Posts

Showing posts from July, 2024

पंच तत्वमा बिलाए शास्त्रीय संगीतका गुरु कामत

Image
  १७ साउन,झापा शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे ६९ बर्षिय कामनको निधन भएको छोरा समीर कामतले जानकारी गराए । उनी निकै लामो समयदेखि मृगौला रोगबाट पिडित थिए। कामतको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।  शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको हो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि कामत सपरिवार काठमाण्डौबाट केहीदिन अघि मात्र आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका हुन् । जन्मथलो फर्किएको केही दिनमै उनको मृत्यू भएको जनाईएको हो।

बिर्तामोडको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी,एक घाइते

Image
१६ साउन,बिर्तामोड बिर्तामोडमा रहेको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ । आज दिउँसो करिब ४ बजे कन्काई अस्पतालको क्यान्टिनमा  ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।  आगलागीबाट सो क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका वडा नम्बर-६ बस्ने ४१ वर्षीया सिता धमला घाइते भएकी छन् । उनको दुबै खुट्टामा सामान्य आगोले पोलेर घाइते भएकी धमलाको सोही अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको बिर्तामोड प्रहरीले जनाएको छ। त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान,एउटा सिलिन्डर र एउटा र्याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ भने प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा  आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाईएको हो।

मेची प्रादेशिक अस्पतालमा एक कर्मचारी मृत भेटिए

Image
१६ साउन,झापा मेची प्रादेशिक  अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार  बिहान  मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवन भित्र मृत भेटिएका छन् । उनी  ८:५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो। भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए। सीसी टिभी फुटेज हेर्दा शर्मा गत राती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ। त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ।  आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाईएको हो।

काकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यू

Image
  १६ साउन,झापा काकरभिट्टाको प्रहरी हिरासत भित्र रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका-७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी गराए ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १ः५५ बजे मृत्यु भएको हो । साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागू औषध मेचीनगर नगरपालिका ७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी  काँकरभिट्टासम्म पुर्‍याई दिनु भनी पठाएको खुलेको थियो । ...

बाटो मर्मत नर्गदा बिर्तामोडको शनिश्चरेरोड तनाव ग्रस्त

Image
     १५ साउन,बिर्तामोड बिर्तामोडको शनिश्चरे रोडमा स्थानीयले सडकअवरुद्ध गरेका छन् । शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटोमा मङ्गलबार बिहान स्थानीयबासीले बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध गरेका हुन् । सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण पक्षले ढिलासुस्ती गरेका कारण आवागमनमा समस्या पैदा भएको र सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन दबाब सृजना गर्ने उद्देश्यले सडक बन्द गरिएको स्थानीय व्यबसायी निरज चुडालले बताए । केही सञ्चारमाध्यमहरूले प्रायोजित रुपमा टाटा सोरुमबाट शनिश्चरेसम्म कालोपत्रे गरेको भनी झुटा समाचार समेत प्रसारण गरेको भन्दै जनताको भावनामाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन भन्दै स्थानीय राजेश पौडेलले आक्रोश व्यक्त गरे । सडक अवरुद्ध गर्नको लागि स्थानीय १५ जना युवाहरू सडकमै तैनाथ रहेका हुन् । यस अघि पनि हिजो सोमवारबाटै सडक अवरुद्ध गरेर विरोधमा उत्रन लाग्दा ठेकेदार कम्पनीले काम तत्काल थाल्ने जनाएको भएपनि काम सो अनुसार नभएकाले बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानिय बासिन्दाले जानकारी ग...

झापामा बाबुको किरिया बसेका छोराको निधन

Image
१५ साउन, झापा  आफ्नो स्वर्गीय बुवाको १३ दिनको काज किरियामा बसेका झापा शिवसताक्षीका एक व्यक्तिको निधन भएको छ । बुबाको काज किरियाको आठौं दिनमा उनको मृत्यू भएको हो। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो । काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारिक श्रोतले जनाएको छ।

पूर्व राष्ट्रिय फुटबलर गम्भिर राईको निधन

Image
    १४ श्रावण,झापा भद्रपुर-१० चन्द्रगढी बजार निवासी  पूर्व राष्ट्रिय  फूटबलर गम्भिर राईको ५६ वर्षको उमेरमा  उपचारको क्रममा निधन भएको छ । पूर्व  राष्ट्रिय  फुटबल खेलाडी राईको  बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।  बिगत केही दिनदेखि बिरामी राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए ।   २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका हुन् । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए । राईले एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरि सकेका हुन् । झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका हुन् । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए । फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर...

जग्गाको विषयमा बाह्रदशीमा बिबाद एघार जना घाईते

Image
  १० श्रावण,झापा जग्गाको विषयमा विवाद हुँदा झापामा  ११ जना घाइते भएका छन् ।  बिहीबार बिहान साढे ११ बजे झापा बाह्रदशी गाउँपालिका-३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको हो । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका हुन् । झडपमा परी बाह्रदशी-३ का अजयकुमार शाह, नितानन्द साह, रेखानन्द साह, चाँदनी साह, पद्मादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह र उनका छोरा सञ्जीव साह, विवेक साह र मुनाखरी साह घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको हो । घटनाअनुसार ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद भइरहेको थियो । दुवै पक्षलाई बिहीबार छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियो । तर, उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी गराए । उनीहरूबीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास...

करेन्ट लागेर झापाको कचनकवलमा शाहको मृत्यु

Image
    १० श्रावण,झापा करेन्ट लागेर हिजो राती एकजनाको मृत्यु भएको छ ।  झापाको कचनकवल गाउँपालिका-४ का बिशाल कुमार शाहको करेन्ट लागेर मृत्यू भएको हो। बूधबार राती पौने ९ बजे उनको करेन्ट लागेर मृत्यू भएको हो ।  खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका शाहलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शाहको शवलाई पोस्टमार्टमका लागि पठाइने समेत प्रहरीले जनाइएको हो ।

सौर्य एयर दुर्घटनाःअठारको शव,एक जिबित (सूची सहित)

Image
  ९ श्रावण,काठमाण्डौं  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको शव फेला परेको  छ भने । क्याप्टेन शाहको भने जिबितै उद्धार गरिएको क्यानका प्रवक्ता  हंशराज पाण्डेले बताएका छन्।  जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको हो। उनले  जहाज दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको भने जिबितै उद्दार गरी उपचारका लागि अस्पताल लगिएको बताए। दुर्घटनामा परेकाहरू सबै एयरलाईन्स सम्बद्ध कर्मचारी र आफन्त रहेको जनाईएको हो ।  क्याप्टेनलाई भने उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको उनले भने । सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले  जहाजमा १९ जना  सवार रहेको बताए।  बिमानमा सवारको नामावली अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवाल र क्याप्ट...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

Image
९ श्रावण,काठमाण्डौं काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रनवेमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटनामा परेको हो। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणकले जानकारी गराएको छ भने बिमानका चालक क्याप्टेन मनिष शाह रहेको ह हुन्। जहाज दुर्घटनामा परेपछि दुर्घटनामा परेको जहाजमा आगो लागेको हो भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका हुन् । जहाजमा १९ जना यात्रु सवार रहेका जनाईएको छ भने बिमान दुर्घटनाको कारण हाल खुल्न नसकेको  प्रहरीले जनाएको छ। क्याप्टेन मनिष शाहलाई उद्धार गरेर अस्पताल लगेको जनाईए पनि जहाजमा सवार यात्रुहरुको अवस्था हाल केही थाहा हुन सकेको छैन ।

बुबाको हत्या आरोपमा हल्दीबारीमा छोरो पक्राउ

Image
   ८ श्रावण,झापा बाबुको हत्या आरोपमा प्रहरीले आफ्नै छोरालाई नियन्त्रणमा लिएको छ । हल्दिवारी गाउँपालिका वडा नम्बर-२ पाराखोपी बजार पूर्वका सुनिल राजबंशीलाई नियन्त्रणमा लिईएको हो। गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिईएको हो । झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको,अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले पनि बताए । सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोराबिच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत...

बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एकको मृत्यू

Image
  ८ श्रावण,झापा बिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एक व्यक्तिको कार्यलय परिसरमै मृत्यू भएको छ।  बिर्तामोड -१० सापडिग्री टोल विकास संस्था बस्ने  मनमाया गुरुङ्गको पति धन बहादुर गुरुङ्ग (पाँचथरे बुवा) को गत आइतबार मध्याह्न करिब १२:०५ बजे ९५ वर्षको उमेरमा बिर्तामोड नगरपालिका वडा न.-१० वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता  बुक नबिकरण गर्न आएको समयमा कार्यलय परिसरमै हृदयघातको कारण मृत्यू भएको १० न. वडा सदस्य पृथ्वी बस्नेतले जानकारी गराए। त्यस पछि उनलाई  तत्काल अटोमा राखेर घर लगिएको जनाईएको हो । वडा कार्यलयमा राम्रै अवस्थामा गफ गर्दै रहेका गुरुङ्ग कार्यलय परिसरकै अगाडीको घुमाउरो आराम घरमा आराम गर्दै रहेका बेला बेहोस भै मृत्यू भएको बिर्तामोड-१० बिराटपोखर टोल बिकाश संस्थाका पूर्व अध्यक्ष रघुनाथ पाठकले समेत बताए। पाठक सो समयमा वडा कार्यलयमै रहेका हुन्। मृतक गुरुङ्ग घरबाट परिवारका सदस्यहरुका साथमा वडा कार्यलय आएको जनाईएको हो।

नेवाः देय दबू बिर्तामोडको क्षमता अभिवृद्धि तालिम उद्घाटन

Image
  ७ श्रावण,झापा नेवाः देय दबू बिर्तामोड नगर समितिको आयोजनमा  बिर्तामोड क्षेत्रमा रहेका अफ्ना सदस्यहरूको क्षमता अभिबृद्धि तथा अभिमुखकरणको निम्ती  साउन  ७ गते देखि १७ गते सम्म हुने एघार दिने उदघोषण तथा क्षमता अभिवृद्धि र लाखे,ठयाकठुके सहित धिमे बाजा प्रशिक्षण कार्यक्रमको आज बिधिवत रूपमा उदघाटन भएको छ।    बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष    को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा अग्रज अतिथिहरुबाट शुभकामना मन्तव्य समेत राखिएको थियो।      नेवाः देय दबू बिर्तामोड नगर            समिति सचिव जीवन कुमार श्रेष्ठले प्रशिक्षण दिनुहुने कार्यक्रममा नगरमा रहेका समितिबाट मुख्य ...

डि कौडिन्य पुरस्कारबाट पत्रकारद्धय लामा र रेग्मी पुरस्कृत

Image
  ७ श्रावण,झापा डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको छ । देवकुमार आचार्य  (डि कौडिन्य)  ज नपक्षीय पत्रकारको    स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता,प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो । गत ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले दुइजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेसँगै पत्रकारद्धय रेग्मी र लामा पुरस्कृत हुनु भएको हो। बिर्तामोडको सिटि सेन्टरमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्वले नगद बयालिस हजारका साथै सम्मान पत्र प्राप्त गरेका हुन्। कार्यक्रमका   अध्यक्ष   राजु   पाठक  कार्य र्यक्रमका   प्रमुख   अतिथी  ने कपा   माओबादी   केन्द्रका   केन्द्रिय   सदस्य ,  कोशी   प्...

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

Image
  ७ साउन,झापा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ ।

झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ

Image
  ६ श्रावण,झापा झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार जना पक्राउ परेका छन् । कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटर चोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईप्रका सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको प्रहरीले जनाएको हो । रातीको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय नितेश बुडाथोकी,बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्ग मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका-४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए ।  चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड अनारमनीमा पठाइसकिएको प्रहरीले जनाएको हो ।  चोरी भएको उक्त समिल कनकाई नगरपालिका ६ बस्ने लक्ष्मण कार्कीले रेखदेख गर्दै आइरहेको बताइएको छ 

"पारीको होइन बारीको खाँउ" कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

Image
 - यज्ञराज श्रेष्ठ ६ श्रावण,बिर्तामोड बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो।  उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा संकलित तरकारीहरू बिर्तामोड कृषिथोक बजारमा रहेको मुख्य सङ्कलन केन्द्रमा जम्मा हुने र अन्य बिक्री केन्द्र र सङ्कलन केन्द्रबाट बिक्री बितरण गरीने गरि केन्द्रहरु संचालन गरिने भएको छ।   तरकारी उत्पादनमा लागेका  कृषकहरूलाई शुरुको बर्ष देखिनै नगरले  सिँचाइ,टनेल,मल्चिङ्ग,तरकारी बिउ,तालिम र अन्य सामग्रीमा सहयोग गरिरह...

साउन लागेसंगै मन्दिरमा दैनिक भजन कृतन

Image
  ६ श्रावण,झापा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरको मनकामना काली  मन्दिरमा साउन लागेसँगै दैनिक सोमबार बिहान र अन्यदिन बेलुका साउन महिना भरि पूजाआजा सहित भगवानको भजन कृतन गरिने पूजा संयोजक डिल्लीराम पाठकले जानकारी दिए।

गुरु पूर्णिमा पालनको सनातन धर्म सेवाको भब्य तयारी

Image
 ६ श्रावण,झापा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको आयोजनामा गुरु पूर्णिमा तथा ब्यास जयन्तीको अवसरमा भव्य अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ। प्रत्येक बर्ष गरिदै आएको अभिनन्दन कार्यक्रमको निरन्तरता अन्तर्गत यो एकचालिसौं अभिनन्दन कार्यक्रम रहेको जनाईएको हो। कमल गापा-३ स्थाई बसोबास भै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आध्यात्मिक चिन्तनका चिरपरिचित आर्चाय दुर्गा प्रसाद खतिवडालाई यो बर्ष गुरु पूर्णिमा तथा ब्यास जयन्तिको अवसर पारेर ब्यासका रूपमा अभिनन्दन गरिने संस्थाका सचिव लक्ष्मी दंगालले जानकारी गराए। बिर्तामोड-४ स्थित संस्थाको कार्यलय भवनमा कार्यक्रम आयोजना गरिने भएको हो। हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा उच्च श्रेणीमा राखेर हेरिने गरेको छ भने आजको २१२४ औं गुरु पूर्णिमा पालन हुदैछ।

राप्रपा नयॉ सरकारलाई विश्वासको मत नदिने पक्षमा

Image
  ५ साउन,काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मन्त्रीमण्डलका प्रधानमन्त्री के पी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नव गठित सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो । यसअघिका कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक र स्वागत योग्य मानेको थियो । राप्रपाले  भोलि आइतबार बिहान ११ः४५ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बारे बैठकबाट निर्णय गरिने राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची तय भएको जनाईएको छ ।

बंगलादेशका नेपाली बिर्द्याथी पूर्वी नाका झापाबाट फर्कदै

Image
५ श्रावण,झापा बंगलादेशमा चर्किएको आरक्षण सम्बन्धिको आन्दोलनको डरले नेपालको पूर्वी नाका झापा हुदैं बंगलादेशमा अध्ययनरत नेपाली बिर्धाथीहरुको नेपाल फर्कने क्रम पूर्बी नाकाबाट  हुदैं गरेको जनाईएको छ। झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउनेजाने गर्छन्। बेगलादेशमा आरक्षण सम्बन्धी आन्दोलन हिंसात्मक बन्दै गए पछि त्यहाका बिभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत झन्डै नब्बे जना नेपाली विर्द्याथीहरु पूर्वी नेपालको काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको अधिकारीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन्। पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भै रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। बाँस्तोलाका अनुसार काकरभिट्टाको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३-४ दिनदेखि पहिलाको भन्दा नेपाल फर्कनेको आँकडा केही बढेको भन्ने कुरा छ। हिजो करिब ६५ जना विद्यार्थीहरू सो नाका हुदै फर्किएको र आज २५ जना फर्किएको भन्ने तथ्याङ्क प्राप्त भएको भनाई रहेको हो । बाङ्ग्लादेशमा करिब तीन हजार नेपाल...

कन्काईमा काठ तस्करीको सकृयता बढ्दै

Image
   ५ श्रावण,झापा कन्काई नदीमा काठ तस्करीको सकृयता बढेको छ । सो नदी इलाम र झापा भएर बग्ने गरेको हो । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढे संगै १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको हो ।  अन्दाजी बिहान ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद गरेको हो । अन्दाजी १ लाख ५६ हजार मूल्य बराबरको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा संलग्न मानिसहरु गाडी र काठ छाडेर फरार भएका थिए । गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  हिजो बिहान पनि शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको अबस्थाम...

दुई महिना पछि साउदीबाट बिर्तामोड-९ का कँडेलको शव घर आउँदै

Image
४ श्रावण,झापा बैदेशिक रोजगरीको क्रममा साउदी अरबमा मृत्यू भएका बिर्तामोड-९ टाँगाबारी टोलका उन्ननचालिस  बर्षिय उमेश कँडेलको शव करिब दुई  महिना पछि आज झापा उनको' घरमाआईपुग्ने भएको छ। सउदी अरवको अल लोआङ्ग अल हैदित जेनरल कन्ट्रक्टिङ्ग इस्ड कम्पनीमा कार्यरत कँडेलको हृदयघातका कारण गत जेठ चौध गते सउदी अरबमा मृत्यू भएको कँडेलका पारिवारिक नाता समेत पर्ने छिमेकी यज्ञराज श्रेष्ठले जानकारी गराए। । श्रेष्ठका अनुसार कॅडेलको श्रीमति सहित एकजना तेरह बर्षकी छोरी रहेका छन्। गत वर्ष पुष बीस गते साउदी गएका उनी एजेन्टले भने जस्तो काम र भनेजति तलब  नदिएको गुनासो घरपरिवारसंग गर्ने गरेको र सो सम्बन्धि एजेन्टलाई गुनासो गर्दा एजेन्टले उल्टै थर्काउने गरेको घर परिवारसंग सुनाउने गरेको हुँदा सोही तनावले गर्दा उनको हृदयघातबाट मृत्यू भएको हुनसक्ने उनका श्रीमति टिकादेबी कँडेलको भनाई रहेको समेत श्रेष्ठले जानकारी दिए। एजेन्टसंग कँडेलको गुनासो भने रहेको हो। शव नेपाल फिर्ता ल्याउन समेत सम्बन्धित एजेन्टलाई पहल गरिदिन आग्रह गर्दा ढिला सुस्ती हुने भए पछि झापाली समाज साउदीको पहलमा कँडेलको शव नेपाल ल्याईएको श...

आठ दिन पछि जलिनाको शव घरमा,भोलीअन्तिम संस्कार

Image
  ३ श्रावण,झापा बैदेशिक रोजगारीको क्रममा कुबेतको  मंगाफ क्षेत्रमा सडक दुर्घटनामापरि मृत्यू भएकी बिर्तामोड-९ कोलाटालीकी जलिना तामाङ्गको शव मृत्यु भएको आठ दिन पछि आज बिहिबार घर ल्याईपुरयाईएको छ। बिहान कुबेतबाट चार तीस बजे बिहान काठमाण्डौं आईपुगेको शवलाई बेलुका पाँच बजेर तीस मिनेटको समयमा बिर्तामोड-९ कोलाटोली उनको घरमा ल्याईपुरयाईएको छिमेकी रमेश कार्कीले बताए। चार महिना अघि बैदेशिक रोजगारीको क्रममा कुबेत गएकी छब्बिस बर्षिय जलिनाको गत बिहिबार आठ बजे राती कुबेतको मंगाफ क्षेत्रमा सडक पार गर्ने क्रममा दुर्घटनामा परि मृत्यू भएको परिवारले जनाएको हो भने उनको पार्थिव शरिरलाई  चार गते शुकबार बिहान कन्काई माईमा अन्तिम संस्कार गरिने पारिवारजनहरुले बताएका छन्। जलिना कुबेतको अल-जजिरा कम्पनीमा कार्यरत रहेको जनाईएको हो।

झापामा सवारी दुर्घटनामा एक वर्षमा सतासीको मृत्यू

Image
  ३ श्रावण,झापा झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप/कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ । आव २०७९/८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए । गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट रु एक करोड सा...

तयार भयो स्व.डोमालालको शालिक,चाडै स्थापित गरिने

Image
३ श्रावण,बिर्तामोड बिर्तामोड-३ बिर्ताबजार स्थित  डोमालाल राजवंशी रंगशालामा राखिने गरि तयार पारिएको    डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ।  झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको जनाएको हो ।   सो शालिक बिर्तामोड वडा न.-३ कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए साथै  नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान समेत संचालन गरिने  बस्नेतले जानकारी दिए ।  सम्बधित निकायबाट जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको हो बस्नेतले भने । स्व.डोमालाल राजबशीले बिर्ताबजार-३ झापा स्थित रंगशाला लगायतको जग्गा दान गरेका हुन्। 

ब्रत बसेर तुलसी रोपी एकादशी पर्व मनाईदै

Image
    २ श्रावण,झापा हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसीको विरुवा रोपेर ब्रत बसी हरिशयनी एकादशी पर्व मनाउँदै छन् । तुलसीलाई धार्मिक एवं बैज्ञानिक महत्वको बिरुवाको रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ र यो दिन तुलसीको विरुवा रोप्ने गरिन्छ । घरको आँगनमा तुलसीको मठ स्थापना गरी तुलसीको विरुवा रोप्दा देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ ।  एकादशीकै दिन भगवान विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीको दिन भगवान हरि क्षीर सागरमा शयन हुने र कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधनी एकादशीको दिन जागा हुने विश्वास पनि रहेको छ ।  हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि विभिन्न स्थानमा रहेका भगवान विष्णुका मन्दिर तथा नदी किनारहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ ।