नियन्त्रक पौडेलका अनुसार, असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो तथापि तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ । बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।
बिर्तामोड-१० बिराटपोखामा स्कुटी र मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका छन्।  सोमबार बिहान

झापामा चट्याङ्गको कारणले दुई जनाको मृत्यु

Image
  ११ असार,झापा झापामा  चट्याङका कारण दुईजनाको मृत्यु भएको छ। आज बिहान चट्याङ्गले मृत्यु हुनेमा कमल गाउँपालिकाका ४६ वर्षे राजन खड्का र गौरीगन्ज गाउँपालिकाका ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएका हुन् । उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पतालमा उपचारको लागि पुरयाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  त्यस्तै गौरीगन्ज गाउँपालिका–३ मा  खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ रहेको छ ।

बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार

Image
  १० असार,बिर्तामोड   झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को लागि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ रु १३ करोड ९८ लाख, प्रदेश समानीकरण तर्फ रु १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँड रु १ करोड चौतिस लाख २० हजार, आन्तरिक श्रोत तर्फ रु २० करोड ५० लाख, जग्गा रजिष्ट्रेशन तर्फ रु १२ करोड, संघीय सशर्त चालू रु २९ करोड ८ लाख ६३, हजार, संघीय संशर्त पूजीगत रु ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदान रु ३ करोड, प्रदेश सशर्त चालू रु ९४ लाख ४६ हजार, प्रदेश पूँजीगत सशर्त रु १ करोड ४१ लाख, प्रदेश समपूरक रु १ करोड ३० लाख र जनसहभागिताबाट रु २ करोड गरि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजारको बजेट प्रस्तुत गरिएको हो ।

बुद्धशान्तिका बिर्धाथी कुट्ने शिक्षकले मागे माफी,उपचार गरिदिने

Image
  १० असार,झापा    बुद्धशान्ति-१ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीले माफी माग्दै घाइते बिद्यार्थीहरुको उपचार गरिदिने भएका छन् । उनले आईतवार विद्यालयका बिर्धाथीहरुलाई निर्घात कुटपिट गरेका हुन्। सोमबार बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा भएको सर्वपक्षीय छलफलमा भण्डारीले माफी माग्दै घाइते विद्यार्थीहरुको उपचार गरिदिने सहमति जनाएको प्रहरी नायव निरीक्षक भीम मगरले जनाए । कुटाइ खाने विद्यार्थी भने बुधबारे सिटी हस्पिटलमा उपचार गराईरहेका छन्। शिक्षक भण्डारी लाई बुद्ध आदर्श माध्यमिक विद्यालयले कार्वाही गर्ने भएको छ । कार्वाही गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो विद्यालयको बैठक बोलाइएको छ । प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले शिक्षक भण्डारीलाई निष्कासन गर्ने विषयमा छलफल गर्ने बताएका हुन् । डिसिप्लिन इन्चार्ज रहेका शिक्षक भण्डारीले कक्षा ७ मा अध्ययनरत १५ जना विद्यार्थीलाई निर्घात पिटेका हुन् ।  विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको हो । भण्डारीले रबरको पाइप ...

बिर्तामोडको ग्यारेजमा आगलागी,नौ लाख बराबरको क्षति

Image
  ९ असार,बिर्तामोड  बिर्तामोडको अर्जुनधारा-११ मा रहेको  नयाँ बसपार्कको एक ग्यारेजमा आगलागी भएको र आगलागी नियन्त्रणमा आएको साथै  आगलागीबाट करिव रु.नौ लाख बरावरको धनमाल जलेर नष्ट भएको  अनारमनी इप्रकाका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी गराए । आइतबार बिहान ७ः३५ बजेको समयमा नयाँ बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको जनाईएको हो भने बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आगो नियन्त्रणमा आएको जनाईएको हो।

कचनकवलमा ऑपको विषयमा झडप,सात घाईते

Image
 ९ असार,झापा  झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ ।  शनिबार बेलुका कचनकवल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएको जनाईएको हो।  कुटपिट बाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ को समसोधिन मिया घाइते भएका हुन ।  सबै घाईतेहरुलाई उपचारका लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा ल्याईएको छ भने सबैको अवस्था सामान्य रहेको जनाईएको  छ ।  सो स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायव निरीक्षक र बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक समेतको टोली सुरक्षार्थ खटिएको प्रहरीले जनाइएको हो।

करण परियार नेपाल आईडल सिजन-५ को बिजेता

Image
८ असार,काठमाण्डौं एपिवान टेलिभिजन रियालिटि शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। परियारले प्रतिष्पर्धी   पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै शनिबार उपाधि जितेका हुन्। परियारले  २५ लाख नगद,ट्रफी र थुप्रै उपहारहरू प्राप्त गरे।  बिजेता मध्ये फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने भने गुरुङले नगद १० लाख  र ट्रफी जिते । विश्वकर्माले नगद ५ लाख सहित ट्रफी हात पारेका हुन्। विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरे। नेपालको एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको हो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना को सहभागिता रहेको जनाईएको हो। 

बिर्तामोड-१० का प्रथम न्युम्रोलोजी गुरु कृष्ण प्रसाद उप्रेती

Image

मेचीनगरमा मोटरसाईकल दुर्घटना एकको मृत्यु,दुई घाईते

Image
  मेचीनगर,झापा  ८ असार,झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ भने दुइजना घाईते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनु भयो ।  मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाईएको हो । मोटरसाइलकमा तीन जना सवार रहेका र । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो।

बिर्तामोड-१० को मन्दिर सरसफाईमा जुटे स्थानिय

Image
  ७ असार,बिर्तामोड बिर्तामोड-१० बिराटपोखरको आश्कोथाको देबी मनकामना काली मन्दिर स्थानियले सफा गरेका छन् । मन्दिर समितिको अगुवाइमा स्थानियले मन्दिर वरपर उभिएको झार .पात उखेलेर फ्याकेको मन्दिर समिति सचिव मिलन आलेले बताए। तस्बिर:सर्जू 'संसार'

असार पन्ध्रको तयारीले किसान खुशी

Image
  ५ अजार,बिर्तामोड असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवश नजिकिदै जादा किसानहरु उत्साहित बनेका छन् ।

बिर्तामोड-१० को एक टोलबिकाश समितिमा महिला मात्र चयन

Image
  ५ असार,बिर्तामोड बिर्तामोड-१० को एक टोल बिकाश संस्थामा महिला पदाधिकारी मात्र कार्यसमितिमा सर्बसम्मत चयन भएका छन्। बिर्तामोड-१० स्थित बिराटपोखर टोल बिकाश संस्थामा अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्य समेत गरि नौ जना कार्यसमिति पदाधिकारीहरु महिला मात्र सर्बसम्मत चयन भएको सोही  समितिमा गठित सल्लाहाकार समिति सदस्य कृष्ण प्रसाद उप्रेतीले जानकारी दिए। गठित समितिमा महिला मात्र चयन भएता पनि सल्लाहाकारहरु भने सबै पुरुष चयन भएको उपेतीले जनाए । नवगठित पदाधिकारीहरुमा श्री कृष्णा कुमारी शर्मा प्रसाई अध्यक्ष, राधिका संग्रौला उपाध्यक्ष,दिपा दंगाल प्रसाईं सचिब,भावना अधिकारी सहसचिव,चण्डिका सिटौंला कोषाध्यक्ष,शोभा न्यौपाने सदस्य,बसन्ती मुसहर सदस्य,लुसो राजबंशी सदस्य र मुना कँडेल सदस्य  रहेका छन् ।      २०८१-०३-०५ गते बुधबारका दिन बिर्तामोड नगरपालिका वडा नं -१० बिराटपोखर टोल विकास संस्थाको प्रथम साधारणसभा तथा अधिबेशन श्री रघुनाथ पाठकको अध्यक्षयतामा  बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङको  प्रमुख आतिथ्यता र १० न. वडा सदस्य पृथ्वी ब.बस्नेतको आतिथ्यता एंव बिर...

बिर्तामोड मूक्ति चोकको नजिक भेनको ठक्करबाट महिलाको मृत्यू

Image
  ५ असार,बिर्तामोड  मंगलबार बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ च६६१३ न को पिकअप भेनले बिर्तामोडमा वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिदा   सख्त घाइते भएकी मोरङ रतुवामाई-८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो । ठक्कर दिने मे. १ च ६६१३ नम्बरको भेन र चालक बिर्तामोड १ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यधिक बर्षाले हरियो साग सब्जीको भाउ बृद्धि

Image
  ५ असार,झापा अत्यधिक बर्षा हुन थालेपछि झपामा हरियो तरकारीको भाउ आकाशिएको छ। बर्षातमा हरियो साग सब्जी  उब्जाउन गार्हो हुने कृषकहरु बताँउछन् । हरियो साग सब्जीको आपूर्ती केही हद सम्म अब पहाडी क्षेत्रबाट कात्तिक सम्म हुने गर्दछ। पहाडबाट हरियो काक्रा,इस्कुसको मूण्टा,फर्सी,रायोको साग,इस्कुस,मूला बन्दाआदी प्राप्त हुने गर्दछ।

भारतको पश्चिम बंगालमा रेल दुर्घटना,आठको मृत्यू

Image
  ४ असार,झापा भारतको पश्चिम बंगालको न्यू जलपाईगुडिमा यात्रुबाहक रेल दुर्घटनामा परेको छ। दुर्घटनामा सियालदह हिडेको कञ्चनजगा एक्सप्रेस रेललाई एउटा मालबाहक ट्रेनले पछाडीबाट ठक्कर दिएको हो। कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एक आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा कञ्चनजङ्गा एक्सप्रेसको कयौं डिब्बा पटरीबाट झरेको छ भने आठजना यात्रुको मृत्यू भएको र केही घाईते भएको जनाईएको छ ।  घाईतेहरुको उद्धार तथा उपचार भै रहेको भारतीय संचार माध्यमहरुले जनाएको हो। दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जन बढी यात्रु घाइते भएको जनाए।

बर्षाले कल्भर्ट भत्किदा केचना-भद्रपुर सडक अवरुद्ध

Image
    २ असार,भद्रपुर वर्षाले कल्भर्ट भत्किदा मेची राजमार्गको केचना–भद्रपुर सडकखण्ड अवरुद्ध भएको छ । हिजो राती परेको अबिरल  वर्षाले भद्रपुर नगरपालिका–१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर लामो कल्भर्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । सडक अवरुद्ध भएकोले भद्रपुरबाट कचनकवल जाने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । अहिले साना तथा ठुला सवारीसाधनहरू बैकल्पिक मार्ग अपनाएर भद्रपुरको सगरमाथा चोक वा सोमबारे चोकबाट पश्चिम हुँदै कचनकवलतर्फ गइरहेको बताइएको छ ।

बिर्तामोडको होटलमा भेटिए एक व्यक्ति मृत

Image
  २ असार,बिर्तामोड  बिर्तामोडको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।  इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी बर्ष ३८ को कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।  बैदेशिक रोजगारीको क्रममा  मलेसियाबाट फर्केर उनी गत जेठ २८ गतेदेखि सो होटलमा बसेको जनाइएको हो।  बिर्तामोड इलाका प्रहरी कार्यलयका डिएसपी प्रकाश बिष्टका अनुसार होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आउनथालेपछि हिजो बेलुका ढोका फोडेर हेर्दा उनी झुन्डिएको अबस्थामा  भेटिएका हुन्। शेर्पा केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ भने । मृतकका आफन्त बोलाई शवको सनाखत गरी पोस्टमार्टममा पठाउने र परिवारको जिम्मा लगाउने तयारी भैरहेको डिएसपी विष्टले जानकारी गराएका छन् । 

कन्काई वडा न. ६ अध्यक्षको निधन

Image
  २ असार,झापा झापाको  कन्काई   नगरपालिका-६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १:५० बजे निधन भएको छ । थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेका हुन् । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी गराए । थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वडा कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने समेत नगरप्रमुख पोखरेलले बताएका हुन् ।